आजको पञ्चाङ्ग एवम् राशिफल (६ असोज २०८१ आइतबार, २२ सेप्टेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ असोज २०८१ आइतबार, २२ सेप्टेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन ६ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर २२ तारिख आइतबार आश्विन कृष्ण पक्षको पञ्चमी तिथि भरणी नक्षत्र ६ः३० पर कृतिका नक्षत्र हर्षण योग कौलव करण आनन्दादियोगमा काल योग चन्द्रमा मेष राशिमा १२ः१० बजेसम्म त्यसपछि वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५३ मा भयो र सूर्यास्त साँझ १७ः५८ मा हुनेछ । पञ्चमी श्राद्ध ।

आजको राशिफल

मेष – स्थायी सम्पत्ति आर्जन गर्ने एवम् सामाजिक प्रतिष्ठा वृद्धि हुने दिन छ । केही खर्च लागे पनि कामको प्रयत्न सफल होला । स्वास्थ्यमा सामान्य कमजोरी देखापर्नसक्छ, सावधानी अपनाउनुहोला । परिश्रमबाटै घर-जग्गा वा स्थिर सम्पत्ति जोड्ने योग छ । साझेदारीको काममा समस्या आउन सक्छ, सचेत रहनुहोला ।

वृष – विशिष्ट जनसँग मित्रता बढ्ने देखिन्छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिएला । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । बुद्धिको उपयोगले काम लिने समय छ । स्थायी सम्पत्ति जोड्ने प्रयास सार्थक हुने योग छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बुद्धि-विवेकको उपयोग गर्नमा कमजोरी रहनसक्छ ।

मिथुन – भाग्य बलवान् रहनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । व्यवसायमूलक भ्रमण गर्ने समय छ । कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ ।

कर्कट – रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । ।

सिंह – कर्मयोग अभिवृद्धि हुनेछ । सामान्य अस्वस्थताका बीच कामको बोझ बढ्ने देखिन्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, ध्यान राख्नुहोला । पैत्रिक सम्पत्तिमा विवाद आउनसक्छ । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइने योग छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ ।

कन्या – रचनात्मक काम गरेर पुरानो अवस्थामा केही सुधार ल्याउन सकिने समय छ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला । राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् । एक्लोपनाको अनुभूति हुनेछ । प्रियजनसँग भेटघाटले प्रशन्नता मिल्नेछ भने विभिन्न उपहार र आतिथ्यपूर्ण सम्मानसमेत पाइएला ।

तुला – दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् भने आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । आश मारेको काम बन्नाले उत्साह बढ्ला । विद्यार्थीहरूमा भने पढाइलेखाइमा जाँगर नचल्ला । पारिवारिक समस्याहरू देखापर्न सक्छन् ।

वृश्चिक – टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय छ । खर्च केही बढेपनि रमाइलो यात्राको अवसर जुट्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिलो होला । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ ।

धनु – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । तापनि, सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका जुर्न सक्छ । नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । प्रयत्न गर्दा अध्ययनका लागि विदेशयात्राको कार्य अघि बढ्नसक्छ ।

मकर – रोकिएका काम सुरु हुनेछन् तर स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिने समय छ । मानसम्मानमा चोट पुग्न सक्छ । बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्न सक्छ । सन्तान पक्षबाट फाइदा र सुख मिल्ने योग छ ।

कुम्भ – आँटेका काम बन्नाले जोश-जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । खर्च भने केही बढ्नेछ । ठूलो लगानीबाट कममात्र फाइदा हुने योग रहेकोले नयाँ लगानीको कार्य थाती राख्नु उचित होला । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने योग छ । शिक्षामा राम्रो प्रगति होला । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ ।

मीन – धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउला । सुखदुःखमा साथ दिनेहरू कमै भेटिनेछन् । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदौ नै हुनेछ । साथीभाइले साथ दिनेछन् । पढाइमलेखाइमा अनुकूल बेल छ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना पनि देखिन्छ । व्यापार-व्यवसाय विस्तार होला । विश्वासमा पारेर धोका दिनेहरूले सताउन सक्छन्, सतर्क रही व्यवहार गर्नुहोला ।