✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन २४ गते तद्अनुसार सन् २०२४ अक्टोबर १० तारीख बिहीबार आश्विन शुक्ल सप्तमी तिथि ७ः२६ पर अष्टमी तिथि पूर्वाषाढ़ा नक्षत्र अतिगण्ड योग भद्रा करण आनन्दादिमा धाता योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२ मा भयो र सूर्यास्त साँझ १७ः३८ मा हुनेछ । फूलपाती, नवपत्रिकाप्रवेश ।
आजको राशिफल
मेष – आजको दिन केही प्रतिकुल तथा चुनौतीयुक्त रहने देखिन्छ । छरछिमेकमा असमझदारी बढ्न सक्छ, सावधन रहनुहोला । धेरै परिश्रमबाट थोरैमात्र लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्ला । पति-पत्नीबीच असमझदारी बढ्न सक्छ, संयमता अपनाइ व्यवहार गर्नु हितकर हुनेछ । आयआर्जनको कमीले विवादको सम्भावना छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
वृष – आयआर्जन बढ्ने र खर्च पनि बढ्ने समय छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ, सचेत रहनुहोला । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्ने योग छ । दौडधुप बढ्ने देखिन्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रापरक काम बन्नेछ । उठ्नुपर्ने रकम हातलागीको सम्भावना छ ।
मिथुन – धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्ने समय छ । सन्तानपक्षबाट पनि सुख मिल्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । अध्ययन-अध्यापन कार्यमा प्रगति हुने योग छ । कृषि र पशुपालनबाट पनि फाइदा होला । उपलब्धीमूलक यात्राको सम्भावना छ । साझेदारीको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट – कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिने समय छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका जुर्ला । परिश्रमको राम्रो मूल्यांकन हुनुका साथै चिताएको काम बन्ने देखिन्छ । साहस वृद्धि हुनेछ । प्रेमभाव बढ्नेछ । साथीभाइबाट सहयोग प्राप्त भइ सुख बढ्ने देखिन्छ । रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा भने पढाइलेखाइको स्तर खस्कने योग छ । पारिवारिक समस्याहरू देखापर्नेछन् । विश्वासमा पारेर धोका दिनाले मित्रजनसँग मनमुटाव हुन सक्छ । सन्तान पक्षबाट भने सुख बढ्नेछ । आरोग्यता रहला । बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखको अवस्था रहला ।
कन्या – आजको दिन धार्मिक तथा सामाजिक काममा रुचि जाग्ने देखिन्छ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने योग छ । आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नाले ब्यस्तता वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । ाफन्तको साथ प्राप्त हुनेछ ।
तुला – व्यापार व्यवसायमा प्रगति हुनेछ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिने समय छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । साथीभाइको साथ मिल्नाले पराक्रम बढ्नेछ । आरोग्यबल वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – परिवारजनसँग आत्मीयता बढ्ने, स्वादिष्ट भोजनको आनन्द मिल्ने र पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । आर्थिक अभावले भने केही सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनु होला । रोकिएको काम तपाईंको विशेष मिहेनतले बन्ने योग छ । सामर्थ्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । आरोग्यता रहनेछ । आजको दिन खर्च वृद्धि हुने देखिन्छ, फजुल खर्च नियन्त्रणको प्रयास गर्नु हितकर होला ।
धनु – व्यवसायमा केही उतारचढाव आउला । आर्थिक अभावले केही सताउन सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने योग छ, खानपानमा सावधानी अपनाउनुहोला । विद्यार्थीहरूका लागि विशेष अनुकूल समय छ । नियमकानूनले साथ दिनाले व्यक्तिगत दायित्व निर्वाहमा गति आउला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर – बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । नाताकुटुम्बको सहयोग प्राप्त होला । व्यापार–व्यवसायमा विस्तार हुनेछ । कृषिकर्म र चौपायाबाट पनि राम्रै लाभ हुनेछ । लाभ तथा हानीको प्रभावमा नपरी धैर्यले काम लिने प्रयास गरे लाभको मााात्रा वृद्धि होला ।
कुम्भ – शुभदायी समय छ । रोकिएका काम सुरु हुनेछन् भने गरेका कामबाट राम्रै लाभ होला । श्रमको उचित मूल्यांकन हुने देखिन्छ । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । सन्तान पक्षबाट सुख मिल्ने योग छ । आयबल बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मीन – कर्मबल वृद्धिका साथै आम्दानीका विभिन्न माध्यम फेला पर्ने समय छ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ, सजग रहनुहोला । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख-विलासतर्फ आकर्षण रहनेछ । समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया