लन्डन । सन् १९११ बाट आरम्भ भएको अन्तरास्ट्रिय नारी दिवस हरेक वर्ष मार्च महिनाको ८ तारिखका दिन विश्वभरी नै भव्यताका साथ नारीहरुको, सम्मान, नारी अधिकार अनि हकहितले सुसज्जित गर्ने प्रतिबद्दताका साथ मनाउदै आइरहेको पाइन्छ । महिलाहरुलाई सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा अग्रसर गराएर अगाडि बढाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गर्दै यस पटक पनि १०५ औं अन्तरास्ट्रिय नारी दिवस विश्वभरि नै मनाइयो । नारी हक अधिकारलाई सुनियोजित र सशक्त बनाउने मागहरुका साथ महिलाहरुले कार्यक्रम गरेका छन् भने पुरुषहरुले पनि महिलाहरुलाई अघि बढाउनको लागि साथ दिनको लागि कुनै कसर बाँकी नराख्ने प्रण गरेका छन् । तर दु:खको कुरो यस्ता किसिमका बाचा बन्धन र अभिव्यक्तिहरु केवल सोही दिन अर्थात मार्च ८ कै दिनमा मात्र सीमित रहने गरेको कुरा विगतका दिनहरुले बताउदै आइरहेको छ । हुन त कतिपय संघसंस्थाहरुले पनि उक्त दिनको अवसर पारेर महिला तथा महिला संगठनहरुलाई सहयोग गर्न नखोजेको भने होइन । बेलायतस्थित अल्डरशटको कन्नट स्कुलमा नारी दिवसको अघिल्लो दिन बेलायत एमालेको प्रवासी संगठन प्रवासी नेपाली मंच यूकेको सयोजकत्वमा १०५ औं अन्तरास्ट्रिय नारी दिवस कार्यक्रमको आयोजना गरिएको थियो । मदन पुरस्कार बिजेता तथा समाजसेवी राधा पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा समाज र मानसिकता दुबैमा परिवर्तन नआएसम्म नारि विकास सम्भव नहुने सबैको एकै धारणा रहेको थियो भने रुढीबादी परम्परा, सामाजिक संस्कार र महिला हिंसाको अन्त नगरी नारी हकहितलाई स्थापना गर्न सम्भव नरहेको कुरा राधा पौडेलले ब्यक्त गरेकी थिइन् । सोशी अवसरमा प्रवासी नेपाली मंचले संघकै सक्रिय सदस्य इशा गुरुंगको पहलमा संकलित करीव साँढे तीन लाख बराबरको रकम चितवनस्थित चेपांग महिला तथा वालवालिकालाई सहयोग गर्ने भएको छ ।
आफ्नो मन्तव्य ब्यक्त गर्ने क्रममा एनआरएनए यूकेका अध्यक्ष महेन्द्र कंडेलले महिलाहरुलाई अगाडि बढाउनको लागि नियम कानूनको व्यवस्थाले मात्र सम्भव नहुने र समाजले नै कदम चाल्नुपर्ने कुरामा जोड दिएका थिए भने मंचका अध्यक्ष्य एबम विशेष अतिथि रामशरण सिम्खाडाले अझै पनि पितृसतात्मक प्रवृतिको प्रभाव रहेको हुँदा त्यसको अन्तको लागि घारपरिवार बाटै पहलको शुरु गरिनुपर्ने धारणा राखेका थिए । त्यस्तै गरी नेप्लिज नर्सिंग एसोसिएशन यूकेकी उपाध्यक्ष्य प्रसुना कंडेल,पत्रकार धुर्वराज अर्याल समाजसेवी इशा गुरुङ, नरकुमारी लिम्बू, राधा भट्टराइले पनि नारी हक अधिकारको बारेमा आआफ्नो मन्तव्य ब्यक्त गरेका थिए । प्रवासी नेपाली मंच यूकेकी सल्लाहकार सुष्मा राइको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रेडियो राइनोले पनि आफ्नो महत्वपूर्ण भूमिका निभाएको थियो । कार्यक्रममा स-साना भाइ बहिनीहरुले नृत्य प्रस्तुत गरेका थिए भने प्रतिमा केसी र बिमला गौतमले कविता बाचन गरेका थिए । साथै गायक भीम निरौलाले पनि आफ्ना गित गएर मनोरंजन दिलाएका थिए ।
यसरी हेर्दा कुनै पनि बिषयलाई अगाडि बढाउन वा त्यसलाई सहयोग गर्नको लागि निम्नस्तरदेखि नै पहल गर्नु आवश्यक हुन्छ र त्यसमा सबै क्षेत्रको सहयोग अनिवार्य हुन जान्छ । महिला हक हित र महिला हिँसाको बारेमा नियम कानून र बहसले मात्र होइन सामाजिक जनचेतना, मानसिक बिकास र रुढिबादी परम्परा जस्ता सोचलाई पनि घर परिवार र समाजबाटै परिवर्तन गर्दै लैजानुपर्छ । बर्षको ३६५ दिनमा मात्र एक दिन नारी अधिकार प्रदान गर्ने र बाँकी ३६४ दिन चाहिं नारीमाथि दमन गर्ने मानसिकतालाई सबैले त्याग्नुपर्दछ । नारी हिंसालाई रोक्न नियम कानूनको निर्माण मात्र होइन कार्यान्वयनको पाटोलाई पनि त्यत्तिकै मजबुत बनाउनुपर्दछ । आर्थिक र राजनैतिक दवावका कारण गरिने उन्मुक्तिलाई अन्त गरिनुपर्दछ ।
फोटो:- एभरेस्ट गौतम
[youtube]https://www.youtube.com/watch?v=vRuAAyOQLII[/youtube]
[youtube]http://youtu.be/ZFrgEDjiNNI[/youtube]
[youtube width=”500″ height=”480″]https://www.youtube.com/watch?v=SKY4NPvBXIk[/youtube]
प्रतिक्रिया