✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन २ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर १८ तारिख बुधबार भाद्र शुक्ल पक्षको पूर्णिमा तिथि ८ः४३ पर आश्विन कृष्ण पक्षको प्रतिपदा तिथि पूर्वाभाद्रपद नक्षत्र शूल योग ०ः२४ पर गण्ड योग बालब करण आनन्दादिमा पद्म योग चन्द्रमा कुम्भ राशिमा ७ः१६ पर मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५१ मा भयो र सूर्यास्त साँझ १८ः३ मा हुनेछ । सोह्र श्राद्ध सुरु, प्रतिपदा श्राद्ध, चोनामपर्व ।
आजको राशिफल
मेष – नसोचेको काम बन्नसक्ने समय छ । अर्थलाभका अवसर आउने छन् भने व्यापार–व्यवसायबाट राम्रै आम्दानी हुनसक्छ । तीर्थ, व्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । सामाजिक प्रतिष्ठा वृद्धि होला । व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मिठो भोजन प्राप्ति र रमाइलो यात्रामा सरिक हुने योग छ । विशेष कार्यमा अनुकूलता वृद्धि हुने देखिन्छ ।
वृष – शुभता र प्रगतिको दर बढ्नेछ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ भने यात्रागत कार्यमा विशेष लाभ हुनेछ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका जुर्ला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कामले प्रशंसा दिलाउने देखिन्छ । यात्रापरक काम बन्नेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।
मिथुन – समय केही चुनौतीयुक्त रहला । आर्थिक संकट आउनसक्ने र लेनदेनमा विवाद हुने सम्भावना छ, विशेष सजग रही व्यवहार गर्नुहोला । अर्थहानीको योग छ । घरायसी समस्या वृद्धि हुनुका साथै पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । मित्र बनेर धोकादिनेहरु देखापर्नसक्छन्, सावधानी अपनाउनु हितकर हुनेछ । प्रतिकुलताका बाबजुद धर्मकर्ममा आकर्षण बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कर्कट – आजको दिन दौडधुप र जोखिम बढ्न सक्छ । आफ्नोलागि समय कम हुने र अरुको काममा ज्यादा समय दिनुपर्ला । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने सम्भावना छ । नोकरी तथा राजनीतिमा भने मान–सम्मान प्राप्त होला । अरुको मन जित्न सकिनेछ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि नसोचेको लाभ प्राप्त हुनसक्ने योग छ । रसरागमा आकर्षण रहनेछ ।
सिंह – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आर्थिक लेनदेनका कार्य लाभदायी रहला । दाम्पत्य सम्बन्ध सुखद रहने र प्रेमको बन्धन कसिने देखिन्छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । विशेषतः आज आर्थिक पक्ष सन्तोषजनक रहने योग छ । मित्रजनको साथ मिल्नेछ ।
कन्या – परोपकार तथा सामाजिक कार्यका साथै मनोरञ्जनमा भुलिने समय छ । व्यापार–व्यवसायमा उचित लाभ होला । साथीभाइले पनि राम्रै सहयोग गर्लान्, तर आजको दिन आफन्तजनको सहयोग भने मिल्न कठिन छ । पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ । मित्रजनसँग रमाइलो भेटघाट होला । प्रेमभाव वृद्धि एवम् सुख बढ्ने योग छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला – सानातिना घरायसी काममा समय खर्च हुनेछ । कृषि, पशुपालनमा रहनेका लागि लाभदायी दिन छ । आजको दिन लेनदेनको व्यवहार सकभर नगर्नु उचित हुनेछ । ब्यापार–व्यवसायमा घाटा ब्यहोर्नुपर्ने योग रहेकोले सावधानी अपनाउनुहोला । यात्रागत कार्य पनि आज थाती राख्नु नै बेस हुनेछ । अनावश्यक विवादमा फस्नुबाट जोगिने प्रयत्न गर्नुहोला । आरोग्यबल बढ्नेछ ।
वृश्चिक – दिन शुभदायी छ । व्यापारमा गरेको लगानि सन्तोषप्रद रहनेछ भने नयाँ कार्य आरम्भ गर्ने योजना सार्थक रहला । कुरा काटनेहरु प्रशंसक बन्नेछन्, मन हर्षित रहनेछ । पढाइलेखाइमा सुधार आउने समय छ । जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ । लेनदेनमा भने समस्या आउनसक्छ, सकभर पन्छिनु नै हितकर हुनेछ । आरोग्यता रहनेछ ।
धनु – ब्यस्तता बढेपनि लामो समयदेखि रोकिएका कामहरू बन्नसक्ने दिन छ । हौसला र पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने योग छ । मन हर्षित रहनेछ । आकस्मिक निम्तोमा सहभागी हुन पाइएला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर – पराक्रम बढ्नेछ । स्वास्थ्यस्थितिमा सुधार आउला । नयाँ आयआर्जनको स्रोत फेलापर्ने देखिन्छ । केही चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । मित्रजनको सहयोग पनि प्राप्त होला । प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ – खर्च र विवाद बढ्ने तथा शत्रुले सताउन सक्ने समय छ । महत्वपूर्ण कार्यमा अचानक अवरोध आउनसक्ने योग भएकोले अत्यन्त सावधानीका साथ कदम अघि बढाउनु हितकर होला । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान राख्नु उचित हुनेछ । खर्च घटाउने प्रयत्न गर्नु हितकर रहला । बौद्धिक र रचनात्मक कार्यम मन जाला, सफलता पनि मिल्ने देखिन्छ ।
मीन – अधुरा कामहरु बन्ने, अरुको विश्वास आफुतिर रहने र आफन्तजनको उचित सहयोग मिल्ने समय छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु उचित रहला । ठुला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । प्रेमसम्बन्ध बलियो रहनेछ । आरोग्यता रहनेछ । सुख विलास बढ्नेछ ।
प्रतिक्रिया