आजको पञ्चाङ्ग एवम् राशिफल (१४ असोज २०८१ सोमबार, ३० सेप्टेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ असोज २०८१ सोमबार, ३० सेप्टेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन १४ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर ३० तारिख सोमबार आश्विन कृष्ण पक्षको चतुर्दशी तिथि मघा नक्षत्र ८ः३ पर पूर्वाफाल्गुणी नक्षत्र शुभ योग गर करण १ः२४पर भद्रा करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५६ मा भयो र सूर्यास्त साँझ १७ः४९ मा हुनेछ । सोमप्रदोषव्रत, त्रयोदशी श्राद्ध ।

आजको राशिफल

मेष – शुभदायी समय छ । अनुकूलता वृद्धि भइ नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ भने गरेका कामको कदर भइ प्रतिष्ठा बढ्नेछ । अध्ययन तथा अध्यापनमा प्रगति होला । व्यवसायिक उन्नति तथा धनलाभको योग छ । सामाजिक कार्यले वर्चश्व वृद्धि गराउला । प्रेमभाव बढ्नेछ । आमोदप्रमोदको अवस्था रहला ।

वृष – सकारात्मक पराणामदायी कार्यमा व्यस्तता बढ्ने समय छ । नयाँ कार्य तथा जिम्मेवारी हात पार्ने अवसर जुर्ला । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । कार्य सफलता र मित्रजनको साथले आत्मविश्वास जाग्नेछ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । वैदेशिक क्षेत्रको लगानी खेर नजाने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान भइ उत्साह बढ्ने देखिन्छ ।

मिथुन – बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता मिल्ने समय छ । ब्यापार-व्यवसाय लाभदायी रहला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा ज्यादा परिणामदायी हुनेछ । स्वास्थ्य सबल रहला । मित्रजनको सहयोगले रोकिएका काम अघि बढ्ने योग छ । यात्रागत कार्य सार्थक रहनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन मिश्रित फलदायी रहला । विगतमा गरेको गल्ती/कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ । केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । घरायसी सम्पत्तिको चिन्ताले सताउने योग छ । स्वास्थ्यगत समस्याले सामान्य रूपमा सताउन सक्छ, तर नियमित कार्य सुचारु रहला । प्रतिकुलताका बाबजुद सहयोगीहरूमार्फत महत्वपूर्ण योजना अघि बढ्न सक्छ । रसरागको भाव वृद्धि हुनेछ । पराक्रम वृद्धि तथा शत्रुपक्ष परास्त हुनेछ ।

सिंह – आर्थिक क्रियाकलापमा संलग्नता बढ्ने तथा आम्दानी बढ्ने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला । पढाइलेखाइमा पनि प्रगति हुने देखिन्छ । तथापि, सहयोगीजनबाट धोका मिल्नसक्ने सम्भावना रहेकोले विशेष सजगताका साथ व्यवहार गर्नुहोला । स्वास्थ्य सबल रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापप्रति आकर्षण बढ्नेछ । बौद्धिक तथा रचनात्मक काम विशेष सफल रहने योग छ । पारिवारिक सुखको अवस्था रहला ।

कन्या – कामको चापबाट मुक्त रही विश्राम पाइने समय छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । ऋण/सापटी लिन या दिन आजको दिन अनुकूल छ । सकारात्मक कार्यका लागि खर्च भने केही बढ्न सक्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ-सहयोगले रोकिएको काम अघि बढ्नसक्छ ।

तुला – आजको दिन सुखद एवम् शुभदायी रहला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ । यात्रागत कार्यबाट धनआर्जन हुने योग छ । व्यापार बढ्ने, मनोरञ्जनात्मक यात्रा हुने र रमाइलो भेटघाटले मनलाई हर्षित तुल्याउने समय छ । मिठो भोजन प्राप्त हुनेछ । मित्र-मण्डलीमा वर्चश्व बढ्नेछ ।

वृश्चिक – समय मध्यमस्तरको छ । सामर्थ्य वृद्धिका बाबजुद सोचेअनुरुप काम हुन मस्किल पर्ला । नियमित कार्यहरू भने सुचारु नै रहनेछन् । स्वास्थ्यस्थितिमा भने सुधार आउनेछ । मिठो भोजनको आनन्द उठाउन पाइएला । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ । खिन्नता बढाउने समाचार सुन्नुपर्ने योग रहेकोले संयमताको दरकार छ । सुख सुविधाको बस्तुमा खर्च हुन सक्छ । अनावश्यक खर्च कटौतीका लागि मितव्ययी बन्ने प्रयत्न गर्नुहोला ।

धनु – दिन मध्यम खालको छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिश्रमअनुसार राम्रै उपलब्धि पाइएला । तथापि, छरछिमेकमा केही असमझदारी बढ्ने योग रहेकोले संयमपूर्ण व्यवहार गर्नु हितकर सावित हुनेछ । पराक्रम वृद्धिका कारण शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । मित्रजनको साथले समस्याको समाधान हुनेछ ।

मकर – धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । आम्दानीमा कमी आउने छैन तर खासै प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन खर्चको सम्भावना छ । स्वास्थ्य सामान्यरूपले कमजोर रहन सक्छ, सावधानी अपनाउनुहोला । दायित्व निर्वाहमा अब्बल नै रहनुहुनेछ । रसरागमा आकर्षण बढ्ला ।

कुम्भ – सामर्थ्य वृद्धि हुनेछ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । रमाइलो खबर सुन्न पाइनेछ । विपरीतलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ भने मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्ने समय छ । रोकिएको काममा सफलता मिल्ने योग छ ।

मीन – आजको दिन केही चुनौतीयुक्त रहनसक्छ । मित्रजनको साथ मिलेपनि परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, सावधान रहनुहोला । धेरै लगानीपछि कममात्र फाइदा हुने योग छ । लेखन/प्रकाशनसित सम्बन्धित काममा भने सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ ।