आजको पञ्चाङ्ग एवम् राशिफल (१३ असोज २०८१ आइतबार, २९ सेप्टेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ असोज २०८१ आइतबार, २९ सेप्टेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं.११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन १३ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर २९ तारिख आइतबार आश्विन कृष्ण पक्षको द्वादशी तिथि अश्लेषा नक्षत्र ६ः१५ पर मघा नक्षत्र साध्य योग गर करण आनन्दादिमा वज्र योग चन्द्रमा कर्कट राशिमा ६ः१५ बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४३ मा भयो र सूर्यास्त साँझ १८ः२१ मा हुनेछ । द्वादशी श्राद्ध, मघा श्राद्ध ।

आजको राशिफल

मेष – अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । आज कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा केही अल्छीपन छाउला । काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्, संयमता र धैर्यका साथ व्यवहार गर्नुहोला ।

वृष – पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम प्राप्तिको समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त होला । कृषिकार्यबाट पनि फाइदा लिन सकिनेछ । पढाइलेखाइमा भने खासै मन नजाला । घरमा पहुना आगमनको योग छ । प्रेमभाव बढ्नेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।

मिथुन – कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । आजको दिन प्रायः सबै काम बन्नेछन्, मित्रजनको साथ–सहयोग पनि पाइनेछ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन राम्रै हुने देखिन्छ । आम्दानीको नयाँ श्रोत फेला पर्ने योग छ । ठूला व्यक्तिको विश्वास प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ, शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन भाग्यले खासै साथ नदिने देखिन्छ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । स्वास्थ्यमा पनि केही कमजोरी अनुभव हुनेछ । वैदेशिक कार्यमा असफलता तथा सास्ती मिल्ने योग छ । खर्चवृद्धि तथा धननाशको सम्भावना भएकोले विशेष सतर्कता अपनाइ व्यवहार गर्नु हितकर हुनेछ । सामाजिक मर्यादा जोगाउने प्रयत्न गर्नुपर्ला । शत्रुमाथि भने विजय प्राप्त गर्न सकिनेछ ।

सिंह – दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुने समय छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । मित्र एवम् आफन्तजनबाट साथ-समर्थन एवम धन प्राप्त हुने योग छ । कुनै काममा नजिकको नातेदारको समर्थन मिल्नेछ । धनलाभ होला । आरोग्यता रहनेछ । रसरागको भाव जागृत हुनेछ । मनोरञ्जनका साथ दिन बित्ने देखिन्छ ।

कन्या – परिवारजनबाट सुखको अनुभूति हुने समय छ । धन कमाउने बाटाहरुको थालनी होला । आजको दिन तपाईंलाई अनौठो तरिकाबाट धनलाभ हुन सक्छ । विशेष काममा सफलता मिल्ने देखिन्छ । परिवारमा पनि सुखको माहोल बन्नेछ । कार्यगति बढ्नेछ । समग्रमा दिन खुशीसाथ बित्ने देखिन्छ ।

तुला – आजको दिन हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा बित्ने देखिन्छ । रमणीय र सुखद यात्राको योग छ । परिवारमा खुशीको माहोल छाउनेछ । नयाँ ठाउँको यात्राको योग छ । पुराना साथीसँगको भेटघाटले मन हर्षित रहला ।आयबल बढ्नेछ । समग्रमा दिन रमाइलो छ ।

वृश्चिक – खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । भौतिक साधनको पनि क्षति हुने सम्भावना छ, सावधानी अपनाउनुहोला । दैनिक प्रयोगको सामानमा खराबी आउनाले अर्थहानी हुन सक्छ । स्वास्थ्यगत समस्याको योग रहेकोले विशेष सावधानीको दरकार छ । सामान्य रोगब्याधले पनि सताउन सक्छ । तथापि, दह्रो आत्मविश्वासले कर्मबल बढाउला । मिठो भोजन प्राप्त हुनेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ व्यवहार गर्नु बेस होला ।

धनु – मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहला । तथापि, आजको दिन सोचेअनुसार सबै काम सम्पन्न भने नहोला । महत्वपूर्ण योजनामा बाधा ब्यहोर्नुपर्ला । अरुको काम धेरै गर्नुपर्ने तर जश भने कममात्र मिल्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त होला ।

मकर – जोखिम वृद्धि भएपनि आजको दिन आवश्यक र उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापारबाट लाभ मिल्ने योग छ । स्वास्थ्य सबल रहला । सामाजिक कार्यले सम्मान दिलाउला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ ।

कुम्भ – दिन शुभदायी छ । नयाँ कामको योजना बनाउँदा फाइदा हुन सक्छ । ब्यापार–ब्यवसाय बाट पनि लाभ मिल्ने देखिन्छ । आज तपाईंलाइ काममा जाँगर चल्नाले मन खुशी रहला । आफन्तले पनि काममा साथ दिनेछन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ नै हुनेछ । दाम्पत्य सुख बढ्ला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ ।

मीन – आजको दिन खासै सन्तोषजनक नरहला । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ, चोटपटकको भय पनि छ, सजगता अपनाउनुहोला । छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ । कुराकाटनेहरू सक्रिय रहलान् । ओहदावाल वा ठूला व्यक्तिबाट आलोचना हुनेछ । कसैसँग बादविवादको सम्भावना रहेकोले संयमता अपनाउनु हितकर होला ।