✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक २३ गते सन् २०२४ नोभेम्बर ८ तारिख शुक्रबार कार्तिक शुक्ल सप्तमी तिथि उत्तराषाढ़ा नक्षत्र ९ः३० पर श्रवण नक्षत्र शूल १ः४४ पर गण्ड योग गर करण आनन्दादिमा काल योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२० मा भयो र सूर्यास्त साँझ १७ः१३ मा हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्ने देखिन्छ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुन सक्छ । समयको ब्यर्थ नाश हुने र व्यर्थको खर्च बढ्ने योग रहेकोले सजगता अपनाउनुहोला । तथापि, मिठो भोजन प्राप्त हुने र यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदको भाव वृद्धि हुनेछ ।
वृष – अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । आजको दिन अनावश्यक यात्राको योग छ । सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु उचित हुनेछ । सोचेकोे काम समयमै सम्पन्न गर्न कठोर मिहिनेत पर्ने देखिन्छ । मित्रजनको साथ-सहयोगले सुखको अनुभव हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।
मिथुन – सामाजिक कार्य तथा परोपकारमा मन जाने समय छ । पढाइलेखाइमा सफलता पाउने तथा धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ । मातापितासंगको भेटघाटले मनमा हर्ष छाउला । आज स्वास्थ्यमा केही कमजोरी अनुभूति भएपनि नियमित कार्यमा दखल पर्नेछैन । खर्च भन्दा कमाई नै बढी हुने योग छ । महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु उचित हुनेछ । पराक्रम वृद्धि भइ शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट – भाग्योदयको समय छ । पारिवारिक सुख मिल्नेछ भने ब्यापार-व्यवसायमा पनि राम्रै फाइदा होला । सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । धनार्जनको योग छ । विपरितलिङ्गीको साथ-सहयोग एवम् हौसलाले मन रमाउला । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । साझेदारीको काम बन्नेछ ।
सिंह – आजको दिन मिश्रित फलदायी रहला । मनमा उदासिनता बढ्नुका साथै काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन्, विश्वास गरेकाले धोका दिन सम्भावना छ, सजगता अपनाएर व्यवहार गर्नु उचित हुनेछ । बिहान काम बन्नेछ भने दिनको पछिल्लो प्रहर सामान्य तनाव वृद्धि हुनसक्छ । इष्टमित्रहरुसँग असमझदारी बढ्ने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । महत्वपूर्ण कार्ययोजना आज थाती राख्नु हितकर हुनेछ । प्रतिकुलताका बाबजुद प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ ।
कन्या – पेशागत रुपमा समस्या देखिन सक्ने तथा नोकरीमा झमेला ब्यहोर्नु पर्ने समय भएपनि बुद्धि-विवेकले बाधा पन्छाउने सफलता मिल्नेछ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिक लाभ हुनेछ भने मान-सम्मान पनि पाउन सकिन्छ । रसरागसम्बन्धी क्रियाकलापमा आकर्षण बढ्नेछ । यात्रा सुखद रहला । पारिवारिक सुखशान्ति बढ्नुको साथै नियमित कार्यमा सफलता नै मिल्ने देखिन्छ ।
तुला – कार्यगति बढ्नेछ भने काम बन्नाले मन रमाृउने समय छ । मित्रजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । धन आर्जनको योग छ । नियमित कर्मबाट फलिफाप हुने देखिन्छ । विशेषतः पशुधनबाट राम्रो फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव होला । आरोग्यबल बढ्नेछ ।
वृश्चिक – व्यस्तता बढे पनि नसोचेको काम बन्ने समय छ । प्रियजनसँगको भेटघाटले आनन्द प्रदान गर्ला । महत्वपूर्णकाम बन्नाले सुखको अनुभव हुनेछ । अनेक किसिमका फाइदा हुने योग छ । आफन्तजनको साथ-सहयोग प्राप्त हुनेछ । पराक्रम वृद्धि होला । आरोग्यता रहनेछ ।
धनु – विभिन्न कार्यको एकसाथ चपेटमा पर्नाले मनमा चिडचिडापन पैदा हुन सक्छ । अनावश्यक झमेलामा पर्ने योग छ । आजको दिन यात्राको क्रममा सावधान रहनुहोला । सबल स्वास्थ्यका लागि खानामा सचेत रहनुपर्ने दिन छ । प्रतिकुलताका बाबजुद परिवारिक सुख वृद्धि हुनेछ । प्रेमभाव वृद्धिका साथै मिष्ठान्न भोजनको अवसर जुर्ने देखिन्छ ।
मकर – बोली र व्यवहारले धेरैलाई आकर्षण गर्ने समय छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् भने रमाइलो खबर सुन्न पाइनेछ । परोपकारका काममा मन जाने देखिन्छ । आरोग्यता एवम् सुख वृद्धि हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । खेलकूद, भ्रमण जस्ता कार्यमा आकर्षण बढ्नेछ । यात्रागत कार्य सफल रहनेछ ।
कुम्भ – आजको दिन विभिन्न दृष्टिले शुभ र सार्थक रहला । आयआर्जन हुने समय छ । मनोरञ्जनात्मक यात्राको सम्भावना छ । आश मारेको पैसा उठेर मनमा हर्ष छाउने योग छ । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।
मीन – सुख र दुःखको मिश्रित अनुभूति हुने दिन छ । घरमा पाहुना आगमन हुनसक्छ । धनलाभ हुनसक्ने र रमाइलो यात्राको पनि योग रहेको छ । तथापि, टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु उचित हुनेछ । कर्मबल बढ्नेछ, आफन्तको साथ मिल्नेछ ।
प्रतिक्रिया