आजको पञ्चाङ्ग एवम् राशिफल (५ असोज २०८१ शनिबार, २१ सेप्टेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ असोज २०८१ शनिबार, २१ सेप्टेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन ५ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर २१ तारिख शनिबार आश्विन कृष्ण पक्षको चतुर्थी तिथी अश्विनी नक्षत्र ७ः५७ पर भरणी नक्षत्र व्याघात् योग बब करण आनन्दादिमा सौम्य योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । चतुर्थी श्राद्ध, इन्द्र ध्वजपातन, विश्व शान्ति दिवस । काठमाडौंमा सूर्योदय बिहान ५ः५२ मा भयो र सूर्यास्त साँझ १७ः५९ मा हुनेछ ।

आजको राशिफल

मेष – अनुकुलता वृद्धि हुनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिने समय छ । अरूको भावनालाई कदर गर्ने प्रयत्न गर्नुहोला, बेवास्ता गर्दा समस्या देखापर्नेछ । आजको दिन खर्च केही बढ्ने देखिन्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला, सफलता भने मिल्नेछ । मिठो भोजन प्राप्त होला । आमोदप्रमोदको माहोल बन्न सक्छ ।

वृष – शुभ समाचार प्राप्तिसँगै आनन्द वृद्धि हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका जुर्ला । मित्रता र प्रेमको बन्धन कसिन सक्छ । पठनपाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई प्रभावित तुल्याउन सकिनेछ । तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । जबर्जस्ती नाता गाँस्नेहरूले केही दुःख दिन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा लाभ मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

मिथुन – व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । स्वास्थ्यमा केही कमजोरी देखिएपनि दैनन्दिन कर्ममा असर नपर्ला । प्रयत्न गर्दा विशेष यात्राको अवसर जुट्न सक्छ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ । सहयोगी ठानिएका पात्र नै प्रतिस्पर्धीका रूपमा देखा पर्नसक्ने योग छ, सजग रहनुहोला । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – चोटपटकको योग देखिएकाले सवारीसाधन तथा हातहतियार उपयोग गर्दा आज विशेष सचेत रहनुपर्नेछ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ, गोपनीयतामा ध्यान दिनुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनु उचित हुनेछ । इर्ष्या गर्नेहरुले फसाउन सक्छन्, चनाखो रहनुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – विभिन्न अवसर प्राप्त हुने दिन छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । खर्च केही बढ्ने देखिन्छ, अनावश्यक खर्चबाट जोगिने चेष्टा गर्नुहोला । बलजफ्तीले काम बिग्रन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुन सक्छन् । विवादले मन खिन्न तुल्याउन सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । खर्च नियन्त्रणको प्रयास गर्नुहोला ।

कन्या – सकारात्मक कर्मले धेरैको मन लोभ्याउन सकिने समय छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले नाम, दाम र इनाम हातपर्ने योग छ । व्यावहारिक झमेला आइलाग्न सक्छन्, तर अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । भौतिक साधन जुटाउन सकिनेछ, कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्ला ।

तुला – अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । आध्यात्मिक कार्यमा खर्च हुने योग छ । इच्छाशक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ । पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ । नयाँ व्यापार–व्यवसाय विस्तार गर्न चाहँदा सफलता मिल्ला । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – आजको दिन मिश्रित फलदायी रहला । आम्दानीमा कमी नआएपनि सञ्चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, सजग रहनुहोला । परिस्थितिको बन्धनमा परिने योग छ, जसले चिडचिडाहट पैदा गर्न सक्छ । यात्रागत कार्य सार्थक बन्नेछ ।

धनु – परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहोला । धेरै बोल्दा विवाद निम्तिनसक्ने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्, विवेक प्रयोग गरी धारणा बनाउनु हितकर हुनेछ ।

मकर – नयाँ कार्ययोजना बन्ने र नयाँकामको सुरुवात हुने दिन छ । ब्यापारबाट सोचेभन्दा बढी लाभ हुने योग छ । काम सामान्य भए पनि राम्रो आम्दानी होला । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउला ।

कुम्भ – खर्च केही बढ्ने र कामकाजमा अवरोध हुने समय भएपनि हिम्मतले काम लिने प्रयत्न गर्नु उचित होला । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ । अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । वैदेशिक व्यापार सन्तोषजनक रहने छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – मान महत्व वृद्धि हुने दिन छ । महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुने देखिन्छ । श्रमको उचित मूल्यांकन हुनेछ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुऱ्याउनुहोला । मेहनत गर्दा पढाइलेखाइमा प्रगति हुने समय छ । मिठो भोजन प्राप्त हुनेछ । सुख विलास पनि बढ्नेछ ।