✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन १८ गते तद्अनुसार सन् २०२४ अक्टोबर ४ तारिख शुक्रबार आश्विन शुक्ल पक्षको द्वितीया तिथि चित्रा नक्षत्र वैधृति योग बालव करण आनन्दादिमा मुशल योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५८ मा भयो र सूर्यास्त साँझ १७ः४५ मा हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन ज्यादा समय सामाजिक दायित्व बहनमा बित्ने देखिन्छ । आर्थिक कारोबार होला । मित्रजन एवम् आफन्तसंग भेटघाटको अवसर पनि मिल्ने देखिन्छ । बौद्धिक पक्षबाट लाभ मिल्नेछ भने खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइने योग छ । आज सवारीसाधन तथा हातहतियारको उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । दाम्पत्य सुख बढ्नेछ । इष्टमित्रको सहयोग प्राप्त होला ।
वृष – धेरै परिश्रमबाट थोरैमात्र लाभ मिल्ने समय छ । खर्च वृद्धि होला । घर–जग्गामा विवाद र अभिभावकको स्वास्थ्यमा समस्या आउने देखिन्छ, विशेष सतर्क रहनु हितकर होला । परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । काममा अनायासै बाधा वा हस्तक्षेप हुने योग छ । तपाईंमाथि प्रतिष्पर्धी हाबी हुनसक्ने सम्भावना छ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ ।
मिथुन – समय शुभदायी छ । उत्तम रोजगारी मिल्ने तथा नोकरीमा पदोन्नति समेत हुनसक्ने देखिन्छ । आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । व्यवसायमा अनुकूल परिवर्तनके योग छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ, सतर्क रहनु उचित होला । आवेग र उत्तेजना नियन्त्रणमा राख्नुहोला, अन्यथा हातमा आएको अवसर गुम्न सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – मिश्रित फलदायी समय छ । बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति वा सफलता मिल्नेछ भने नसोचेको ठाउँबाट आर्थिक लाभ हुने देखिन्छ । नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने योग छ । जीवनसाथीलाई पनि केही पीडा हुने सम्भावना छ, ख्याल राख्नुहोला । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु उचित हुनेछ ।
सिंह – सहयोगीहरूबाट उचित सहयोग मिलेपनि पारिवारिक असमझदारी र बन्धुबान्धबसंग भने मनमुटाव हुनसक्छ । केही दण्ड-जरिवानाको पनि सम्भावना रहेकोले व्यवहारमा अत्यन्त सजगताको दरकार छ । व्यवसायिक साझेदारीमा लाभ नै होला । स्वास्थ्य सबल नै रहला । यात्रागत कार्यमा सफलता मिल्नेछ । पारिवारिक सुखशांति बढ्नेछ ।
कन्या – समय केही चुनौतीयुक्त छ । आँटेको कममा व्यवधान पैदा हुन सक्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने र खर्च वृद्धिको योग छ । ऋणभार बढ्ने देखिन्छ । राजनीतिक तथा सामाजिक प्रभाव पनि कमजोर भएको महसूस होला । परिस्थितिलाई पछ्याउन नसक्दा अलिक पछि परिने सम्भावना छ, ध्यान राख्नुहोला । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने समय छ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रागत कार्य फलदायी बन्नेछ, जसले उत्साह जार्गत गराउला । नोकरीमा पदोन्नति, व्यापार–व्यवसायमा फाइदा हुने योग छ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ ।
वृश्चिक – दिन रमाइलो ढंगले बित्ला । रोकिएका काम सुरु हुनेछन् । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ भने सन्तानपक्षबाट प्रसन्नता मिल्नेछ । सुखद यात्राको सम्भावना छ । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । खर्च नियन्त्राण्का लागि योजना र बजेट बनाइ व्यवहार गर्नु हितकर हुनेछ ।
धनु – स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । धनधान्य लाभका साथै कृषिकर्म तथा पशु व्यवसायबाट राम्रै फाइदा हुने देखिन्छ । तथापि, साझेदारीमा विवाद पर्न सक्छ, सजग रहनुहोला । मानहानि वा अपजशको सम्भावना छ । कसैको उक्साहटमा अनावश्यक यात्रा हुन सक्छ, टार्ने प्रयत्न गर्नु हितकर होला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ । निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल होला । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ, ख्याल राख्नुहोला । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने योग छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ – दिन केही प्रतिकुल रहन सक्छ । अनावश्यक खर्च, कर्जा र चोटपटकका लाग्न सक्छ, सावधान रहनुहोला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ ।
मीन – नोकरीतर्फ हुनेहरूका लागि पदोन्नतिको समय छ । आर्थिक उपार्जनमा सुधार आउनेछ । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुऱ्याउनेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । स्वास्थ्य सबल रहला ।
प्रतिक्रिया