✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन २२ गते तद्अनुसार सन् २०२४ अक्टोबर ८ तारिख मंगलबार आश्विन शुक्ल पक्षको पञ्चमी तिथि ७ः१० पर षष्ठी तिथि ज्येष्ठा नक्षत्र सौभाग्य योग कौलव करण आनन्दादिमा मुद्गर योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०मा भयो र सूर्यास्त साँझ १७ः४० मा हुनेछ । पचली भैरव यात्रा ।
आजको राशिफल
मेष – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । बोली-व्यवहारबाट सजिलै अरुको मन जित्न सकिनेछ । कृषि तथा पशुधनबाट पनि लाभ लिन सकिएला । तथापि, नियमित काममा रुची घट्नेछ भने मनमा कतिपय गलत विचारहरुले डेरा जमाउनसक्ने देखिन्छ । मित्रजनको सहयोग रहनेछ । स्वास्थ्य सबल रहला ।
वृष – बोली र व्यवहारको कदर हुने समय छ । अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने देखिन्छ । आजको दिन कुनै विशेष खुशीको समाचार सुन्न पाइने योग छ । सकारात्मक परिणामदायी कार्यको लागि आवश्यक वातावरण मिल्ला । दीनदुःखीलाई दिएको सहयोगका कारण रोकिएको काम बन्न सक्छ । खर्चमा केही वृद्धि हुने दिन छ । दाम्पत्यसुख बढ्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथले उत्साह बढ्नेछ ।
मिथुन – प्रेमभाव र साहस वृद्धि हुनेछ । पुराना इष्टमित्र र प्रेमी-प्रेमिकासँग मिलन हुने समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोग, पुरस्कार र हौसला जस्ता कुरामा वृद्धि र बिग्रिएका कामहरु बन्नेछन् । व्यवसायिक क्षेत्र लाभप्रद हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्ति एवम् शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – समय केही प्रतिकुल रहने देखिन्छ । आजको दिन बोलीको विपरीत अर्थ लाग्नसक्ने योग छ, बोलीलाई नियन्त्रणमा राख्नुहोला । व्यापारमा हानी व्यहोर्नुपर्ने सम्भावना छ । यदि कर्मचारी वर्गमा पर्नुहुन्छ भने अपजश व्यहोर्नुपर्ला । सन्तान पक्षबाट भने सुख मिल्नेछ । आज कतै यात्राको तयारीमा हुनुहुन्छ भने थाती राख्नु उचित हुनेछ । यात्रा नगरेकै बेस होला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ, सचेत रहनुहोला ।
सिंह – आजको दिन पारिवारिक समस्याले मन खिन्न रहला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । चोटपटक लाग्ने योग पनि रहेकोले विशेष सावधानीको दरकार छ । मातापिताको स्वास्थ्यमा सामान्य कमजोरी रहने देखिन्छ । सभा-सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । ब्यस्तता बढ्ने र खर्च वृद्धि हुने समय छ ।
कन्या – नसोचेका कामहरु बन्नसक्ने दिन छ । आत्मविश्वास बढ्नुका साथै शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गीबाट विशेष सहयोग मिल्ला । धन आर्जनको मौका जुर्ने देखिन्छ । मिष्ठान्न भोजन प्राप्त होला । पठनपाठनमा प्रगति हुनेछ, कर्मप्राप्तिको योगका कारण राम्रै सफलता मिल्ने देखिन्छ । आफन्तजनको साथ प्राप्त हुनेछ ।
तुला – समय मनोरञ्जनपूर्ण रहनेछ । आजको दिन व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । व्यवसायबाट राम्रै फाइदा उठ्ने योग छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । धन सम्पदामा बढोत्तरी हुनेछ ।
वृश्चिक – सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुने देखिन्छ । सोचेका काममा बाधा–अडचन आउन सक्छ, संयमताको खाँचो पर्ला । वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने सम्भावना रहेकोले यसप्रति सचेत रही व्यवहार गर्नु हितकर हुनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्य केही कमजोर रहनाले दैनिक कामकाजमा असर पर्ने देखिन्छ ।
धनु – कर्मबल वृद्धिका साथै सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जाला । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी पनि सन्तोषजनक तवरले बढ्ला । पारिवारिक सुख प्राप्तिका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । रसरागमा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मकर – पराक्रम वृद्धि हुनेछ । मातापिता वा विशिष्ट व्यक्तिको सहयोग एवम् दिशानिर्देशले प्रभावित तुल्याउन सक्ने समय छ । समाजमा तपाईंको प्रतिभाको कदर होला । धनार्जनको योग छ । धर्मकर्ममा रुची बढ्नेछ, खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साहप्रद देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोग प्राप्त होला ।
कुम्भ – सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिने समय भएपनि मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, व्यवहारमा लचकता अपनाउनु उचित हुनेछ । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । आकस्मिक यात्राको सम्भावना छ । कर्मबल र सामर्थ्य बढ्नेछ ।
मीन – समय अहिल प्रतिकुल देखिन्छ । शरीरमा आलस्य र थकानको अनुभव होला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न रहला । मानसिक तनावको अवस्था सिर्जना हुने देखिन्छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ, सजग रहनुहोला । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुनसक्ने योग छ । धर्मकर्ममा आकर्षण रहनेछ ।
प्रतिक्रिया