आजको पञ्चाङ्ग एवम् राशिफल (१७ कात्तिक २०८१ शनिबार, २ नोभेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ कात्तिक २०८१ शनिबार, २ नोभेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक १७ गते तद्अनुसार सन् २०२४ नोभेम्बर २ तारिख शनिबार कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथि विशाखा नक्षत्र आयुष्मान योग बालब करण आनन्दादिमा शुभ योग चन्द्रमा तुला राशिमा २३ः१२ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१६ मा र सूर्यास्त साँझ १७ः१७ मा हुनेछ । गाई पूजा, गोवर्धन पूजा, गोरुपूजा, म्हपूजा, बलि पूजा, ने.सं. ११४५ प्रारम्भ ।

आजको राशिफल

मेष – अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ भने गरिएका कामको राम्रै मूल्यांकन हुने देखिन्छ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने योग छ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ला । आयआर्जनका स्रोतसमेत बढ्नेछन् । दाम्पत्यसुख वृद्धि हुनेछ । आमोदप्रमोदको अवस्था रहनेछ ।

वृष – आँटेको काममा सफलता मिल्ने समय छ । तर, खर्चको मात्रा भने बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने योग छ । आफ्नै कमजोरीले विवादमा परिने र धनमाल हराउने सम्भावना पनि रहेको छ, सजग रहनुहोला । आफन्तको साथले पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – आत्मविश्वास बढ्ने र रोकिएका काम बिस्तारै बन्ने दिन छ । तथापि, समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । जिम्मेवारी भने बढिरहनेछन् । स्वास्थ्य सबल रहनेछ, तर जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । प्रेमभाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट – व्यस्तता बढ्नेछ । आजको दिन व्यावसायिक काममा खर्च वृद्धि हुनेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । मानसम्मानका साथै आम्दानी बढ्ने योग छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्ने देखिन्छ । भेटघाटको अलमलमा नपर्नु हितकर होला । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ, ध्यान राख्नुहोला । आरोग्यता रहनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

सिंह – पराक्रम वृद्धि हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उत्साहवर्द्धक समाचार सुन्न पाइएला । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेमजीवन सुखद रहनेछ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ, खानपानमा ध्यान दिनु जरुरी छ । रसराग तथा मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कन्या – दिन शुभ र सुखदायी रहनेछ । धन आर्जन गर्ने मौका जुर्ला । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिने योग छ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।

तुला – विभिन्न अवसरले पछ्याउनेछन् । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा होला । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने योग छ । विलासितामा खर्च बढ्ने देखिन्छ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । तर, गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । परिवार तथा साथीभाइको सहयोग प्राप्त होला । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ । सामर्थ्य वृद्धि हुनेछ । आरोग्यबल वृद्धि होला । बौद्धिक कार्यमा सफलता प्राप्त हुनेछ ।

धनु – लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । समय लागे पनि महत्वपूर्ण कार्य सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने योग छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाउँबाट धन प्राप्त भइ मन प्रशन्न रहला । कर्मबल बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । यात्राको सम्भावना छ । साझेदारीमा फाइदा हुनेछ । तपाईको व्यवहारिकपनको प्रशंसा हुनेछ । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्न सहयोग पुग्नेछ ।

कुम्भ – दौडधुप बढ्नेछ । सामर्थ्य वृद्धि होला । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । आजको दिन आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । मिठो भोजन प्राप्तिको योग छ ।

मीन – तत्कालका लागि ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुने समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ, तर अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ । स्वास्थ्य सबल रहला ।