आजको पञ्चाङ्ग एवम् राशिफल (३ कात्तिक २०८१ शनिबार, १९ अक्टोबर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ कात्तिक २०८१ शनिबार, १९ अक्टोबर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक ३ गते तद्अनुसार सन् २०२४ अक्टोबर १९ तारीख शनिबार कार्तिक कृष्ण पक्षको द्वितीया तिथी भरणी नक्षत्र सिद्ध योग वणि करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः७ मा भयो र सूर्यास्त साँझ १७ः२९ मा हुनेछ ।

आजको राशिफल

मेष – सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने सम्भावना छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ भने अरूले फसाउन पनि सक्छन् । हुलमुलमा धनमाल हराउने योग छ, सजग रहनुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नु उचित होला ।

वृष – मेहनतअनुसार फाइदा कमै हुने समय छ । चिताएको काममा बाधा हुँदा मन खिन्न रहन सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । तथापि, सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – नसोचेको ठाउँबाट धनको लाभ हुने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । साथै ब्यापार ब्यवसायमा पनि राम्रै लाभ हुने देखिन्छ । कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । मेहनत गर्दा उपलब्धि हातलागी हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – कामको चापबाट पनि फुर्सद पाइनेछ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । दाम्पत्यसम्बन्ध सुमधुर बन्नेछ । अरूको भरपर्दा काम बिग्रन सक्छ, सजग रहनुहोला । शत्रुपक्ष परास्त होलान् ।

सिंह – अरूका काममा समय बित्न सक्छ । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । सबल स्वास्थ्यका लागि आजको दिन मसलाजन्य खानाबाट एकदमै सावधान रहनुहोला । साथै भौतिक साधनको क्षतिले रुपैयाँपैसाको हानी हुने देखिन्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने दिन छ । काम पूरा नहुनाले मन खिन्न रहने योग छ ।

कन्या – आफ्नै कमजोरीले विवादमा परिने सम्भावना भएपनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा पुग्ने दिन छ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । अनावश्यक भ्रमणमा समय बित्ने योग छ । प्रतिस्पर्धामा सहभागी हुनुपर्ला । अरुको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ, ध्यान राख्नुहोला ।

तुला – नयाँ काममा हात हाल्ने समय छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । सोखले खर्च बढाउन सक्छ, सजगता अपनाउनु हितकर हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा होला । मौकाको खासै फाइदा उठाउन नसकिएला । सवारीसाधन चलाउँदा आजको दिन विशेष सावधानी अपनाउनु उचित हुनेछ । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ । अस्वस्थताले काममा बाधा दिने सम्भावना छ, सजग रहनुहोला । बाध्यताले अलमल्याउन सक्छ, तर विपरीतलिंगी तथा शुभचिन्तकहरूले साथ दिनेछन् ।

धनु – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ, उपचारमा खर्च हुन सक्छ, सजगता अपनाइ व्यवहार गर्नुहोला । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ, ध्यान रख्नुहोला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – रुचिका विषयमा लगानी बढाउने समय छ । तर, समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । शत्रु र रोगबाट छुटकारा मिल्ने योगछ । मुद्दा-मामिला या प्रतिष्पर्धामा पनि विजयी भइएला । ब्यस्तता बढ्ने देखिन्छ ।

कुम्भ – आयआर्जनका स्रोत या आम्दानी बढ्ने समय छ । व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । तथापि, विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई मातृयादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिने योग छ ।

मीन – पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । कतै अतिथिका रूपमा सम्मान पाइएला । आरोग्यता रहनेछ । वादविवाद तथा झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ, याद राख्नुहोला । मिठो भोजन प्राप्त हुनेछ ।