आजको पञ्चाङ्ग एवम् राशिफल (३० असोज २०८१ बुधबार, १६ अक्टोबर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० असोज २०८१ बुधबार, १६ अक्टोबर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन ३० गते तद्अनुसार सन् २०२४ अक्टोबर १६ तारिक बुधबार आश्विन शुक्ल पक्षको चतुर्दशी तिथि उत्तराभाद्रपद नक्षत्र ध्रुव योग गर करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५ मा भयो र सूर्यास्त साँझ १७ः३३ मा हुनेछ । कोजाग्रत व्रत, अखिलबलीपूर्ति ।

आजको राशिफल

मेष – पहिलेको सफलताले थप हौसला जगाउने र प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । रसरागको भाव वृद्धि हुने देखिन्छ ।

वृष – तपाईंको प्रतिभाले लाभ दिलाउने समय छ । अध्ययन तथा लेखन कार्यमा राम्रै प्रगति होला । सहयोगीहरू भेटिनेछन् । नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुने योग छ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

मिथुन – मनको डर उत्साहमा रूपान्तरित हुने दिन छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुने योग छ । परिवारजनसँग आत्मीयता बढ्नुका साथै मित्रहरू सहयोगी बनेर देखापर्नेछन् । सुखद यात्राको सम्भावना छ ।

कर्कट – केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने समय छ । व्यवसायमा थप लगानी बढाउन सकिएला । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । आजको दिन विवादमा पर्नुबाट जोगिन प्रयत्न गर्नु हितकर रहनेछ ।

सिंह – दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने भएपनि आजको दिन आर्थिक कारोबारमा सजगता अपनाउनु हितकर होला । अनावश्यक दौडधुपमा समय बित्ने सम्भावना छ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । पतिपत्नीबीच घरसल्लाह नमिल्ने योग रहेकोले सचेत रहनुहोला । यात्राको सम्भावना छ । स्वास्थ्य सबल रहला ।

कन्या – दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिएला । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । तार्किक क्षमताले सम्मान दिलाउला । लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ ।

तुला – व्यवसायमूलक काममा राम्रै फाइदा हुने समय छ । काम देखाएर विशेष उपलब्धि हात पार्न सकिएला । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । पारिवारिक सुख मिल्नेछ । आजको दिन खर्च नियन्त्रणको विशेष प्रयास गर्नु हितकर रहला ।

वृश्चिक – पहिलेका कर्मको प्रतिफल पाइनेछ, साथै कामको चापबाट पनि फुर्सद मिलेको अनुभूति होला । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । प्रतिस्पर्धीहरूबाट आजको दिन विशेष सजग रहनु उचित होला । खर्च वृद्धि हुने योग छ, नियन्त्रणको प्रयास गर्नुहोला ।

धनु – प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने समय छ । बोलीको भरमा काम सम्पादन होला । तपाईंको विचारप्रति प्रशंसकहरू विशेष आकर्षित हुनेछन् । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त होला । अधिकारका लागि केही संघर्ष हुन सक्छ । स्वास्थ्य सबल रहनेछ ।

मकर – उत्साहजनक समाचारले मन प्रशन्न हुने दिन छ । सन्तानका माध्यमबाट पनि काम बन्ने देखिन्छ । गरिएका कामको राम्रै मूल्यांकन होला । विभिन्न भौतिक साधनहरू जुट्नेछन्, जसबाट प्रशन्नता मिल्नेछ । विभिन्न भौतिक साधन जुट्ने योग छ ।

कुम्भ – विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । तथापि, सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । आर्जित धन खर्च हुन सक्छ, सजग रहनुहोला । व्यापारमा आफ्नै प्रयासले लाभ मिल्न सक्छ ।

मीन – आजको दिन पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । काम बिग्रने डरले सताइरहला । दाम्पत्य सम्बन्धमा पनि शंका र असमझदारी बढ्ने योग रहेकोले सजग रहनुहोला । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । फजुल खर्च बढ्ने देखिन्छ, नियन्त्रणको प्रयास गर्नुहोला ।