✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन १५ गते तद्अनुसार सन् २०२४ अक्टोबर १ तारिख मंगलबार आश्विन कृष्ण पक्षको चतुर्दशी तिथि पूर्वाफाल्गुणी नक्षत्र १०ः१५ पर उत्तरा फाल्गुनी नक्षत्र शक्ल योग भद्रा करण ५ः२५ पर चतुष्पाद करण आनन्दादिमा धूम्र योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५७ मा भयो र सूर्यास्त साँझ १७ः४८ बजे हुनेछ । चतुर्दशी श्राद्ध, शस्त्रादिबाट निधन भएकाहरुको सदैव एकोदिष्ट विधिले चतुर्दशी श्राद्ध ।
आजको राशिफल
मेष – समय केही प्रतिकुल रहने देखिन्छ । पतिपत्नीबीच घरसल्लाह नमिल्ने र विवादको अवस्थासमेत आउनसक्ने हुँदा संयमताको दरकार छ । आर्थिक संकट पर्न सक्छ, अनावश्यक ब्ययबाट बच्ने प्रयास गर्नु उचित हुनेछ । आजको दिन यात्रामा पनि विशेष सावधान रहनुहोला, सकभर यात्रागत काार्य थाती राख्नु हितकर हुनेछ । प्रतिष्पर्धीहरू भारी पर्न सक्छन्, सावधानी अपनाउनुहोला ।
वृष – दिन शुभदायी रहला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कुरा काट्नेहरू प्रशंसक बन्नेछन् भने मानप्रतिष्ठा तथा सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने योग छ । पढाइलेखाइमा पनि सुधार आउला । कला क्षेत्रमा रुचि बढ्नेछ । नियमित कर्ममा जाँगर बढ्ने देखिन्छ ।
मिथुन – प्रशन्नता मिल्ने समय छ । कामबाट सहजै फुर्सद पाइनेछ भने अधुरा काम बन्नछन् । मित्र एवम् आफन्तजनसँग भेटघाटको योग छ । धन आर्जन हुने दिन छ, प्रयत्न गर्नुहोला । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्छन् । कतै आकस्मिक निम्तोमा सहभागी हुने तथा मनोरञ्जन हासिल हुने सम्भावना छ ।
कर्कट – व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा पुग्ने समय छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । नयाँ आयआर्जनको स्रोत फेलापर्न सक्छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ भने वैदेशिक तथा ब्यापारिक कामकाजमा विशेष लाभ होला । स्वास्थ्य सबल रहनेछ । प्रेमसम्बन्ध र दाम्पत्यसुखको योग छ ।
सिंह – आजको दिन स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ, सजग रहनुहोला । निको भएको रोगले पुनः सताउन सक्छ । चोटपटकको भय पनि रहेकोले हातहतियारको प्रयोगमा विशेष सतर्कताको खाँचो छ । खर्च बढ्ने, विवादमा अल्झिनुपर्ने, शत्रुपक्षले सताउने योग छ, सावधान रहनुहोला । यात्रागत कार्यमा भने सफलता मिल्ने देखिन्छ ।
कन्या – विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुर्ला । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । परिवारजनमा आत्मीयता बढ्नेछ भने प्रेम प्रस्तावको सम्भावना पनि छ । प्रेमसम्बन्ध बलियो रहनेछ । कलात्मक एवम् मनोरञ्जनात्मक क्रियाकलापमा मन जाला ।
तुला – आजको दिन घुमघाम, भेटघाट र मनोरञ्जनमा समय बित्ने देखिन्छ । मित्रजनका साथ मिष्ठान्न भोजनको अवसर जुर्ला । अरुको विश्वास जित्न सजिलै सकिनेछ । धन मान प्राप्ति होला । आम्दानी बढ्न सक्छ । व्यापार-व्यवसायबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ ।
वृश्चिक – मनमा रहेको डर हटेर काममा उत्साह बढ्ने दिन छ । अनुकूल एवम् लाभदायी यात्राको सम्भावना छ । पठनपाठन कार्य सामान्य रहला । समय फुर्सदिलो रहेको अनुभूति हुनसक्छ, जसले प्रशन्नता दिलाउनेछ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रागत कार्यमा विशेष लाभ होला ।
धनु – मिश्रित फलदायी समय छ । श्रकामको मूल्याङ्कन नहुन सक्छ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ने योग छ । लेनदेनमा विवादको सम्भावना रहेकोले सचेत रही व्यवहार गर्नु उचित होला । हतारको निर्णयले काम बिग्रन सक्छ, ध्यान राख्नुहोला । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । घरायसी समस्या आएपनि विवेकले झुल्झाउन सक्नुहुनेछ । मित्र एवम् आफन्तजनको सहयोग मिल्नेछ ।
मकर – अरुको काम धेरै गर्नुपर्ने र आफ्नो लागि समयको बचत कम हुने प्रकारको दिन छ । गलत विचारको तरङ्गले काममा बाधा सिर्जना गर्ने देखिन्छ । खर्च बढ्ने र स्वास्थ्य पनि केही कमजोर रहनसक्ने योग छ । दैनन्दिन कार्यमा अवरोध आउनेछ । कुरा काट्नेहरु सक्रिय रहलान् । नयाँ तथा दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ, ध्यान राख्नुहोला ।
कुम्भ – समय शुभदायी छ । सोचने शक्ति बढ्नेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । नियमित काम र व्यापार-व्यवसायमा पनि फाइदा हुने योग छ । आलोचकहरूले पनि प्रशंसा गर्न थाल्नेछन् । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । आर्थिक लेनदेनमा पनि लाभ नै होला ।
मीन – आजको दिन परिश्रमले धेरै काम बन्नेछन् । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित रहला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । रसरागको भाव जागृत भइ मनोरञ्जनमा भुलिएला ।
प्रतिक्रिया