गान्धीको शालीक लण्डनमा

गान्धीको शालीक लण्डनमा


1755513087लन्डन, बेलायतको राजधानी लण्डनमा हालै एक समारोहको बीच भारतीय स्वतन्त्रताका नेताको रुपमा परिचित महात्मा गान्धीको शालीक अनावरण गारियेकोछ । सन् १९३१ मा गान्धीको बेलायत भ्रमणको शिलसिलामा खिचिएको तस्वीरको आधारमा बनाइएको उक्त सालिक प्रशिद्द मूर्तिकार फिलिप ज्याक्सनले निर्माण गरेका हुन् । गान्धी दक्षिण अफ्रिकाबाट भारत फर्किएको एक सय बर्ष पुगेको अवसर पारेर उनको नौ फिट अग्लो शालीकको अनावरण गरिएको हो । दोस्रो विश्व्युद्दक नेता तथा बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलको शालीकसंगै स्थापना गरिएको गान्धीको शालीक पार्लियामेन्ट स्क्वायरमा हाउस अफ कमन्सको ठीक अगाडिपट्टि राखिएकोछ । अमेरिकी रास्ट्रपति अब्राहम लिंकन र रंगभेद बिरोधि नेता नेल्सन मन्डेलाको बिचमा गान्धीको शालीक अवस्थित छ । बेलायतका प्रधानमन्त्री डेविड क्यामरुन बलिउड सिनेकर्मी अमिताभ बच्चन, गान्धीका नाति गोपालकृष्ण गान्धीका साथै अन्य सैयौको उपस्थितिमा भारतका अर्थमन्त्री अरुण जेटलीले एक समारोहको बीच उक्त पित्तलद्वारा निर्मित सालिकको अनावरण गरेका थिए । पार्लियामेन्टवरपर भारतीय झन्डा फहराइएका थिए भने भारतीय शास्त्रीय संगीत पनि गुन्जाइएको थियो ।

gandhi-statue-unveiled-near-churchill-s-in-london-1426367460-3929सन् १८६९ अक्टोबर २ मा जन्मिएका गान्धीको पक्का नाम भने मोहनदास करम चन्द हो । बेलायती सरकारको उपनिवेसमा रहेका दक्षिण अफ्रीकाको रंगभेद नीति अन्त गर्न र भारतलाई स्वतन्त्र बनाउन यिनको ठूलो हात छ । त्यसै कारण बेलायतीहरुले गान्धीलाई घृणा गर्दथे र ऐतिहासिक रुपमा राखिएको उनको शालीकलाई वेस्टमिनिस्टरका धेरैले रुचाएका थिएनन् । बेलायतले सन् १९४७ मा भारतलाई स्वतन्त्र गरेको थियो । शालीक अनावरनको क्रममा प्रधानमन्त्री डेविड क्यामरुनले राजनैतिक इतिहासमा गान्धी एक महान र उच्च व्यक्ति रहेको हुनाले नै उनले बेलायतमा बासस्थान पाएका हुन् भन्ने उल्लेख गरेका थिए । भारत र बेलायतबीचको सम्बन्ध पनि निकै मजबुत रहँदै आएको र अझ बढी मजबुत हुँदै जाने उनको विश्वास रहेको थिए । त्यस्तै गरी भारतीय अर्थमन्त्री जेटलीले पनि दुई देश बीचको सम्बन्ध समानतामा आधारित रहेको बताएका थिए । महात्मा गान्धीको शालीक निर्माणको लागि भारतीय मूलका अरबपति लक्ष्मी मित्तलले एक लाख पाउण्ड सहयोग गरेका थिए । त्यस्तै गरी गान्धी शालीक स्मारक कोषले पनि दश लाख पाउण्ड जम्मा गरेको थियो ।
[youtube]https://www.youtube.com/watch?v=7hg7cxh7Y5Y[/youtube]