आजको पञ्चाङ्ग एवम् राशिफल (२ कात्तिक २०८१ शुक्रबार, १८ अक्टोबर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ कात्तिक २०८१ शुक्रबार, १८ अक्टोबर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक २ गते तद्अनुसार सन् २०२४ अक्टोबर १८ तारिख शुक्रबार कार्तिक कृष्णपक्षको प्रतिपदा तिथि अश्विनी नक्षत्र वज्र योग तैतिल करण आनन्दादिमा वज्र योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः६ मा भयो र सूर्यास्त साँझ १७ः३० मा हुनेछ ।

आजको राशिफल

मेष – बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय छ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । तथापि, बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, बोलीमा लगाम लगाउनु हितकर होला । पढाइलेखाइमा केही बाधा पुग्ने योग छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदको अवस्था रहला ।

वृष – शुभतासँगै प्रगतिको दर बढ्नेछ । तपाईंबाट भए/गरेका कामबाट धेरैलाई फाइदा पुग्ने देखिन्छ । सहयोगीहरूले काममा साथ दिनेछन् भने व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुने योग छ । व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार हातपर्ने सम्भावना छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – आजको दिन पहिलेका कमजोरी सुधार्दै लाभ उठाउने अवसर मिल्न सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । तर अनावश्यक भ्रमण हुन सक्छ, सजग रहनुहोला । स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ । मेहनतले राम्रै प्रतिफल दिलाएपनि खर्च वृद्धि हुने योग छ । सहयोगीहरूले भने काममा उत्साह जगाउनेछन् । धर्मकर्ममा आकर्षण बढ्नेछ ।

कर्कट – ब्यस्तता वृद्धि हुने दिन छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ला । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन् । व्यावसायिक काममा खर्च बढ्ने योग छ । जोखिम बढेपनि प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – पहिलेको सफलताले थप हौसला जगाउने समय छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । तथापि, विद्यामा कमजोरी र लेनदेनमा विवादको सम्भावना छ, घरेलु समस्या बल्झिन सक्छन्, सावधान रहनुहोला । बौद्धिक तथा रचनात्मक काम सफल रहने देखिन्छ ।

कन्या – लाभ हुने काम प्रारम्भ गर्ने र कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्ने देखिन्छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । समयमा चिताएको काम सम्पादन नहुन सक्छ, सजग रहनुहोला । स्वास्थ्य केही कमजोर भएको अनुभूति होला । प्रेमभाव वृकिा साथै साथीभाइको सहयोग प्राप्त हुनेछ । समस्याकको समाधान मिल्नेछ ।

तुला – मेहनत गर्दा राम्रै आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । कामको चापबाट फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउने योग छ । बोलीको प्रभाव पनि बढ्ला । प्रेमभाव वृद्धि र आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक – पराक्रम का साथै ब्यस्तता बढ्नेछ । दिगो योजना प्रारम्भ हुन सक्छ, तर उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । साझेदारीमा फाइदा हुनेछ भने आयआर्जनका स्रोत बढ्ने योग छ । अरूका काममा समय दिनुपर्ने सम्भावना छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्, सजगता अपनाइ व्यवहार गर्नुहोला । स्वास्थ्यसम्बन्धी सामान्य समस्या रहन सक्छ । शत्रुपक्ष कमजोर रहनेछ ।

धनु – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । सवारीसाधन चलाउँदा आजको दिन विशेष सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा मिल्ने काममा हात हाल्ने योग छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुने देखिन्छ । परिवारिक सुखले उत्सााह जगाउला ।

मकर – शुभदायी समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । धन आर्जनको योग छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोधको प्रयत्न गर्न सक्छन्, सावधानीपूर्वक व्यवहार गर्नुहोला । आरोग्यता रहनेछ ।

कुम्भ – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन सुखमय बन्नेछ । श्रद्धा र परोपकारमा मन जाने देखिन्छ । स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनुपर्ला । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउने समय भएपनि सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ । अस्वस्थताको अनुभूति होला । अस्वस्थताका बाबजुद दायित्व भने बढ्ने देखिन्छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अप्रिय समाचारले दुःखी तुल्याउने योग छ ।