आजको पञ्चाङ्ग एवम् राशिफल (१२ कात्तिक २०८१ सोमबार, २८ अक्टोबर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ कात्तिक २०८१ सोमबार, २८ अक्टोबर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक १२ गते तद्अनुसार सन् २०२४ अक्टोबर २८ तारिख सोमबार कार्तिक कृष्ण पक्षको चतुर्दशी एकादशी तिथि ९ः११ पर द्वादशी तिथि पूर्वाफाल्गुणी नक्षत्र नक्षत्र ब्रम्हा योग कौलब करण आनन्दादिमा ध्वज योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१३ मा भयो र सूर्यास्त साँझ १७ः२१ बजेमा हुनेछ । रमा एकादशी व्रत, गोवत्स द्वादशी ।

आजको राशिफल

मेष – दिन खास उत्साहजनक नरहन सक्छ । महत्वपूर्ण कार्यमा समयमै होस नपुग्नाले केही चुनौती झेल्नुपर्ने देखिन्छ, होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । लापर्वाहीले अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिनसक्ने योग छ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्य केही कमजोर रहन सक्छ, विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

वृष – केही चुनौतीयुक्त समय छ । जिम्मेवारी बढ्नेछ भने बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । प्रक्रिया नमिल्नाले पगरिसकेको काम पनि दोहोऱ्याउनुपर्ने हुनसक्छ । टीका-टिप्पणी गर्नेहरू सक्रिय रहलान् । गल्तीविना नै आक्षेप लाग्नसक्ने योग छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्छ । पारिवारिक समस्याको भने समाधान मिल्ने देखिन्छ । आफन्तको साथले उत्साह जागृत होला ।

मिथुन – गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने साझेदारी काममा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । यात्रापरक कार्य सफल रहनेछ । स्वास्थ्य पनि सबल रहला ।

कर्कट – पराक्रम वृद्धिका साथै कीर्तिमानी काम गर्ने समय छ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । अवसर प्राप्त हुनुका साथै उत्साहजनक ढङ्गले काम होला । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । व्यापारमा राम्रै प्रशस्त फाइदा होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रसरागको भाव वृद्धि होला । प्रतिष्पर्धीहरू परास्त हुनेछन् । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

सिंह – मिश्रित फलदायी सकय छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने समयको पावन्दीलाई ख्याल गर्न नसक्दा महत्वपूर्ण अवसर गुम्न सक्छ । व्यवसायमा पनि सोचेअनुसारको फाइदा हुने देखिन्न । स्वास्थ्य सबल रहनेछ । यात्रापरक कार्य सम्पन्न होला । विनाकारण साथीभाइ टाढिनसक्नछ्, सावधानीपूर्वक व्यवहार गर्नु उचित हुनेछ । कलात्मक काममा आंशिक सफलताको योग छ ।

कन्या – मिश्रित फलदायी समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा मित्रजनसँगको सम्बन्ध बिग्रन सक्छ । आँटले प्रतिस्पर्धीलाई पनि हराउन सकिनेछ, अवसरले उत्साह जगाउनेछ । तर, साँझदेखि परिस्थिति अलिक प्रतिकूल बन्ने देखिन्छ, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । मेहनतले आम्दानी बढाउला । श्रमको उचित मूल्यांकन हुनेछ भने आजको कामबाट राम्रै धनलाभ हुने देखिन्छ । दिनको पछिल्लो प्रहरदेखि सहयोगीहरूले उत्साह जगाउनेछन् । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । रसरागात्मक काममा आकर्षण बढ्नेछ । यशवर्चश्व बढ्नेछ ।

वृश्चिक – व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउने समय छ । बौद्धिक चिन्तनले नयाँ विचार जन्माउला । तार्किक क्षमता बढ्नेछ भने अध्ययन–अध्यापनमा प्रगति हुने देखिन्छ । सावधानीले सामान्य फाइदा उठाउन सकिएला । शुभता बढेर रोकिएको काम बन्नेछ । सामर्थ्य वृद्धि हुनेछ ।

धनु – कर्मबलका साथै व्यस्तता वृद्धि हुनेछ । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ । कुरा लगाउनेहरूले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन फलदायी रहला । खास योजनाको कार्यान्वयनमा केही चुनौती देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

मकर – स्वास्थ्य केही कमजोर रहनाले कार्यसम्पादनमा असर पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ, सजग रही कार्य–व्यवहार गर्नुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । काम बिग्रने डरले ब्यर्थमा सताउन सक्छ, सजग रहनुहोला । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । प्रतिकुलताका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – ब्यस्तता वा दौडधुप बढेपनि अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ । पढाइलेखाइमा प्रगति होला । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । व्यापारमा राम्रै फाइदा हुनेछ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । स्वास्थ्यगत समस्याबाट पार पाइएला । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – दिन उत्साहपूर्ण रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ तर मुख्य काममा बाधा हुने योग छ । साझेदारीको काम भने बन्नेछ । दाम्पत्यसुख रहला ।