आजको पञ्चाङ्ग एवम् राशिफल (७ कात्तिक २०८१ बुधबार, २३ अक्टोबर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ कात्तिक २०८१ बुधबार, २३ अक्टोबर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक ७ गते तद्अनुसार सन् २०२४ अक्टोबर २३ तारिख बुधबार कार्तिक कृष्ण पक्षको षष्ठी तिथि ६ः४२ पर सप्तमी तिथि मृगशिरा नक्षत्र परिघ योग भद्रा करण आनन्दादिमा मुशल योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः९ मा भयो र सूर्यास्त साँझ १७ः२५ मा हुनेछ ।

आजको राशिफल

मेष – भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । व्यापारमा राम्रै फाइदा होला । स्वास्थ्य सबल रहनेछ भने कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । मान-महत्व बढ्नेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्य सफल हुनेछ । मित्रजन सहयोगी बनेर देखापर्लान् । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – आजको दिन केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । कृषि क्षेत्रमा रहेकाको लागि समय ठिकै भएपनि अन्य व्यवसायमा झमेलाको सामना गर्नुपर्ने योग छ । स्वास्थ्यगत समस्या आइपर्ने सम्भावना छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । प्रयत्नका बाबजुद काम पूरा नहुनाले मन खिन्न रहन सक्छ । कामको सिलसिलामा यात्रा गर्दै हुनुहुन्छ भने आज थाती राख्नु उचित हुनेछ ।

मिथुन – लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्नसक्ने समय छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ, तर समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ, सजग रहनुहोला । मेहनतअनुसारको परिणाम खासै सन्तोषजनक नरहला । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने योग छ । विगतका समस्या बल्झिन सक्छन् । प्रतिष्पर्धी भने परास्त हुनेछन् ।

कर्कट – आजको दिन अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ । परिणामदायी कर्मका लागि विशेष प्रयत्न गर्नुपर्ला । चोरी वा ठगीमा परिने योग छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर होला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । आफू कमजोर भएको अनुभूति हुनसक्छ । प्रतिकुलताको परवाह नगरी हिम्मत राखेर कर्मक्षेत्रमा जुट्नु नै उचित हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

सिंह – मनोकूलता र सुख बढ्ने समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । रमाइलो यात्राको योग छ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशांति रहनेछ ।

कन्या – कर्मबल वृद्धिले आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्ला । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता हुने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जागृत होला । शत्रुहरू किनारा लाग्नेछन् । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला – भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि राम्रै फाइदा होला । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । कीर्तिमानी काम गर्ने समय छ । तथापि, आफ्नै कमजोरीले विवादमा परिएला, ध्यान राख्नुहोला । सवारीसाधन उपयोग गर्दा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक – ब्यस्तता केही बढेपनि श्रमको उचित मूल्यांकन हुनाले समय उत्साहवर्द्धक रहला । समय–सन्दर्भले नयाँ ज्ञान प्राप्त हुने देखिन्छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ने देखिन्छ । रमाइलो यात्राको योग छ । कामको चापबाट पनि फुर्सद मिलेको अनुभूति हुनेछ । आरोग्यता रहनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – आयस्रोत बढ्ने र साझेदारीमा राम्रो फाइदा हुने समय छ । मेहनतले आम्दानी बढाउनेछ । आयआर्जनका स्रोत बढ्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउला । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन पनि सुखमय बन्नेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काम बन्नेछ । समस्याको समाधान प्राप्त होला ।

मकर – कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्नसक्छ, ध्यान राख्नुहोला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । इर्ष्यालुजनले काममा अवरोध गर्न सक्छन् । आफन्तको साथले पारिवारिक समस्याको समाधान होला । आरोग्यता रहनेछ । सन्तानसुख बढ्नेछ ।

कुम्भ – दिन केही प्रतिकुल रहन सक्छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । प्रेमभाव बढ्नेछ । नियमकानूनले साथ दिनेछ । चुनौतीका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।

मीन – पराक्रम वृद्धि होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । सुख आनन्द बढ्ने योग छ ।