✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक २४ गते तद्अनुसार सन् २०२४ नोभेम्बर ९ तारिख शनिबार कार्तिक शुक्ल पक्षको अष्टमी तिथि श्रवण नक्षत्र ८ः५३ पर धनिष्ठा नक्षत्र वृद्धि योग भद्रा करण २ः२१ पर बालब करण आनन्दादिमा स्थिर योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२१ मा भयो र सूर्यास्त साँझ १७ः१३ मा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, गोपाष्टमी, मुख अष्टमी, बैतडी सिलङ्गा महारूद्र कोटीहोम मेला ।
आजको राशिफल
मेष – दिन शुभदायी छ । घरपरिवारबाट सुखशान्ति पाइनेछ । आर्थिक काम बन्नेछ भने उन्नतिको योग हुनेछ । नयाँ आयस्रोत प्राप्त हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । अनुकूलता वृद्धि भएको महसूस होला । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।
वृष – नसोचेको विषयमा धन खर्च हुनसक्ने समय रहेकोले आर्थिक व्यवहारमा विशेष सजगता अपनाउनुपर्ने दिन छ । व्यर्थको खर्चले मन पिरोल्न सक्छ । तथापि, प्रगतिको क्रम कायम रहनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याबाट पनि मुक्ति मिल्ला । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – भाग्यबल बढ्नेछ । आजको दिन आफन्त तथा प्रियजनसंगको भेटले मन प्रफुल्ल रहला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकताको माध्यमबाट कुनैपनि समस्याको समाधान प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट – दौडधुप बढेपनि धन आर्जन हुने समय छ । खर्चको बाटो बन्द भइ आर्जित धनको बचत पनि होला । नयाँ कामका योजनाहरु बन्ने देखिन्छ । कर्मबल वृद्धि र काममा साथीभाइको सहयोग प्राप्त हुनेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – नयाँ कामका योजनाहरु बन्ने समय छ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । पशुधन र जमिनबाट विशेष लाभ हुने योग छ । प्रेमभाव र दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । इष्टमित्रको साथ-सहयोग मिल्नेछ । बौद्धिक तथा कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशांति रहनेछ ।
कन्या – आजको दिन मिश्रित फलदायी रहला । वादविवादको सामना गर्नुपर्ने योग रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु हितकर हुनेछ । आगो र मेसिनरी सामग्रीबाट जोगिन विशेष प्रयत्न गर्नु उचित हुनेछ । आजका योजना पूर्णरूपले कार्यान्वयन नहुन सक्छन्, ध्यान राख्नुहोला । प्रतिकुलताको अनुभूति भएपनि साहस भने वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथले समस्याको समाधान मिल्नेछ ।
तुला – जागिरको काममा केही डरको भाव जागृत भएपनि दिन सामान्य नै रहला । स्वास्थ्य सबल रहनेछ भने प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । आर्थिक लाभ हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ । व्यापार–व्यवसायमा उन्नति होला । यात्रागत कार्य सार्थक रहनेछ ।
वृश्चिक – आजको दिन सुखभाव तथा मनोरञ्जनपूर्ण ढंगले बित्ने देखिन्छ । कामबाट सजिलै फुर्सद पाइनेछ भने मन प्रसन्न रहला । शुभदायी कर्ममा व्यस्तता बढ्ने सम्भावना छ । रोकिएको काम मिहिनेतले बन्नेछ । सामर्थ्य वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । सुख-सुविधाको वस्तु खरिदमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – पराक्रम वृद्धिका साथै काममा मन जाने समय छ । व्यवसायमा लगानी थप गर्न सकिनेछ । अप्रत्याशित लाभको योग छ । वैदेशिक कामकाजमा पनि फाइदा होला । मिठो भोजन प्राप्ति एवम् सुख वृद्धि हुने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मकर – अनावश्यक झमेलामा पर्ने तथा आर्थिक हानीसमेत हुनसक्ने समय रहेकोले विशेष सावधानी अपनाउनुहोला । पीडा दिनेहरु सक्रिय हुनसक्छन् । स्वास्थ्यको पनि विशेष ख्याल गर्नु उचित हुनेछ । प्रतिकुलताका बाबजुद ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य भने रहनेछ । समस्याको अवस्थामा नियमकानूनले साथ दिनेछ भने नियमित कार्य-दायित्व निर्वाह गर्न सकिनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कुम्भ – समय शुभदायी छ । धन आर्जनको दृष्टिले राम्रो दिन छ । खाद्यान्नसम्बन्धी कारोबारले विशेष लभ दिलाउला । कसैबाट विशेष साथ-समर्थन पाउने दिन छ । आरोग्यता रहनेछ । सामर्थ्य वृद्धिले काममा सफलता मिल्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफल रहने योग छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मीन – आर्थिक क्षेत्रमा उन्नती हुने तथा नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित हुने समय छ । राम्रो कमाइका कारण सुख मिल्ला । लगानी तथा खर्च पनि वृद्धि हुने देखिन्छ । अनावश्यक खर्च कटौतीका लागि विशेष सजगता अपनाउनु हितकर हुनेछ । दुःखमा आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास बढ्ने, मिठो भोजन प्राप्त हुने योग छ ।
प्रतिक्रिया