आजको पञ्चाङ्ग एवम् राशिफल (१० कात्तिक २०८१ शनिबार, २६ अक्टोबर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० कात्तिक २०८१ शनिबार, २६ अक्टोबर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं.२०८१ कार्तिक १० गते तद्अनुसार सन् २०२४ अक्टोबर २६ तारिख शनिबार कार्तिक कृष्ण पक्षको नवमी तिथि ६ः४२ पर दशमी तिथि अश्लेषा नक्षत्र शुभ योग वणि करण आनन्दादिमा मानस योग चन्द्रमा कर्कट राशिमा १३ः४१ बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः११ मा भयो र सूर्यास्त साँझ १७ः२३ मा हुनेछ ।

आजको राशिफल

मेष – तार्किक क्षमताले सम्मान दिलाउने देखिन्छ, तर आजको दिन खासै उत्साहजनक नरहला । अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाउनेहरूले धोका दिन सक्ने तथा लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । अवसरवादीहरूले तपाईंका कमजोरीको फाइदा उठाउन सक्छन् । दैनिक कार्यमा खासै जाँगर चल्ने देखिन्न । तथापि, इष्टमित्रको सहयोग रहनेछ । स्वास्थ्य सबल रहला ।

वृष – मिश्रित फलदायी दिन छ । आँटले काम लिन नसक्दा पछि परिएला । स्वास्थ्य पनि केही कमजोर रहनेछ । भेटघाटले काममा बाधा पुऱ्याएपनि समुदायको हितमा राम्रै काम गर्न सकिने देखिन्छ । तथापि, मेहनतले विभिन्न अवसर जुटाउने योग छ । सामाजिक उत्तरदायित्व बहन गर्नुहोला । शुभचिन्तकहरूले साथ दिनेछन् ।

मिथुन – काम गर्दा चुनौती आइलागेपनि कीर्तिमानी काम सुरु गर्ने समय छ । खर्च केही बढ्न सक्छ तर दिगो फाइदा हुने देखिन्छ । महत्वपूर्ण जिम्मेवारी हात पर्ने योग छ । धेरैले साथ-सहयोगको भाव प्रकट गर्नेछन् । महत्वपूर्ण निर्णय लिने समय छ । अध्ययन कार्यमा प्रगति होला । वैरभाव राख्नेहरूले हार खानेछन् । बौद्धिकता र रचनात्मकता बढ्नेछ । जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – आजको दिन अस्वस्थता महसुस हुनुका साथै काम बिग्रने भयले सताउन सक्छ । सोख पूर्तिका लागि फजुल खर्च बढ्न सक्छ । आलस्य गर्दा बीचैमा काम रोकिने सम्भावना छ । अर्थ संग्रहमा बाधा पुग्नेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था रहला । यी सबका बाबजुद सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ

सिंह – काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिने समय छ । सुखद समाचारले उत्साह जगाउला । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् भने आलोचकहरूलाई उचित जवाफ दिन सकिनेछ । ऋणमोचन हुने योग छ । आरोग्यता बढ्नेछ । रसराग तथा मनोरञ्जनात्मक क्रियाकलापमा मन जाला । पारिवारिक सुख मिल्नेछ ।

कन्या – कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । धन आर्जनको दृष्टिले पनि राम्रो दिन छ । अप्रत्यासित रुपमा धनलाभ हुने देखिन्छ । व्यापार र उद्योगमा फाइदा हुनेछ । तथापि, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न होला । प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्छन्, सजग रही व्यवहार गर्नु उचित हुनेछ ।

तुला – कर्मबल वृद्धि हुनेछ । साहसिक काममा आकर्षण बढ्ने र व्यापार-व्यवसायमा विशेष सफलता प्राप्त हुने समय छ । विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । मन मिल्ने साथी भेटिनाले मन प्रसन्न रहला । विभिन्न अवसर प्राप्त भएपनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ, ध्यान राख्नुहोला । समय र नियमलाई बेवास्ता नगर्नुहोला ।

वृश्चिक – सामर्थ्य वृद्धि हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । सोखले खर्च बढाउने योग छ । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।

धनु – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । शुभचिन्तकहरूसँग भेटघाट होला । विगतका कमी–कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त होला । अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । आफ्नै कमजोरीले अवसर गुम्न सक्छ, सजगतापूर्वक कार्य गर्नुहोला । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।

मकर – दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पादन हुने देखिन्छ । रसरागको भाव जागृत होला । सन्तानसुख बढ्नेछ । तथापि, आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने योग छ ।

कुम्भ – केही समस्या देखिए पनि आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउला । कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ । प्रेमभाव वृद्धि होला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ । सोख पूर्तिका लागि खर्च भने बढ्न सक्ने समय छ ।