आजको पञ्चाङ्ग एवम् राशिफल (१६ कात्तिक २०८१ शुक्रबार, १ नोभेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ कात्तिक २०८१ शुक्रबार, १ नोभेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक १६ गते तद्अनुसार सन् २०२४ नोभेम्बर १ तारिख शुक्रबार कार्तिक कृष्णपक्षको अमावश्या तिथि १७ः१५ पर कार्तिक शुक्लपक्षको प्रतिपदा तिथि स्वाती नक्षत्र प्रीति योग किंस्तुघ्न करण आनन्दादिमा गद योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१५ मा भयो र सूर्यास्त साँझ १७ः१८ मा हुनेछ । दर्शश्राद्ध, हलोबार्ने ।

आजको राशिफल

मेष – मिश्रित फलदायी दिन छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ भने आर्थिक लाभ पनि प्राप्त हुने देखिन्छ । सहयोगीहरूले साथ दिनेछन् । व्यवहारबाट नयाँ ज्ञान प्राप्त हुने योग छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । इर्ष्या गर्नेहरूले अवरोधको प्रयास गर्नसक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । सन्तानसुख बढ्नेछ ।

वृष – आजको दिन चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । रोकिएका काम सम्पादन हुनेछन् । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । कसैसंग सामान्य विवाद वा झगडा हुनसक्ने योग रहेकोले व्यवहारमा सजगता अपनाउनु उचित होला । सवारी साधनको प्रयोगमा अपनाएको सुझबुझका कारण चोटपटकबाट जोगिनुहुनेछ । यात्रागत कार्य सार्थक रहला । पारिवारिक समस्याको समाधान मिल्नेछ । विशिष्ट व्यक्तिसँग विवादबाट बच्ने प्रयास गर्नु हितकर हुनेछ ।

मिथुन – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आज उत्तम हुने देखिन्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि अन्ततः ती परास्त हुनेछन् । तथापि, पुराना कुनै सम्झौताले अप्ठ्यारोमा पार्नसक्ने योग रहेकोले सजग रहनुहोला ।

कर्कट – परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने समय छ । आफूभन्दा वरिष्ठ व्यक्तित्वको साथमा सुमधुर सम्बन्ध रहला । व्यापारमा फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै रहने देखिन्छ । आजको दिन आर्थिक कारोबारमा भने विशेष सजगता अपनाउनु हितकर हुनेछ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु उचित होला ।

सिंह – नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्ने समय छ । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउला । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला ।

कन्या – नयाँ जिम्मेवारी हातपर्ने समय छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । पढाइलेखाइमा राम्रै प्रगति हुने देखिन्छ । आर्थिक पक्ष सबल छ । स्वास्थ्य सबल रहला । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला ।

तुला – मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । सानातिना काम र घरेलु समस्यामा नै आजको समय ब्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ ।

वृश्चिक – दिन शुभदायी छ । आर्थिक पक्ष सुदृढ बन्नेछ भने न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । विशेष कार्ययोजनामा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा भने सोचेजस्तो रमाइलो नहुन सक्छ । सबल स्वास्थ्यको लागि खानपानमा नियन्त्रण गर्नु उचित होला ।

धनु – पारिवारिक सहयोग प्राप्त हुनेछ । आज टाढाको यात्राको सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु राम्रो होला । मनोरञ्जनपूर्ण समय रहेको छ, तर व्यवसायको चापले गर्दा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ ।

मकर – परिणाममुखी काममा लगानीको समय छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । स्वासथ्य सबल रहनेछ ।

कुम्भ – पारिवारिक वातावरण तपाईंको अनुकूल नभएपनि शरीरमा उत्साह र उमङ्ग प्राप्त हुने दिन छ । स्वास्थ्य सबल रहला । व्यवसायमा विशेष फाइदाको योग छ । पराक्रमका साथै उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् ।

मीन – चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने दिन छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ला । रचनात्मक क्रियाकलापमा आकर्षण रहला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ .। चुनौतीपूर्ण कार्यमा धैर्यले काम लिने प्रयास गर्नुहोला, सफलता मिल्नेछ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी मित्रसँग आत्मीयता वृद्धि हुने योग छ ।