✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन १२ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर २८ तारिख शनिबार आश्विन कृष्ण पक्षको एकादशी तिथि अश्लेषा नक्षत्र सिद्धि योग कौलव करण आनन्दादिमा मानस योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५५ मा भयो र सूर्यास्त साँझ १७ः५१ मा हुनेछ । इन्दिरा एकादशी व्रत, एकादशी श्राद्ध ।
आजको राशिफल
मेष – सोचेको महत्वपूर्ण काम पूरा भइ सुखको अनुभव हुने दिन छ । केही नयाँ काम पनि शुरु हुन सक्छन् । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउला । आर्थिक कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमय रहनेछ भने मनोरञ्जनात्मक क्रियाकलापमा संलग्नता बढ्ने देखिन्छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
वृष – दिन शुभदायी नै छ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्ने येग छ । साथीभाइसित मनोरञ्जनात्मक भेटघाट होला । हितौषीहरूसँगको छलफलले धनलाभको बाटो पत्ता लाग्नेछ । परिवारमा भने कुनै विषयमा सामान्य विवाद हुनसक्छ, सजग रहनुहोला । कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आजको दिन सबल स्वास्थ्यको लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर होला । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कामले उत्साह जगाउला ।
मिथुन – आजको दिन खासै उत्साहजनक नरहने देखिन्छ । गरेका कामहरूमा बाधा आउनुका साथै आर्थिक हानी हुनसक्ने योग छ । स्वास्थ्यगत समस्या आइपर्न सक्छ, विशेष सजगताको दरकार छ । खर्च वृद्धि हुने देखिन्छ । नियमित कार्यमा खासै जाँगर चल्ने छैन । यात्रागत कार्यमा ढिलासुस्ती हुन सक्छ । धैर्य र संयमता अपनाउनु हितकर होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – सुख-सन्तोषदायी समय छ । परिश्रमअनुसार राम्रै उपलब्धि पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घरमा पाहुनाको आगमन हुने देखिन्छ । विवेकको सही प्रयोग भइ चिताएका काममा सुखद सफलता मिल्ने योग छ । मित्रजनसँगको भेटले मन रमाउला । आर्थिक कारोबार बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । आरोग्यता रहला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना रहेको समय छ । आजको दिन सुखद र लाभदायी यात्रा पनि हुन सक्छ । परिश्रम गर्न सके आजको मिहेनत कत्तिपनि खेर नजाने योग छ । चिताएको काममा सफलता मिल्ला । धनलाभका साथै पुराना साथीसंगीसँगको भेटघाटले मन रमाउनेछ । मिष्ठान्न भोजनको आनन्द मिल्ने देखिन्छ । पारिवारिक सुखशान्ति रहनेछ ।
कन्या – समाजिक सम्मान हासिल हुने दिन छ । सुखद एवम् लाभदायक यात्राको सम्भावना छ । तर, परिवारमा हल्का विवाद हुन सक्ने योग रहेकोले व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनु हितकर होला । नियमित काममा खास जाँगर नचले पनि विविध क्षेत्रमा उपलब्धिमूलक कार्य हुनसक्ने योग छ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।
तुला – आजको दिन केही चुनौतीयुक्त रहला । सोचेअनुरुप काम नहुने र बढी खर्चले गर्दा मन अशान्त रहन सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ, सजग रहनुहोला । आजको दिन आर्थिक पक्ष खासै राम्रो छैन । ब्यर्थको यात्रामा आर्थिक हानी हुनसक्, यात्रागत कार्य आजका लागि थाती राख्नु उचित हुनेछ । भौतिक सरसामनको क्षति हुने सम्भावना छ, होसियारी अपनाउनुहोला । प्रतिकुलताका बाबजुद साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – दिन मिश्रित फलदायी रहला । बिहानीपख सुखको अनुभव भएपनि बेलुकाको प्रहर काममा मन नलाग्न सक्छ । प्रेम सम्बन्धमा केही सुधार आएपनि मानसिक तनावको अवस्था कायम रहने देखिन्छ । सोचेको काम पूरा नहुन सक्छ तर बन्दैन भनेर आश मारेको काम तपाईंको अथक परिश्रम तथा प्रयासमा बन्ने सम्भावना छ । आफन्तजनको सहयोग प्राप्त हुने समय छ । शत्रुपक्ष कमजोर रहनेछ ।
धनु – लाभका मार्गहरू खुल्ने तथा नचिताएको ठाउँबाट आम्दानी हुने समय छ । शत्रु र रोग पन्छिएर जालान् । पढाइलेखाइको काममा भने आज खासै जाँगर नचल्ने र प्रगति नहुने देखिन्छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी होला । सुखद यात्राको योग छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्ला ।
मकर – नयाँ काम शुरु गर्न सकिने समय छ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा काम पनि बन्नेछन् । आजको दिन खर्च भने केही वृद्धि हुनसक्छ । परिवारमा आर्थिक समस्याले अहिक सताएको अनुभूति होला । सन्तान पक्षबाट सुखको अनुभुति हुनेछ । मिष्ठान्न भोजनको आनन्द उठाउन पाइने योग छ । प्रेमभाव वृद्धि तथा दाम्पत्यसुख बढ्नेछ ।
कुम्भ – दिन अलिक प्रतिकुल रहन सक्छ । विवाद वा झैझगडाबाट जोगिन विशेष सावधानी अपनाइ व्यवहार गर्नु हितकर होला । मनमा डरले डेरा जमाउने देखिन्छ । समयमा निर्णय नहुँदा महत्वपूर्ण काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । संयमता अपनाइ नियमित कर्ममा संलग्न रहनु उचित होला ।
मीन – मिश्रित फलदायी समय छ । केहीले सम्मान गर्नेछन् भने केहीले अनावश्यक डर देखाउने प्रयास गर्न सक्छन् । जागिरमा भने खासै मन नजाला । धन मान पाउने योग छ । समाजसेवा तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
प्रतिक्रिया