✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक २१ गते तद्अनुसार सन् २०२४ नोभेम्बर ६ तारिख बुधबार कार्तिक शुक्ल पञ्चमी तिथि मूल नक्षत्र ९ः२६ पर पूर्वाषाढ़ा नक्षत्र सुकर्म योग बब करण आनन्दादिमा ध्वज योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१९ मा भयो र सूर्यास्त साँझ १७ः१४ मा हुनेछ ।
आजको राशिफल
मेष – भाग्यबल बढेर मान प्रतिष्ठा फैलिने समय छ । अनुकूलता वृद्धि हुनुका साथै यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । दोधारको अवस्था सिर्जना हुनसक्छ, तथापि पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो स्वास्थ्यसम्बन्धी पुरानो समस्याले सताउन सक्ने योग भएकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । कमी–कमजोरीलाई सुधार गर्ने मौका जुर्ने देखिन्छ ।
वृष – आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । भौतिक साधनको खराबीले लक्ष्यप्राप्तिमा बाधा पर्ने सम्भावना छ । कल्पना र भावनामा केन्द्रित भइएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । प्रतिकुलताका बाबजुद नयाँ कामको प्रस्ताव आउने तथा सहयोगीहरू भेटिने योग छ । धनार्जन होला, खर्च पनि केही वृद्धि हुनसक्छ, नियन्त्रणको प्रयास गर्नुहोला ।
मिथुन – समय शुभदायी छ । नयाँ कामको प्रस्ताव आउने र विगतको सफलताले थप काम गर्न हौसला मिल्ने दिन छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिएलान् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने बौद्धिकताबाटै लाभ पनि प्राप्त होला । बोली र व्यवहारको उचित प्रस्तुतिले ठूलै अवसर दिलाउन सक्ने योग छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । शत्रुमाथि विजय प्राप्त होला ।
कर्कट – कर्मबलका साथै साहस वृद्धि हुनेछ । प्रेमभाव बढ्नुका साथै रसरागमा आकर्षण रहनेछ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा पनि प्रगति होला । स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउने देखिन्छ ।
सिंह – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिएला । तर, काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने योग छ । व्यवसायमा लगानी बढाउनुपर्ने देखिन्छ । नियमित कार्यमा केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ, व्यवहारमा लचकता अपनाउनु हितकर होला । सन्तानसुख मिल्नेछ ।
कन्या – व्यस्तता वृद्धि भएपनि जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्ने समय छ । व्यापारमा विशेष फाइदा उठाउन सकिएला । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सहजै सम्पादन हुनेछ । कमी-कमजोरीलाई सुधार्ने मौका मिल्ला । व्यापारमा सामान्य फाइदा मिल्नेछ, तर सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ, सजगता अपनाइ कार्य गर्नु उचित हुनेछ । खर्चको मात्रा केही बढ्ने देखिन्छ ।
तुला – बोली, व्यवहार तथा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा राम्रै साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने योगछ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । आरोग्यबल बढ्नेछ ।
वृश्चिक – मेहनतले सम्मानित स्थान दिलाउने दिन छ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिएला । परिवारमा केही असमझदारी बढ्न सक्छ, संयमता अपनाइ व्यवहार गर्नु उचित हुनेछ ।
धनु – अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । तथापि, चोरी वा ठगीमा परिने योग रहेकोले सजगताको दरकार पर्नेछ । आर्थिक कारोबार गर्दा निकै नै सावधानी अपनाउनुहोला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने देखिन्छ । आरोग्यता रहनेछ ।
मकर – न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । आर्थिक पक्ष सुदृढ रहला । शत्रु परास्त गर्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ भने भएको दायित्व सहजै पूरा गर्न सकिएला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ – शुभदायी दिन छ । टाढिएका आफन्तहरू नजिकिनेछन् भने पारिवारिक सुख मिल्ने देखिन्छ । अध्ययन–अध्यापनको क्षेत्रमा पनि प्रगति होला । घरमै बसेर विभिन्न काम सम्पादन गर्न सकिनेछ । हाँसखेल र मनोरञ्जनका क्षण पशस्तै आइपर्लान् । आजको दिन सहयोगीहरूले पनि राम्रै साथ दिनेछन् र कार्यमा सोचेजस्तै सफलता मिल्नेछ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मीन – कर्मबल बढ्नेछ तर अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । आजको दिन अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्नेछ । आफन्तको साथ मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
प्रतिक्रिया