✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन १० गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर २६ तारिख बिहीबार आश्विन कृष्ण पक्षको नवमी तिथि पुनर्वसु नक्षत्र वरियान योग ०ः५१ पर परिघ योग वणि करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५४ मा भयो र सूर्यास्त साँझ १७ः५४ मा हुनेछ । नवमी श्राद्ध ।
आजको राशिफल
मेष – आजको दिन सोचेअनुसार सहज नहुने भएपनि प्रयत्न गर्दा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । अनावश्यक भेटघाटका प्रसङ्गहरूलाई पन्छाउने प्रयत्न गर्नु उचित हुनेछ । स्वास्थ्यसम्बन्धी सामान्य सम्स्या पैदा हुने देखिन्छ, खानपानमा विशेष ध्यान पुऱ्याउनु पर्नेछ । कतिपय चुनौतीसँग सम्झौता गर्नुपर्ने योग छ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ ।
वृष – लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्ने समय छ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । प्रेम प्रसङ्ग मौलाउँदा महत्वपूर्ण कार्यमा असर पर्नसक्छ, विवेक पुऱ्याएर व्यवहार गर्नुहोला । अध्ययन तथा अध्यापन कार्यमा आवश्यक जाँगर नचल्ने देखिन्छ । स्वास्थ्यप्रति सजग रहनु हितकर हुनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने योग छ ।
मिथुन – आजको दिन बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्ने देखिन्छ । अरुको विश्वास सजिलै जित्न सकिएला । तथापि, अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने सम्भावना छ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । यात्रागत कार्यको व्यवस्थापनमा खर्च बढ्न सक्छ । अनावश्यक यात्रा को कार्यक्रम रद्द गर्नु उचित हुनेछ ।
कर्कट – दिन शुभदायी छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिएला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । सामान्य आम्दानी भइरहला । नयाँ काम पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ ।
सिंह – शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि विवेकको सही प्रयोगले समस्या बल्झिन पाउनेछैन । पतिपत्नीमा अविश्वास बढ्ने योग छ, सजग रहनुहोला । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।
कन्या – दैनिक कार्य सामान्य रहेपनि आजको दिन लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकोले आर्थिक कारोबारमा विशेष सजगता अपनाउनुहोला । विगतको श्रमबाट लाभ मिल्ने समय छ । मानसम्मानमा आघात पुग्नसक्ने योग रहेकोले बोली र व्यवहारमा लगाम लगाउनुहोला । विभिन्न अवसर जुटे पनि जथाभावी वचन दिने बानीले दुःख पाइनेछ । सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ला । रोकिएका कामसम्पादन हुनेछन् । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । रसरागप्रति आकर्षण बढ्नेछ ।
तुला – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ जिम्मेवारी हात पार्न सफल भइनेछ, जसबाट आर्थिक लाभ मिल्नसक्छ । स्वअधिकार सुरक्षा गर्न विशेष प्रयत्न गर्नुपर्ने देखिन्छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइएला । गरीआएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ ।
वृश्चिक – समुदायको हकहितको लागि महत्वपूर्ण काम गर्न सकिने समय छ । धेरैको भलाइ हुने काम गर्न सकिएला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । विभिन्न उपहार प्राप्त हुने योग छ । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुने देखिन्छ ।
धनु – धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा कमाउने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । तर, महत्वपूर्ण योजनामा कार्यसम्पादन गर्न नसकिएला । निर्णायक क्षमतामा कमी आउन सक्छ । आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने योग रहेकोले होसियारी अपनाउनु उचित होला ।
मकर – मिश्रित फलदायी समय छ । आम्दानीका अवसरहरू प्राप्त हुनेछन् भने भुलेका मित्रहरुले सम्झनेछन् । तर, आजको दिन कसैसंग विवाद वा झगडा हुनसक्छ, संयमता राख्नुहोला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने सम्भावना छ । विद्यार्थी वर्गका लागि दिन राम्रो छ ।
कुम्भ – आश मारेको कामले उत्साह जगाउने समय छ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । कुनै समस्या वा महत्वपूर्ण काममा मातापिताको सहयोग प्राप्त हुनेछ । कृषि/चौपायाबाट विशेष लाभ मिल्ने योग छ । तपाईंका कमी-जोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवादको सम्भावना देखिन्छ ।सहयोगीहरू टाढिन सक्छन् । गोपनीयतामा विशेष ध्यान दिनु उचित हुनेछ ।
मीन – व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्ला । कामको चाप बढेपनि धन आर्जन हुने योग छ । काममा लगनशील बन्न नसक्ता आलोचनाको शिकार बन्ने सम्भावना पनि छ । सुखविलासमा ध्यान जाने देखिन्छ ।
प्रतिक्रिया