आजको पञ्चाङ्ग एवम् राशिफल (११ असोज २०८१ शुक्रबार, २७ सेप्टेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ असोज २०८१ शुक्रबार, २७ सेप्टेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन ११ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर २७ तारिख शक्रबार आश्विन कृष्ण पक्षको दशमी तिथि तिष्य नक्षत्र शिव योग बब करण आनन्दादिमा उत्पात योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५५ मा भयो र सूर्यास्त साँझ १७ः५३ बजे हुनेछ । दशमी श्राद्ध, पर्यटन दिवस ।

आजको राशिफल

मेष – सामान्यतया दिन राम्रो छ । रोकिएका अधुरा काम पूरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । दाम्पत्यजीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदको अवस्था रहला । समग्रमा दिन रमाइलोको साथ बित्नेछ ।

वृष – सामाजिक कार्यमा संलग्न हुनुपर्ने समय छ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सोच्दैनसोचेको ठाउँबाट आर्थिक लाभ हुने योग छ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा मिल्ला । दान पुण्यका कार्यमा आकर्षण रहनेछ । शुभ समाचार प्राप्त भइ आनन्द वृद्धि होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – सन्तानबाट खोजेजस्तो सहयोग नपाउदा केही पीडाको अनुभूति हुनसक्छ, संयमता अपनाउनु उचित हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । गरेका कार्यहरु तत्काल नबन्ने, बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाइने योग भएपनि पराक्रम, बौद्धिकता र रचनात्मकता वृद्धि होला । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने देखिन्छ । जाँगरमा सुधार आइ रोकिएका कामहरु बन्न थल्नेछन् । आफन्तजनले सहयोग गर्नाले प्रयासअनुसारको कार्य सम्पन्न हुनुका साथै परिआएका समस्याको हल हुनेछ । धनलाभको योग छ । आरोग्यता रहला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – नियमित काममा जोस-जाँगर बढ्नुका साथै आर्थिक एवम् समाजिक लाभ मिल्नेछ । समस्याहरु आफै किनारा लाग्ने छन् भने धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । महत्वपूर्ण कार्यको लागि यात्रा हुनसक्ने योग छ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला । बौद्धिक र कलात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नुका साथै कार्यसफलताको योग छ ।

कन्या – कार्यगति बढ्नेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइएला । बिस्तारै कामहरू बन्न थाल्नेछन् । लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ । साथी घरपरिवारबाट सुख शान्ति मिल्ला । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । यात्रामा सफलता प्राप्त हुनेछ भने आफन्तको साथले उत्साह जागृत हुने योग छ ।

तुला – कर्मबल वृद्धि भएपनि मिहेनतअनुसार कामको परिणाम हासिल गर्न मुस्किल पर्ने समय छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने देखिन्छ । आर्थिक लेनदेन आजको दिन सकभर नगर्नु उचित हुनेछ । मिठो भोजनको स्वाद लिने अवसर जुर्ला । साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक – परिवारबाट सुख मिल्ने दिन छ । तर, सोचेअनुसार योजना अघि बढ्न भने कठिन पर्ने देखिन्छ । नियमित काममा पनि खासै मन नजान सक्छ । आरोग्यता रहला । योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ । त्यसै–त्यसै अलमलमा परिने खालको समय भएपनि जस्तोसुकै समस्याको समाधान निस्कनेछ ।

धनु – दौडधुप केही बढेपनि आर्थिक कार्य फलदायी रहनुका साथै पारिवारिक सुख मिल्ने समय छ । ब्यापारमा सोचेअनुरुपको फाइदा हुने देखिन्छ । आत्मबल वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । रसराग, खेलकुद, भ्रमण जस्ता कार्यमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कामा विशेष सफलता मिल्ला ।

मकर – आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । ब्यस्तता बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – दिन खासै उत्साहजनक नरहला । शारीरिक तथा मानसिक आलस्यता बढ्ने देखिन्छ । विवाद वा झैझगडाको सम्भावना रहेकोले विशेष सतर्कता र संयमताको दरकार छ । अनावश्यक डरत्रासले मनमा घर गर्नसक्छ, धैर्य राख्नुहोला । कामहरू अधुरा रहन सक्छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । धैर्य राखी व्यवहार गर्नु हितकर रहनेछ । समस्यामा विवेकले सकारात्मक प्रभाव पार्नेछ ।

मीन – आजको दिन चुनौती र कठिनाइ बढेको अनुभूति होला । काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । घर–परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने छ । कामहरु अधुरै रहनाले मनमा खिन्न होला । घरपरिवारबाट पनि खासै सहयोग पाइने छैन । मित्रजनप्रति प्रेमभाव वृद्धि हुनेछ भने आरोग्यता रहनेछ । साझेदारीको काम बन्नेछ । नियमित कार्यमा खासै मन केन्द्रित हुन नसक्ला ।