✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक १४ गते तद्अनुसार सन् २०२४ अक्टोबर ३० तारिख बुधबार कार्तिक कृष्णपक्षको त्रयोदशी तिथि १३ः०५ बजेसम्म त्यसपछि चतुर्दशी तिथि हस्ता नक्षत्र वैधृति योग भद्रा करण आनन्दादिमा आनन्द योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१४ मा भयो र सूर्यास्त साँझ १७ः१९ बजेमा हुनेछ । कागतिहार, यमदीपदान, धन्वन्तरी जयन्ती ।
आजको राशिफल
मेष – पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आजको दिन अवसरवादीहरूले फसाउने चेष्टा गर्ने योग रहेकोले विशेष योजना गोप्य राख्नु हितकर होला । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्छ, विशेष सजगताको दरकार छ ।
वृष – दिन उत्साहवर्द्धक रहला । रोकिएका काम सम्पादन हुनेछन् भने पठनपाठनसम्बन्धी क्रियाकलापमा प्रगति हुनेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पु¥याउनु उचित हुनेछ । आश्वासन दिनेहरूले धोका दिनसक्छन्, यसप्रति सचेत रही व्यवहार गर्नुहोला । स्वास्थ्य केही कमजोर रहेको अनुभूति हुन सक्छ ।
मिथुन – रचनात्मक कार्य प्रारम्भ गर्ने र आम्दानीले पछ्याउने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् भने रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन पनि रमाइलो रहनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्ने योग छ । समग्रमा दिन रमाइलो नै रहला ।
कर्कट – चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने दिन छ । खर्च लागे पनि दिगो फाइदा हुने कर्म गरिएला । कतै आतिथ्यपूर्ण सम्मान पाइनेछ भने मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि हासिल हुने देखिन्छ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । रसरागको भाव जागृत होला । अरुको भरपर्दा काम बिग्रन सक्छ, ध्यान राख्नुहोला ।
सिंह – मिश्रित फलदायी दिन छ । पहिलेका समस्या दोहोरिन सक्छन्, तथापि व्यवसायमा लगानी बढाउन सकिनेछ । उपचारमा खर्च हुने योग रहेकोले आजको दिन सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजगता अपनाउनु उचित हुनेछ । मुख्य काममा बाधा हुँदा मन खिन्न रहला । परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम भने बन्नेछन् । यात्राको अवसर जुट्न सक्छ ।
कन्या – नयाँ कामको प्रस्ताव आउने तथा विगतको सफलताले थप काम गर्न हौसला मिल्ने समय छ । रचनात्मक कार्यका लागि अभिप्रेरित गर्नेहरू भेटिनेछन् । तपाईंका कामको तारिफ हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ला । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जनको दृष्टिले आजको दिन उत्साहप्रद रहला ।
तुला – बोलीको भरमा काम सम्पादन हुने समय छ । मान-सम्मान बढ्नेछ भने विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । चुनौतीहरू स्वतः हट्नेछन् र आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।
वृश्चिक – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । नयाँ काममा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । शत्रुपक्ष परास्त हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ । पढाइलेखाइमा खासै मन नजाला । हुलमुलमा धनमाल हराउन सक्ने योग रहेकोले विशेष सजगताको दरकार छ ।
धनु – दिन उत्साहप्रद रहला । विगतका कमी-कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । समाजको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले भने समस्यामा पार्न सक्छ, ध्यान राख्नुहोला । धनार्जनको योग छ, व्यापार व्यवसायमा राम्रै फाइदा हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट होला ।
मकर – आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्नसक्ने तथा व्यावसायिक काममा खर्च बढ्ने योग छ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । सवारीसाधनको प्रयोगमा सावधानी अपनाउनुपर्ने समय छ ।
कुम्भ – विगतको श्रमबाट राम्रै धनलाभ हुने देखिन्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सकिउला । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा राम्रो साथ दिनेछन् । स्वास्थ्य सबल रहनेछ ।
मीन – सामाजिक कामको दायित्व बढ्ने र व्यवसायमा लाभ लिने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिएला । नयाँ काम र हातामा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।
प्रतिक्रिया