आजको पञ्चाङ्ग एवम् राशिफल (१५ कात्तिक २०८१ बिहीबार, ३१ अक्टोबर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ कात्तिक २०८१ बिहीबार, ३१ अक्टोबर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक १५ गते तद्अनुसार सन् २०२४ अक्टोबर ३१ तारिख बिहीबार कार्तिक कृष्णपक्षको चतुर्दशी तिथि १५ः१४ बजेसम्म त्यसपछि अमावश्या तिथि चित्रा नक्षत्र विषकुम्भ योग चतुष्पाद करण आनन्दादिमा चर योग चन्द्रमा कन्या राशिमा ११ः५० बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१५ मा भयो र सूर्यास्त साँझ १७ः१९ मा हुनेछ । कुकुरतिहार, नरकचतुर्दशी, लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि, निशिबार्ने, बिहान झिसमिसेमा तेल लगाएर नुहाउने । लक्ष्मीपूजा बेलुकी १८ः१० देखि २०ः०४ मा वृष लग्न, शुभ र अमृतबेला ।

आजको राशिफल

मेष – आजको दिन केही चुनौतीयुक्त रहनसक्छ, तर सफलतादायी हुने देखिन्छ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइने समय छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु उचित हुनेछ । अध्ययन–अध्यापन कार्य उत्साहजनक रहला । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।

वृष – केही अवसर जुटे पनि परिस्थिति आजको दिन अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । हठ गर्ने बानीले समस्या निम्त्याउने सम्भावना छ, लचकदार बन्ने कोशिस गर्नुहोला । अरूको सुझावमा भर नपर्नु बेस हुनेछ । लेखन तथा सिर्जनात्मक कार्यमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ ।

मिथुन – सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । परिवारजनको सहयोग लिएर काम गर्ने प्रयत्न गर्नु हितकर हुनेछ । स्वास्थ्यको दृष्टिले आज केही कमजोर भएको महसूस गरिएपनि मानसम्मान पाइने योग छ ।

कर्कट – रोकिएका काम पुनः प्रयत्न गर्दा सफलता मिल्ने दिन छ । आज कतै अतिथिका रूपमा सत्कार पाइएला । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, सावधानी अपनाएर व्यवहार गर्नुहोला । खर्च केही वृद्धि हुने योग छ । यात्रागत कार्य सार्थक रहनेछ ।

सिंह – मान र विद्या प्राप्त हुने समय छ । व्यावसाय विस्तारका लागि यात्राको अवसर जुट्ने देखिन्छ । विशेष उपहार प्राप्त हुनुका साथै राम्रै धनलाभ होला । आर्जित धन तत्काल खर्च गर्नुपर्ने सम्भावना छ । जग्गा जमिनबाट मनग्य लाभ मिल्ने योग छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ, सचेत रहनुहोला ।

कन्या – न्यून उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । नचिताएको ठाउमा धननाश हुने योग रहेकोले सजगभइ आर्थिक कारोबार गर्नुहोला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । स्वास्थ्य केही कमजोर रहेको अनुभूति होला ।

तुला – शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नुपर्ने दिन भएपनि नयाँ काममा हात हाल्ने समय आएको छ । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ, तर मिहेनतीजनका लागि सफलताले कदम चुम्नेछ । विशेष उपहार तथा प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहला । यात्रागत कार्य सार्थक रहनेछ ।

वृश्चिक – लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । बोली र व्यक्तित्वको प्रभाव रहला । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । पारिवारिक असमझदारी बढ्नसक्ने योग रहेकोले विवेकपूर्ण व्यवहारको दरकार छ, ध्यान राख्नुहोला ।

धनु – मिश्रित फलदायी दिन छ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ भने सेवामूलक कामबाट पनि धनलाभ हुने योग छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । व्यापार-व्यवसायमा नसोचेको फाइदा उठ्ने देखिन्छ ।

मकर – श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने समय छ । दिगो फाइदा हुने काम प्रारम्भ सकिनेछ । ब्यापार-व्यवसायमा आम्दानी बढ्ला । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् तर शुभचिन्तकहरूबाट सहयोग मिल्नेछ ।

कुम्भ – भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले चाहिँ काममा धोका हुन सक्छ, सचेत रहनुहोला । अप्रिय समाचारले निराश तुल्याउन सक्ने योग छ ।

मीन – दिगो आम्दानी हुने काम सुरु गर्ने दिन छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिएला । तपाईंको प्रतिभाको कदर हुनेछ । धेरैलाई लाभ हुने कार्य गर्ने मौका जुर्ला । बौद्धिक प्रतिस्पर्धामा विजयी बन्न सकिनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन भने केही समस्या पर्न सक्छ ।