आजको पञ्चाङ्ग एवम् राशिफल (१९ असोज २०८१ शनिबार, ५ अक्टोबर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ असोज २०८१ शनिबार, ५ अक्टोबर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन १९ गते तद्अनुसार सन् २०२४ अक्टोबर ५ तारिख शनिबार आश्विन शुक्ल पक्षको तृतीया तिथि स्वाती नक्षत्र विषकुम्भ योग तैतिल करण आनन्दादिमा सिद्धि योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५९ मा भयो र सूर्यास्त साँझ १७ः४३ मा हुनेछ । चन्द्रघण्टा देवीको पूजाआजा ।

आजको राशिफल

मेष – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आर्थिक पक्ष आज सन्तोषजनक रहला । अधुरा काम बन्ने छन् । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला । प्रेममा सफलता मिल्ने देखिन्छ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – आजको दिन अवसरले पछ्याउनेछन् भने रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । प्रेममा सफलता पाइने र वैवाहिक बन्धन प्राप्तिको योग पनि छ । बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान हासिल होला । आर्थिक समुन्नति हुने देखिन्छ । यात्रागत कार्यमा लाभ मिल्नेछ । पारिवारिक समस्याको समाधान हुनेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – दिन खासै उत्साहजनक नरहला । गलत विचार बढ्ने समयमा निर्णय नहुदा काममा अवरोध आउने देखिन्छ । कामको बोझले थाकेको महसुस होला । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा विवाद हुन सक्छ । घर–गृहस्थीमा पनि केही समस्या आउन सक्छ । खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला ।

कर्कट – ब्यस्तता वृद्धि र मनमा केही दुविधा रहेपनि सामाजिक काममा नाम रहने दिन छ । धन कमाउने अवसर जुर्ला । व्यापारमा सफलताले मन रमाउला । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । आँटेगरेका काम पुरा भइ आर्थिक लाभ हुन सक्छ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि भइ रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – दिन सुखमय बित्ने देखिन्छ । पढाइलेखाइमा प्रगति होला । चाहेअनुसार काम बन्नाले मन रमाउने देखिन्छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । ठूला व्यक्तिको आशा र भरोसा तपाईंप्रति रहनेछ । बोल्दा धेरै कामहरु सहज हुनेछन् । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पराक्रम बढ्नेछ भने आरोग्यता रहनेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कन्या – समय मनोरञ्जनपूर्ण रहनेछ । आजको दिन सोच्दै नसोचेको स्थानबाट लाभ होला । उद्योग र व्यापारमा पनि विशेष फाइदाको योग छ । नयाँ मित्रको आगमनले मन प्रशन्न हुनेछ । पढाइलेखाइमा रुचि बढ्ला । आफ्ना सहयोगी र सेवकवर्गबाट विशेष सहायता मिल्ने दिन छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन केही प्रतिकुल रहेको अनुभूति हुन सक्छ । अनावश्यक झमेलामा परिएला । केही हानी हुनसक्ने समय रहेकोले सावधानी अपनाउनु हितकर होला । खर्च वृद्धिको योग छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिश्रमले लक्ष्य पूरा गर्न सकिनेछ, नोकरी र राजनीतिमा केही अप्ठ्याराको सामना गर्नुपर्ने देखिन्छ । पारिवारिक समस्याले पिरोलेता पनि बिस्तारै समाधानतिर उन्मुख हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – साहसिक र कठिन काममा सक्रियता बढ्नेछ । पुराना साथिसंगीसँग भेटघाट गर्ने अवसर जुट्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । घरमा पाहुना आगमनको योग छ । नियमित काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । अध्ययन तथा अध्यापनमा राम्रै उन्नति गरेर अगाडि बढ्न सकिनेछ । रोकिएको काम मिहिनेतले बन्नेछ । सामर्थ्य वृद्धि हुनेछ ।

धनु – विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिने समय छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । आँटेगरेका काम पूरा भइ धनको लाभ हुन सक्छ । आयआर्जनमा राम्रो दिन छ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । अचानक उपहार मिल्ने योग छ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – कर्मबल बढ्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्ने योग भएपनि आजको दिन ब्यापार–व्यवसायमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । स्वास्थ्य सबल रहनेछ । घरेलु समस्याले भने केही सताउन सक्छ, सजग रहनुहोला । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – समय त्यति राम्रो छैन, अरूको भर पर्दा काममा धोका हुनसक्ने देखिन्छ । गलत विचार बढ्नाले समयमै सही निर्णय गन नसकिएला । स्वास्थ्यप्रति पनि विशेष सजगताको खाँचो छ । मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्ने सम्भावना छ, ध्यान राख्नुहोला । प्रतिकुलताका बाबजुद सुखसुविधा र विलासिताप्रति मन जाला । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्य बन्नेछ ।

मीन – दौडधुप बढ्नेछ । मातृधनको उपयोगबाट लाभ उठाउन सकिएपनि बन्न लागेको काम बिग्रन सक्छ, सावधान रहनुहोला । घरेलु समस्याले सताउने हुँदा मूल काममा अवरोध आउने देखिन्छ । आफन्तको साथ मिल्नेछ । लेखन तथा प्रकाशनसित सम्बन्धित काम सफल हुनेछ । मिठो भोजन प्राप्तिको दिन छ ।