आजको पञ्चाङ्ग एवम् राशिफल (४ असोज २०८१ शुक्रबार, २० सेप्टेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ असोज २०८१ शुक्रबार, २० सेप्टेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन ४ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर २० तारिख शुक्रबार आश्विन कृष्ण पक्षको तृतीया तिथि रेवती नक्षत्र ९ः३३ पर अश्विनी नक्षत्र ध्रुव योग वणि करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा मीन राशिमा ९ः३३ बजेसम्म त्यसपछि मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५२ मा भयो र सूर्यास्त साँझ १८ः१ मा हुनेछ । तृतीया श्राद्ध ।

आजको राशिफल

मेष – सुखदुःखमा साथ दिनेहरू भेटिने समय छ । तर, परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ होला । अरूको भरपर्दा काम बिग्रन सक्छ । तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ । आजको दिन वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । सरकारी कामकाजमा नियुक्तिको सम्भावनाको योग छ ।

वृष – दिन शुभदायी रहला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । व्यापार–व्यवसायमा लगानी बढाउन सकिनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । हिम्मतले काम लिने समय छ । सुख–समृद्धि बढ्नेछ । बुद्धिविवेकको उपयोगले शत्रु पक्षबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । अस्थायी प्रकृतिको कामबाट आज राम्रै फाइदा हुने योग छ ।

मिथुन – रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुने समय भएपनि अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ । नजिकका साथीभाइ टाढिनसक्ने र टाढाका साथीभाइसँग भने मित्रता बढ्ने योग छ ।

कर्कट – आम्दानीको तुलनामा खर्च बढी हुनाले आर्थिक समस्या देखापर्न सक्ने दिन छ । एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान् । अरूको उक्साहटमा लाग्दा हानी हुने देखिन्छ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्न सक्छ । दाजुभाइसँगको सम्बन्ध कमजोर बन्ने सम्भावना छ, सजग रही व्यवहार गर्नु हितकर होला । खराब आचरण भएकाहरू फाइदाका लागि नजिकिन सक्छन्, बुझेर व्यवहार गर्नुहोला ।

सिंह – लामो समयदेखि रोकिएका काम सम्पादन हुनसक्ने समय छ । तर, अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ । भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ, सजग रहनुहोला । कृषि एवम् पशुधनबाट राम्रै लाभ मिल्ने देखिन्छ । पढाइलेखाइमा पनि प्रगतिको योग छ ।

कन्या – पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । प्रेम र मित्रताको बन्धन पनि कसिएर जाला । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिने देखिन्छ । आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ । टाढिएका आफन्तसँग पुनर्मिलनको योग छ । ठगीमा पर्नुबाट जोगिन आजको दिन विशेष प्रयत्न गर्नुहोला ।

तुला – प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिने समय छ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्ने देखिन्छ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी होला । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ, सजग रहनुहोला । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्ने सम्भावना छ ।

वृश्चिक – दाजुभाइको सहयोगले विपक्षीलाई तह लगाउन सकिने समय छ । आर्थिक पक्षमा उन्नति भए पनि तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ, तर घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ, सजगता अपनाउनुहोला ।

धनु – विभिन्न अवसर प्राप्त भए पनि आजको दिन स्वास्थ्य केही कमजोर रहन सक्छ, सजग रहनुहोला । नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ । मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ । कमी–कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्ने सम्भावना छ । आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । यात्रागत कार्य सफल होला ।

मकर– रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । व्यवसाय र उद्योगमा फाइदा मिल्ने देखिन्छ । काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ । केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ । सामाजिक प्रतिष्ठा पाइने योग छ ।

कुम्भ – आजको दिन तपाईंका काममा अरूले अधिकार जमाउने चेष्टा गर्नसक्छन्, तर प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिने समय छ । उद्योग–धन्दामा पनि राम्रै हुने देखिन्छ । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ ।

मीन – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । तर, आजको दिन स्वास्थ्यमा केही देखापर्ने सम्भावना छ । घरखर्च बढ्नेछ भने आयआर्जनमा कमी आउने देखिन्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ । नियमित कार्यमा पनि खासै मन नलाग्ने देखिन्छ ।