दुई मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एकको मृत्यु

दुई मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एकको मृत्यु


चितवन जिल्लाको रत्ननगर नगरपािलका-९ टिकौली जङ्गलमा आज (२१ असोज) बिहान मोटरसाइल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार पूर्व-पश्चिम राजमार्गको टिकौली जङ्गलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा बागमती प्रदेश ०३-००३प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा चालक र पछाडी बस्ने गरी ६ जना घाइते भएको तथा घाइतेमध्ये गम्भिर अवस्थामा रहेका स्कुटर चालक स्याङ्जाका आदिखोला गाउपालिका-३ बस्ने २३ वर्षीय रोहन पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान करिब १० बजेको समयमा मृत्यु भएको हो ।

स्कुटरको पछिल्तिर सवार स्याङ्जाको फेदीखोला गाउपालिका-२ बस्ने १७ वर्षीया रश्मी शर्माको ओठ र कम्मरमा चोट लागेर मध्यम अवस्था रहेको तथा बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको छ ।

त्यसैगरी ग १२ प ७१७२ नम्बरको मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका-१४ का नीरबहादुर घिसिङ र सोही स्थान बस्ने सरोज तामाङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको रिजालले जानकारी दिएका छन् ।

ना ४३ प ६२४१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर-८ चितवनका प्रेमप्रसाद रिजाल र पछाडी बस्ने गैंडाकोट नगरपालिका-८ नवलराससी (वर्दघाट सुस्ता पूर्व)की बिविका सापकोटाको अवस्था समान्य घाइते रहेको र उनीहरुको बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको बताइएको छ ।