लण्डन । प्रेस एस्सोसिएसनमा जनाएअनुसार, अब छिट्टै नै बेलायतका विभिन्न सडकहरुमा मानव त्यागका लगायत घरभित्रका फोहोर[Human तथा Households waste]हरुबाट उत्पन्न गराइने वायामेथाइन ग्यास [biomethane gas]बाट संचालित हुने Poo-Bus हरुलाई पब्लिक ट्रान्स्पोर्टमा लगाइने भएको छ । पश्चिमी इंग्ल्याण्डका लगभग बत्तीस हजार घरपरिवारहरुबाट जम्मा गरिएका सो वायोमेथाइन ग्यासका मद्दतले सो क्षेत्रवरपरमा १५ माइलको दुरीलाई Poo-Bus ले आफ्नो सेवा दिने जनाएको छ ।
चालीस जना यात्रु संख्या रहेको सो बस ब्रिस्टलमा गत शरद रितुमा उद्घाटन गरिएको थियो । First Transport Company ले संचालन गर्न थालेको ‘पू-बस’ हप्ताको चार दिन, ब्रिस्टल क्षेत्रको क्रिब्स कजवेदेखि स्टकवुडको रुटमा यही महिनाको पच्चीस तारिखदेखि संचालनमा आउने भएको छ । यदि सो रुटमा यो बसले सफलता पायो भने First ले अन्य थुप्रै यस्तै ‘पू-बस’हरुको यूकेका विभिन्न सडकहरुमा गुडाउने बताएको छ ।
श्रोत: एस्सोसिएटस् प्रेस
प्रतिक्रिया