08.22 मा शुरु भएर 09.34 प्रष्ट देखिँदै सूर्य ग्रहण

08.22 मा शुरु भएर 09.34 प्रष्ट देखिँदै सूर्य ग्रहण


TSE2015globe1vलण्डन । सन् 99 मा लागेको सूर्य ग्रहण आज यूकेका आकाशमा देखिँर्द छ । अबको कृही मिनेटमा नै शुरु हुँदै गरेको सूर्य ग्रहण अब अर्को पटक अर्थात् सन् 2026 मा देखिने छ । कतिपय हामीहरुले नै सो को अवलोककन गर्न नपाउँदै बित्नसक्नेछौं भने कतिपयले यो पालिको इतिहासमा पढ्दै अर्कोपटकको मात्र अवलोकन गर्न सक्नेछन् ।
आँखालाई वास्तवमा नै खराव पार्न सक्ने यो ग्रहणलालाई हेर्नका लागि विशेष खालका चस्माहरु बजारमा ल्याइएका छन् । अर्को घरेलु उपाय भनेको बाल्टीमा पानी भरेर त्यसमा ग्रहणको प्रतिछाया हेर्नु पनि हो । केही मिनेटपछि नै आकाश अँध्यारिन थालेको अनुभव गर्दै टेलीभिजनमा हेर्नु पनि उत्तम हो ।A partial solar eclipse is pictured from San Diegoयही शुक्रबार पूर्ण सूर्य ग्रहण लाग्दै
लण्डन । यही हप्ताको शुक्रबार विहान साढे आठ बजे लण्डनबाट ८४ प्रतिशत र इडिन्वर्घबाट ९३ प्रतिशत छोपिएको सूर्य देखिने Society for Popular Astronomy (SPA) ले जनाएको छ । पूर्ण सूर्य ग्रहण भनिएको भए तापनि त्यति धेरै परिमाणमा छोपिन सूर्यलाई वर्गीकरणमा राखेर हेर्न सकिने भएकोले यही शुक्रबार विहान लाग्दै गरेको सो प्रकारको सूयै ग्रहण यूकेमा १६ वर्षपछि लाग्ने बताइएको छ । चन्द्रमाले पृथ्वी परिक्रममा गर्ने क्रममा सूर्य र पृथ्वीको बीचमा सो घडी आउने भएकोले यसरी सोह्र वर्षपछि सूर्य ग्रहण लाग्दै गरेको बताइएको छ ।
विगतमा जस्तै सूर्य ग्रहणको प्रत्यक्ष दर्शन गर्नको लागि विभिन्न किसिमका टुर्सको आयोजना गरिनुका साथै मानिसहरु स्वयं नै सही स्थान र सही समयको खोजीमा लागेका हु्न्छन् । टुर्सको आयोजना गर्नेहरुले सही प्रकारको उपकरणहरुको उपलब्ध गराएर सूर्य ग्रहणलाई यादगार बनाइदिन्छन् भने गलत प्रक्रिया र साधनको प्रयोगले अनि बिनाप्रयोगले सयौंका आँखाहरु खराब भएका घटनाहरु पनि समाचारमा आउने गरेका हुन्छन् । चस्मालगायतका साधनहरुको प्रयोगले आँखालाई सुरक्षित राखी सूर्य ग्रहण हेर्न नसकिने भनिएकोले सही साधनहरुको अभाव भएकाहरुले शु्क्रबार विहान साढे आठ बजेबाट साढे दश बजेसम्म आकाशतिर ननियाल्नु नै उपयुक्त हुने बताइएको छ । हुन त नेपालमा एउटा कुनै ट्रम तथा घैंटोमा पानी भरी त्यसैमा आकाशमा देखिएको सूर्य ग्रहणलाई हेरिने गरिएका घटनाहरु सर्वत्र छन् ।
तस्वीर :स्काइ
[youtube]https://www.youtube.com/watch?v=eOvWioz4PoQ[/youtube]