✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक १८ गते तद्अनुसार सन् २०२४ नोभेम्बर ३ तारिख आइतबार कार्तिक शुक्ल द्वितीया तिथि अनुराधा नक्षत्र सौभाग्य योग बालब करण ३ः४३ पर तैतिल करण आनन्दादिमा मृत्यु योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१७ मा भयो र सूर्यास्त साँझ १७ः१६ मा हुनेछ । यमद्वितीया, भाइटीका (टीका ९ः३० देखि ११ बजे लाभ र अमृतबेलामा शुभ) ।
आजको राशिफल
मेष – दौडधुपका साथै जोखिम बढ्ने दिन छ । कठोर मिहिनेतले काम बन्नेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका हुनसक्छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने योग छ । स्वास्थ्य भने सबल रहनेछ । विभिन्न अवसरले पछ्याउन सक्छन्, अवसर छोप्ने प्रयत्न गर्नुहोला । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । धनलाभ हुने देखिन्छ ।
वृष – समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । सामाजिक प्रतिष्ठा पाइनेछ । मान–सम्मानमा चोट पुग्नबाट बच्न विशेष प्रयत्न गर्नु उचित हुनेछ । रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदाको योग छ । शत्रुपक्ष परास्त हुनेछ । साझेदारीको काम बन्नेछ । प्रेमभाव वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ भने यात्रापरक काम सफल हुनेछ ।
मिथुन – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ, तर परिवारजनमा केही असमझदारी बढ्नसक्ने दिन छ । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला । राजनीतिक पहुँच बढ्नेछ, तर स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कनसक्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिकता एवम् रचनात्मकता बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ ।
कर्कट – प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुने समय छ । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुनसक्ने योग छ । मंगलमय काम सम्पादन होला । विशेष महत्वको कार्यमा आफन्तको सहयोग जुट्नेछ । स्वास्थ्य केही कमजोर रहेको अनुभूति होला । आम्दानी वृद्धि हुनाले उत्साह वृद्धि हुनेछ । हातमा आएको अवसर गुम्न नदिन विशेष प्रयत्न गर्नुपर्नेछ । खराब व्यक्तिसँगको संगतले मान–सम्मानमा चोट पुग्ने सम्भावना रहेकोले विशेष सजगता अपनाइ व्यवहार गर्नुहोला ।
सिंह – ब्यस्तता बढे पनि परिवारजनको सहयोगले उत्साह बढाउने दिन छ । सुखद समाचारले काममा उत्साह जगाउला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सतर्कता अपनाउनु हितकर होला । आत्मीय जनसँग भेटघाट हुने योग छ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्ने देखिन्छ । संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । खर्च नियन्त्रणको लागि प्रयास गर्नुपर्ने समय छ ।
कन्या – प्रेम र मित्रताको बन्धन कसिने समय छ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । यात्रागत कार्यबाट धनलाभ हुन सक्छ । व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ । पराक्रम वृद्धि हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – आजको दिन केही चुनौतीयुक्त रहला । स्वास्थ्य केही कमजोर रहेको महसूस हुनेछ, सजगता अपनाउनुहेला । सामाजिक नियमको बन्धनमा परिनेछ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । चिताएको काममा ढिलासुस्ती हुने देखिन्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने योग रहेको छ । महत्वपूर्ण योजना कार्यान्वयनको तयारीमा हुनुहुन्छ भने आज थाती राख्नु उचित हुनेछ ।
वृश्चिक – आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । स्वास्थ्य भने केही कमजोर रहनसक्छ, ख्याल राख्नुहोला । जीवनसाथीलाई केही पीडा हुने योग छ । सामर्थ्य वृद्धि भइ रोकिएको काम कठोर मिहिनेतले बन्नेछ । सुखसुविधाको वस्तु खरिदमा खर्च बढ्ने देखिन्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका जुर्ला । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ । आर्थिक समस्या पनि समाधान हुनेछ । सन्तानसुख बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मकर – विभिन्न अवसरले पछ्याउने समय छ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । तर बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ, सजग रही व्यवहार गर्नुहोला । सन्तान एवम् अनुयायीले प्रशन्नता दिलाउनेछन् । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । आयबल बढ्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।
कुम्भ – कर्मबल वृद्धि भएपनि चुनौती बढ्ने समय छ । महत्वपूर्ण काममा बाधा हुनसक्छ । प्रतिस्पर्धीहरूले ठाउँ ओगट्न सक्छन् । साथै स्वास्थ्यसम्बन्धी समस्या बल्झिन सक्छ । खर्चवृद्धिका साथै व्यापार–व्यवसायमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्ने योग छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने योग छ ।
मीन – धर्मकर्ममा आकर्षण बढ्नेछ । पारिवारिक सम्बन्ध अलिक कमजोर बन्नसक्ने समय छ, विवेकपूर्ण व्यवहार गर्नुहोला । स्वास्थ्य केही कमजोर रहनसक्छ, चोटपटकको सम्भावना रहेकोले हातहतियारको उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । आर्थिक समस्या समाधान हुनेछ । सुख विलासमा मन जानेछ । मिठो भोजन प्राप्त हुनेछ ।
प्रतिक्रिया