आजको पञ्चाङ्ग एवम् राशिफल (५ कात्तिक २०८१ सोमबार, २१ अक्टोबर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ कात्तिक २०८१ सोमबार, २१ अक्टोबर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक ५ गते तद्अनुसार सन् २०२४ अक्टोबर २१ तारिख सोमबार कार्तिक कृष्ण पक्षको चतुर्थी तिथि ९ः३ पर पञ्चमी तिथि रोहिणी नक्षत्र वरियान योग कौलव करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा बृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः८ मा भयो र सूर्यास्त साँझ १७ः२७ मा हुनेछ ।

आजको राशिफल

मेष – नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने दिन छ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने सकिनेछ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । अनुकूलता वृद्धि हुनाले चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । स्वादिष्ट भोजनमा मन रमाउला ।

वृष – मिश्रित फलदायी हिन छ । सोचेको विशेष काम आज सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । तर, अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल भएको अनुभीत होला । नजिकका साथीभाइ टाढिन सक्छन् । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनुपर्ने योग छ । यात्रापरक काम बन्नेछ ।

मिथुन – आजको दिन काम बिग्रने डरले सताइरहने देखिन्छ । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइने योग छ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिएला, सजग रहनुहोस् । प्रतिकुलताका बाबजुद नसोचेको ठाउँबाट धनलाभ हुने सम्भावना छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – कर्मबल वृद्धि हुनेछ । रोकिएको काम बन्ला । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । रमाइलो याात्रा हुने देखिन्छ । धनलाभको सम्भावना छ । समस्यामा आमाको माध्यमबाट काम बन्न सक्छ । समग्रमा दिन रमाइलैसँग बित्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ला । ठूलै फाइदाको आश्वासन मिल्न सक्छ । विशेष योजनाहरू बन्ने योग छ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ला । सबल स्वास्थ्यका लागि मसलाजन्य खानाबाट आजको दिन विशेष सावधान रहनु हितकर होला कर्मबल बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहला । बौद्धिक कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – बुद्धि-विवेकको सही उपयोग हुन सक्दा विशेष लाभ मिल्ने समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुन सक्छ । कार्यगति बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । तथापि, आजको दिन अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला ।

तुला – सहयोगीहरूले राम्रै साथ दिने र काममा सोचेजस्तै सफलता मिल्ने समय छ । पारिवारिक जमघटमा मन रमाउनेछ । प्रतिस्पर्धी परास्त होलान् । तथापि अनावश्यक भेटघाटको अलमलले नोक्सान गर्न सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला, ध्यान राख्नुहोला । दौडधुप वृद्धि हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने तथा काममा लगानीको समय छ । पराक्रम र उत्साह बढ्ला । उद्योग–व्यापारमा विशेष फाइदा हुने तथा धन आर्जनको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । विदेश भ्रमणका लागि प्रयत्न गर्दा सफलता मिल्न सक्छ । दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहला ।

धनु – काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त भएपनि नियमित कार्यमा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । सहयोगीहरूबाट अलिक धोका पाइने सम्भावना छ, सावधान रहनुहोला । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर – व्यस्तता वृद्धिसँगै लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि फाइदा हुने देखिन्छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । तर, स्वास्थ्य केही कमजोर रहने योग छ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । तर, अनावश्यक वादविवादमा परिने योग भएकोले बोली र व्यवहारमा सजगता अपनाउनु हितकर होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मीन – पराक्रम वृद्धि हुनेछ तर होसियारीसाथ काम लिनुपर्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने योग भएपनि फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कृषिकर्म र व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आरोग्यता रहनेछ ।