✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन ७ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर २३ तारिख सोमबार आश्विन कृष्ण पक्षको षष्ठी तिथि रोहिणी नक्षत्र बज्र योग गर करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा बृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५३ मा भयो र सूर्यास्त साँझ १७ः५७ मा हुनेछ । षष्ठी श्राद्ध ।
आजको राशिफल
मेष – विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । सहयोगीको राम्रो साथ पाइनेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । साझेदारीमा फाइदा हुनेछ । घर-परिवारमा भने सामान्य मनमुटाव हुनसक्छ, सजग रहनुहोला । शक्तिमा अंकुश लाग्नेछ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने योग छ, सावधानी अपनाउनु उचित हुनेछ ।
वृष – मिश्रित फलदायी समय छ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्नेछ । सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग रहेकोले विशेष सावधानी अपनाइ व्यवहार गर्नुहोला । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीको सामना गर्नपर्ला । सन्तान पक्षबाट लाभ र सुख मिल्नेछ । पढाइलेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि खास फाइदा हुने देखिन्न । तर, आफन्तको साथ मिल्नेछ ।
मिथुन – आयआर्जनका स्रोत बढ्नेछन् भने उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउने समय छ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । सार्वजनिक समारोहमा मानसम्मान मिल्ला । यात्रागत कार्यमा सफलता मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।
कर्कट – विभिन्न अवसरले पछ्याउनेछन् । आयआर्जनका स्रोत भेटिनेछन् भने व्यवसायमा सोचेभन्दा बढी नै सफलता मिल्ने देखिन्छ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिएला । यात्रा पनि फलदायी बन्नेछ, जसले काममा उत्साह जागृत गराउला । आजको दिन खर्च भने केही बढ्न सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउने सम्भावना पनि छ । रसरागमा आकर्षण रहला ।
सिंह – कर्मबल वृद्धि भएपनि आजको दिन केही चुनौतीयुक्त रहला । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ भने विश्वासपात्रले धोका दिन सक्छन् । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ने योग छ । मातापिताका बारेमा पनि चिन्ता बढ्न सक्छ । श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला । विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ, सजग र संयम रही व्यवहार गर्नु हितकर हुनेछ । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – आजको दिन काममा विलम्ब र चुनौतीको सामना गर्नुपर्ला । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा पनि कमी आउन सक्छ, मानहानी वा अपयशबाट जोगिन व्यवहारमा शालिनता अपनाउनु उचित हुनेछ । आर्थिक अभावले सताउने योग छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । नियमित कार्यमा भने कुनै व्यवधान आउने देखिन्न ।
तुला – परोपकार र मङ्गलमय काम सम्पादन गरिने समय छ । मानसम्मान मिल्नुका साथै मित्रता, प्रेम र दाम्पत्य सम्बन्धमा पनि प्रगाढता आउला । तर्कशक्ति बढ्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । शिक्षा र साझेदारीमा फाइदाको योग छ । धन सम्पदामा बढोत्तरी हुनेछ ।
वृश्चिक – बौद्धिक कार्यमा सफलता मिल्नुका साथै अध्ययन-अध्यापन कार्यमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्नेछ भने घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाइएला । कतै अतिथिका रूपमा सम्मान मिल्ने योग छ । आरोग्यता रहला । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना रहेपनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । आफन्तजनसँग मनमुटाव बढ्न सक्छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ । यात्रागत कार्यमा प्रतिकूलता रहनसक्ने हुँदा आजका लागि थाती राखेकै वेस हुनेछ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्नसक्ने येग छ ।
मकर – निकट सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्ने देखिएपनि बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ । कृषि र व्यवसायमा उन्नति हुनुका साथै धन आर्जनको अवसर जुट्ला । नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ । काम बिग्रने भयले भने सताइरहने देखिन्छ । तथापि, नियमकानूनले साथ दिनाले दायित्व निर्वाह गरिएला ।
कुम्भ – व्यस्तता वृद्धि हुनेछ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुने समय छ । घर–जग्गा जोड्ने मौका जुर्ला । निकट साथीभाइबाट धोका मिल्नसक्ने योग रहेकोले विशेष सजगता अपनाइ व्यवहार गर्नुहोला । आफन्तजनले भने राम्रो साथ दिनेछन् । विशेष अध्ययनका लागि विदेशयात्रा सम्मको योग छ । सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मीन – समय शुभदायी छ । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । रोकिएका काम बन्न थाल्नेछन् भने पठनपाठनमा पनि प्रगति हुनेछ । सोच्ने शक्ति बढ्ला । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । धनलाभको योग छ । व्यापार तथा उद्योगतर्फ फाइदै हुने देखिन्छ । यात्राको व्यवस्थापनमा केही खर्च बढ्न सक्छ । पराक्रम वृद्धि हुनेछ । आरोग्यता रहनेछ ।
प्रतिक्रिया