✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक १३ गते तद्अनुसार सन् २०२४ अक्टोबर २९ तारिख मंगलबार कार्तिक कृष्ण पक्षको द्वादशी तिथि ११ः०१ पर त्रयोदशी तिथि उत्तरा फाल्गुनी नक्षत्र ऐंद्र योग गर करण आनन्दादिमा धाता योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१३ मा भयो र सूर्यास्त साँझ १७ः२० बजेमा हुनेछ । प्रदोष व्रत, धनत्रयोदशी, त्रिपुष्करयोग ११ः०१ बजेसम्म ।
आजको राशिफल
मेष – लाभ हुने काम प्रारम्भ गर्ने समय छ, तर श्रमको उचित परिणति नमिलेको अनुभूति हुनसक्छ । तपाईंका कमी-कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । अरूकै लागि बुद्धि खर्चनुपर्ने योग छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर हुनेछ । साँझदेखि स्थितिमा सुधार आउनेछ । भौतिक साधन जुट्नाले प्रशन्नता मिल्नेछ । साहस बढ्नुका साथै रोकिएको काम बन्नेछ ।
वृष – दिन शुभदायी छ । छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त होला । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका जुर्नेछ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने योग छ । बिनाप्रतिस्पर्धा धनलाभ होला । आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । तर, बलजफ्ती गर्दा हानि हुन सक्छ, ख्याल राख्नुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।
मिथुन – व्यस्तता वृद्धि भएपनि अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । उपलब्धिले उत्साह जगाउनेछ । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल रहला । कतै अतिथिको रूपमा सम्मान पाइने योग छ । पराक्रम वृद्धि तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – आजको दिन हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपरे पनि परिणाम तपाईंकै पक्षमा आउला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यवसायमा राम्रै फाइदा होला । स्वास्थ्यमा भने अलिक कमजोरी अनुभूति हुनसक्छ, आहारविहारमा खास ध्यान राख्नुहोला । मध्याह्नपछि व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।
कन्या – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसरवादीहरूले झुक्याउन सक्छन् । तपाईंको मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । कमजोर मानसिकताले पछि परिएला । तथापि, शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । आरोग्यता रहनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर रहला । हिम्मतले काम बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने सम्भावना देखिन्छ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका जुर्नेछ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । कमजोरी लुकाउँदा पछि परिएला, ध्यान राख्नुहोला ।
वृश्चिक – शुभदायी दिन छ । चिताएको काममा सफलता मिल्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइएला । साथै टाढाको यात्राको पनि योग रहेको छ । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ । शुभचिन्तकहरूले कार्ययोजनामा साथ दिनेछन् । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यबल बढ्नेछ ।
धनु – महत्वपूर्ण कार्यमा शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । इर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । स्वास्थ्यावस्था पनि केही कमजोर रहनसक्छ । अरुको भरपर्दा काम बिग्रन सक्ने योग छ । चुनौतीका बाबजुद कर्मबल भने बढ्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।
मकर – दैनिकीमा परिवर्तन आउन सक्छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिने दिन छ । साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन्, सजग रहनुहोला । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहितकर हुनेछ । यात्रामा सफलता मिल्नेछ ।
कुम्भ – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । नसोचेको धनलाभ हुन सक्छ । व्यापारमा राम्रै फाइदा हुने योग छ । तथापि, पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ ।
मीन – नयाँ काम प्रारम्भ गर्न सकिनेछ । व्यापारमा राम्रै धनलाभ होला । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् भने प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुने देखिन्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्ला । मिठो भोजन जुर्नेछ । यात्रागत कार्य सार्थक रहला । सुख विलास बढ्नेछ ।
प्रतिक्रिया