✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन ९ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर २५ तारिख बुधबार आश्विन कृष्ण पक्षको अष्टमी तिथि आर्द्रा नक्षत्र व्यतिपात योग तैतिल करण आनन्दादिमा मुशल योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५४ मा भयो र सूर्यास्त साँझ १७ः५५ मा हुनेछ । बुधाष्टमी व्रत, गोरखकाली पूजा, अष्टमी श्राद्ध, जितीया पर्व ।
आजको राशिफल
मेष – परिश्रम परे पनि काममा सफलता नै मिल्ने समय छ । आर्थिक उपार्जनमा सुधार आउला । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन हुने योग छ । भाग्योन्नतिको समय हुनाले सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्न सकिने छ । धन आर्जन हुने देखिन्छ ।
वृष – अलिक बाध्यताको काममा जुट्नुपरे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्रा हुने देखिन्छ जसबाट राम्रै आम्दानी होला । आतिथ्यपूर्ण सम्मान पाइने र प्रेमको बन्धन कसिने योग छ । प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने देखिन्छ । कृषिकर्म र व्यावसायिक काममा चाहिँ केही चुनौतीको सामना गर्नुपर्नेछ, ध्यान राख्नुहोला ।
मिथुन – भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न चाहे सफलता मिल्नेछ । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । तथापि, पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि असमझदारी बढ्ने योग रहेकोले सावधानी अपनाउनु हितकर हुनेछ । खर्च केही बढ्ने योग छ ।
कर्कट – बोलीको भरमा काम सम्पादन हुने दिन छ । विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । स्वास्थ्य सबल रहला । काममा केही चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ नै मिल्नेछ । मान-सम्मान बढ्नेछ । कृषि क्षेत्रमा राम्रो लाभ मिलेपनि व्यापारिक कर्ममा भने आज कमैमात्र फाइदा हुने योग छ ।
सिंह – धेरै श्रमका बाबजुद कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता पनि चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । तथापि, विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुने योग छ ।
कन्या – आजको दिन केही कठिनाइयुक्त रहने देखिन्छ । सामाजिक कामको दायित्व बढ्नेछ भने परिवारजनको भरण-पोषणमा खर्च वृद्धि हुने देखिन्छ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । उत्साहमा कमी आउला । कर्मफल र अधिकारका लागि ज्यादा नै प्रतिस्पर्धा गर्नुपर्ने योग छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ला । संयमता र विवेकको बलबाट समस्याबाट उम्कन सकिनेछ, प्रयत्न गर्नुहोला ।
तुला – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइलेखाइमा पनि राम्रै प्रगति हुने देखिन्छ । विशेष सभा-समारोहमा सहभागी बन्ने योग छ ।
वृश्चिक – मित्रजन तथा सहयोगीहरूले काममा साथ दिने र प्रशंसकहरू बढ्ने समय छ । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट पनि राम्रै धनलाभ होला । यात्रामा पनि लाभ मिल्ने देखिन्छ । द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइनेछ । स्वास्थ्य सबल रहला ।
धनु – प्रतिष्ठित काम गर्ने अवसर जुर्ला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा प्राप्तिले दिन उत्साहपूर्ण रहला । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । सुखद समाचार सुन्न पाइएला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
मकर – पारिवारिक जमघटमा मन रमाउने समय भएपनि विगतका समस्या बल्झिन सक्छन् । आजको दिन सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । ब्यर्थको भ्रमणमा समय बित्न सक्छ, ध्यान राख्नुहोला । सबल स्वास्थ्यका लागि विशेष प्रयत्न गर्नु उचित हुनेछ । मित्रजनबाट उपहार प्राप्त हुने योग छ ।
कुम्भ – समय केही चुनौतीयुक्त छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनसक्छ, इष्टदेवको पूजा तथा उपासना गर्नाले लाभ मिल्ला । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।
मीन – नयाँ काममा हात हाल्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । पठनपाठनमा प्रगति हुनेछ भने विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ला । आर्थिक अभावले भने अलिक सताउने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ ।
प्रतिक्रिया