आजको पञ्चाङ्ग एवम् राशिफल (२१ असोज २०८१ सोमबार, ७ अक्टोबर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ असोज २०८१ सोमबार, ७ अक्टोबर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन २१ गते तद्अनुसार सन् २०२४ अक्टोबर ७ तारिख सोमबार आश्विन शुक्ल चतुर्थी तिथि ६ः१६ पर पञ्चमी तिथि अनुराधा नक्षत्र आयुष्मान योग बब करण आनन्दादिमा मानस योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०० मा भयो र सूर्यास्त साँझ १७ः४१ मा हुनेछ । उपाङ्ग ललिताव्रत ।

आजको राशिफल

मेष – आजको दिन जोखिम र दौडधुप केही वृद्धि हुनसक्छ । काम पनि बन्नेछ तर कठोर मिहिनेतले । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबण्डाको योग परेको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलै काम बन्नसक्ने देखिन्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ला । अभिभावकको स्वस्थ्यप्रति चिन्ता जागृत होला । विश्वासपात्रले धोका दिनसक्छन्, ध्यान राख्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष – प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । साझेदारी काममा विशेष लाभ मिल्नेछ भने आम्दानी सोचेभन्दा बढी नै हुनसक्छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुन सक्छ । रोकिएका काम बन्नेछन् । आजको दिन यात्राको पनि योग छ । मिठो भोजन प्राप्त हुनेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।

मिथुन – साहस वृद्धि भएपनि तपाईंका कमी-कमजोरीमाथि टीकाटिप्पणी हुनसक्छ, संयम धारण गर्नु हितकर होला । विगतको कामबाट लाभ हासिल हुने समय छ । सामाजिक क्षेत्रमा अग्रसर होइएला । वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लभ उठाउन सकिनेछ । दाम्पत्य जीवन पनि रमाइलो रहला । विभिन्न भौतिक साधन जुट्नेछ भने कृषि व्यवसायमा हुनेका लागि लगानी वृद्धिको योग छ । । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – गरिएका कामको उचित प्रतिफल मिल्ने समय छ । तथापि, अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिएला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला, सावधान रहनुहोला । सन्तान पक्षबाट सुख मिल्नेछ । प्रेमभाव बढ्नेछ । साथीभाइको सहयोग प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति पनि विश्वास नलाग्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सजगताको दरकार छ । खर्च वृद्धि हुनसक्छ, मितब्ययिता अपनाउने प्रयास गर्नुहोला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । नजिकका साथीभाइ टाढिन सक्छन् । प्रतिकुलताका बाबजुद बिस्तारै भए पनि आँटेका काम सम्पन्न हुने योग छ ।

कन्या – दिन शुभदायी छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम पनि सुरु गर्न सकिनेछ । व्यापार-व्यवसायमा राम्रै फाइदा हुने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त होला । अतिथिको सम्मान गर्ने अवसर मिल्ने समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । नियमित कार्यमा उत्साह थपिनेछ । पराक्रम वृद्धि हुनेछ ।

तुला – प्रतिष्ठा आर्जनको काम गर्ने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिएला । बोली व्यवहारको प्रभाव बढ्नेछ । विशिष्टजनको विशेष सहयोग जुट्नाले लक्ष्यमा पुग्न सकिनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा थप लाभ मिल्ने देखिन्छ । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक – आजको दिन भेटघाटमा अलमलिनाले महत्वपूर्ण काममा बाधा पुग्ने देखिन्छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ, तर जिम्मेवारी भने बढिरहला । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाएर मात्र व्यवहार गर्नुहोला ।

धनु – आजको दिन सहयोगीहरूले साथ र हौसला दिनेछन् । बिनाप्रतिस्पर्धा फाइदा हुने तथा धन आर्जनको योग छ । तथापि, आफ्नै कमजोरीले विवादमा परिनेछ, बोली र व्यवहारमा सजगता अपनाउनुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । हतारको निर्णयले धोका हुनसक्छ, विशेष संयमताको दरकार छ ।

मकर – श्रमको उचित मूल्यांकन हुने समय छ । पारिवारिक आवश्यकता पूर्ति होला । नयाँ जिम्मेवारी प्राप्तिको योग भएपनि शुभचिन्तकहरूको सुझावलाई वास्ता नगर्दा दुःख आइपर्न सक्छ । परिवारजनबाट टाढिनुपर्ला । कामका लागि गरिएको भ्रमण निष्फल हुनसक्ने योग छ । व्यापार-व्यवसायमा विशेष लाभ लिन सकिनेछ । प्रतिष्पर्धी परास्त हुनेछन् ।

कुम्भ – आजको दिन सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । पठनपाठनमा समय दिन नसकिएला । कसैको आलोचनाको शिकार बन्नुपर्ने योग छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ । ब्यर्थको भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्न सक्छ, सचेत रहनुहोला ।

मीन – काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय भएपनि सोच्दै नसोचेको काम सम्पादन हुने योग परेको छ । लेनदेनमा विवाद होला । नियमित काममा पनि विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मुस्किलले बन्नेछन् । खर्च वृद्धि हुने देखिन्छ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।