धादिङमा सुविधा सम्पन्न ट्रिपल क्राउन रिसोर्ट संचालनमा

धादिङमा सुविधा सम्पन्न ट्रिपल क्राउन रिसोर्ट संचालनमा


  • विकास रौनियार

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका-४ मासटारमा सुविधासम्पन्न ट्रिपल क्राउन रिसोर्ट सञ्चालनमा आएको छ ।

स्थानीय युवा केशव अधिकारी, दिपक अधिकारी र रमेश अधिकारीको संयुक्त लगानीमा सञ्चालित रिसोर्टलाई जिल्लामा अहिलेसम्मकै सुविधासम्पन्न रिसोर्टको रुपमा लिइएको छ ।

उक्त रिसोर्टमा विवाह, व्रतबन्ध, सेमिनार, गोष्ठीलगायतका कार्यक्रम र पर्यटकहरुका लागि विशेष सेवासुविधाहरु रहेका सञ्चालक टिमले बताएका छन् । एकै दिनमा पाँच सय जना पाहुनालाई खाना खुवाउन सकिने रिसोर्टका प्रबन्धक निर्देशक दिपक अधिकारी बताउँछन् । ८ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा करिव १५ करोड लगानी लागेको बताइएको छ ।

रिसोर्टमा पर्यटकहरुलाई उच्चस्तरका सेवा सुविधाहरु उपलब्ध गराउने अधिकारीको भनाइ छ। एकरातमा करिब ५० जना बास बस्न सक्ने यस रिसोर्टमा सबै कोठामा बातानुकुलित एसी जडान गरिएको छ । रिसोर्ट परीसरमै SWEET, STANDARD DELUX & DELUX गरि १५ वटा कोठाहरु छन् । रिसोर्टमा पर्यटकको सुविधाका लागि COFERENCE HALL- 2, SWIMMING POOL-2 (ADULT/CHILD), COFFEE SHOP, BAR र बच्चाहरुका लागि मनोरञ्जनयुक्त स्थान तथा बगैँचाको सुविधा रहेको छ ।

त्यस्तैगरी करिव २०० जना क्षमता रहेको रेष्टुरेन्ट र ठूलो तथा सानो गरि करिब ४५० जनालाई एक पटकमा कार्यक्रम सञ्चालन गर्नको लागि Conference Hall को व्यवस्था छ। रिसोर्ट परिसरमा सानाठूला गरी करिव १०० वटा सवारी साधन राख्न मिल्ने पार्किङको व्यबस्था छ। रिसोर्टमा करिव ३० जनाले रोजगारी पाएका छन् ।