आजको पञ्चाङ्ग एवम् राशिफल (३ असोज २०८१ बिहीबार, १९ सेप्टेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ असोज २०८१ बिहीबार, १९ सेप्टेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन ३ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर १९ तारिख बिहीबार आश्विन कृष्ण पक्षको प्रतिपदा तिथि ६ः१९ पर द्वितीया तिथि उत्तराभाद्रपद नक्षत्र वृद्धि योग तैतिल करण आनन्दादिमा छत्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५१ मा भयो र सूर्यास्त साँझ १८ः०२ मा हुनेछ । द्वितीया श्राद्ध, संविधान दिवस ।

आजको राशिफल

मेष – आयआर्जनको दृष्टिले राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । धनलाभको योग छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । आफन्तमिलनले सुख दिनेछ । अनुकूलता वृद्धि भइ रोकिएको काम बन्नेछ ।

वृष – कामहरु सजिलैसँग बन्ने दिन छ । प्रगतिको दर बढ्ला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम पाउने तथा धन आर्जनको अवसर जुर्ने समय छ । कृषिसम्बन्धी कामबाट विशेष लाभ होला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ । धनमाल हराउनाले मनमा पीडा थपिने योग छ, सजक रहनुहोला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । यात्रागत कार्य आज सकभर टार्नु नै उचित हुनेछ । व्यर्थको खर्चले मन पिरोल्ला, ध्यान राख्नुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सतर्कता अपनाउनु हितकर हुनेछ ।

कर्कट – बन्नै लागेको काम पनि बिग्रनसक्ने समय हुनाले आजको दिन सावधानीको विशेष दरकार छ । काममा कठिनाइ सहनु पर्ला । परिश्रमअनुसारको परिणाम हात नलाग्न सक्छ । आर्थिक लेनदेन आज नगर्नु उचित हुनेछ । रुपैयापैसाको लेनदेन पनि खासै राम्रो छैन । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सजग रहनुहोस् ।

सिंह – घरायसी काममै दिन जाने देखिन्छ र पनि कमाइ सोचेअनुरुप हुने देखिन्छ । काम बन्नाले सुखको अनुभूति होला । पठन–पाठनमा मन जानेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई नै बढी हुने समय छ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । रसरागमा आकर्षण बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।

कन्या – आजको दिन काममा जोश र जाँगर बढ्ने देखिन्छ । आर्थिक लाभ पनि होला । कुनै नयाँ कामको थालनी गर्नका लागि उचित समय छ । समय शुभदायी हुनाले कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छाशक्ति पनि वृद्धि होला । नयाँ योजना पनि बन्ने सम्भावना छ । स्वास्थ्य सबल रहनेछ । पराक्रम बढ्ला ।

तुला – आजको दिन अनावश्यक डर, वादविवाद हुनसक्छ, होस राख्नुहोला । पेशागत रुपमा समस्या देखिन सक्छ । आरोग्यबल भने बढ्नेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण बढ्नेछ । रोकिएको काम मिहेनतले बन्नेछ । यात्रागत कार्य सार्थक रहला ।

वृश्चिक – पराक्रमसँगै ब्यस्तता बढ्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि सामाजिक कामबाट प्रशंसा प्राप्त हुने दिन छ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनुपर्ने परिस्थिति आउला । मनमा दुबिधा रहन सक्छ । ब्यापार तथा जागीरमा दिन ठिकै छ । घरायसी कार्यमा भने हैरानी बढ्न सक्छ, सचेत रहनुहोला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यता बढ्नेछ । सुख-सुविधाको वस्तु खरिदमा खर्च हुन सक्छ ।

धनु – नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने समय छ । चल–अचल सम्पत्तिको कारोबार हुनसक्छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सुखद यात्राको योग पनि रहेको छ । आजको दिन कतैबाट खुसीको खबर प्राप्त हुनेछ । ब्यस्तता बढ्नेछ, रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – अरुको सहयोगमा भएपनि अल्झेका कामहरु बन्ने समय छ । अप्रत्याशित लाभ होला । कामको सिलसिलामा यात्राको सम्भावना छ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुनाले मन शान्त रहनेछ । टाढाबाट या नसोचेको धनप्राप्तिको सम्भावना छ ।

कुम्भ – सबल स्वास्थ्यको लागि खानापानमा एकदमै सावधान रहनुपर्ने समय छ । आजको दिन व्यर्थको खर्च हुनसक्छ, खर्च घटाउने प्रयास गर्नुहोला । घर–परिवारमा पनि समस्या आउनसक्ने योग छ । अनावश्यक विवाद बढ्ने तथा शत्रु पक्षले सताउने देखिन्छ । सजगता र धैर्यशीलताका साथ समय कटाउने प्रयत्न गर्नु हितकर रहनेछ ।

मीन – दिन शुभदायी छ । रोकिएका काम बन्नेछन् भने आर्थिक पक्ष सबल रहनेछ । प्रतिष्पर्धी परास्त हुनेछन्, मुद्दा–मामिलामा विजयी भइनेछ । धनलाभको योग छ । पढाइलेखाइमा प्रगति होला । प्रतिभा प्रदर्शन गरी प्रशंसा कमाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । समग्रमा दिन खुशीसाथ बित्ने देखिन्छ ।