✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक २५ गते तद्अनुसार सन् २०२४ नोभेम्बर १० तारिख आइतबार कार्तिक शुक्ल पक्षको नवमी तिथि धनिष्ठा नक्षत्र ७ः५५ पर शतभिषा नक्षत्र ध्रुव योग तैतिल करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२० मा भयो र सूर्यास्त साँझ १७ः१२ मा हुनेछ । कुष्माण्डनवमी,फाल्गुनन्द जयन्ती ।
आजको राशिफल
मेष – दैनिक कार्यमा अनुकूलता वृद्धि हुने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । आजको मिहेनत खेर जानेछैन । व्यवसायका लागि यात्राको सम्भावना छ । प्रेमभाव वृद्धिका साथै दाम्पत्यजीवन सुखद रहला । आयस्रोत बढ्ने र धनार्जनको योग छ । मित्रजन सहयोगी बन्नेछन् ।
वृष – पारिवारिक समस्याको समाधान मिल्ने दिन छ । तथापि, विभिन्न कार्यबोझका कारण ब्यस्तता वृद्धि होला । कसैले अस्वभाविक प्रलोभन दिएर अप्ठ्यारोमा पार्न सक्ने देखिन्छ । प्रलोभनमा बहकिँदा व्यक्तिगत स्वतन्त्रतामा बाधा पर्नेसक्ने हुँदा सावधान रहनु उचित हुनेछ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । स्वास्थ्य सामान्य रहनेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – धर्मकर्ममा आकर्षण बढ्ने तथा परोपकारको भाव जागृत हुने समय भएपनि चिताएको काम पुरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नमिल्ने समय छ । केहीमात्रामा खर्च बढ्न सक्छ, तथापि उत्साहजनक समाचारले हर्ष बढाउने योग छ । पराक्र वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्राग सार्थक रहनेछ ।
कर्कट – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिनेछ । तार्किक क्षमता बढ्नेछ । जोखिम बढेपनि विवेक र साहसले काम बन्ने योग छ । मनोरञ्जनात्मक जमघटका साथै मिठो भोजन प्राप्ति हुने देखिन्छ । साथीभाइको सहयोगले सुख बढ्नेछ । रसरागमा आकर्षण रहला ।
सिंह – विभिन्न अवसरले पछ्याउने र बोलीको प्रभाव पनि बढ्ने समय छ । मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा राम्रै लाभ होला । गुरुजनको विशेष सहयोग जुट्नेछ, जसले भविष्यका लागि लाभको मार्ग खोल्न सक्छ । प्रेमभाव वृद्धिका साथै दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । पारिवारिक सुखको अवस्था रहला ।
कन्या – दिन केही चुनौतीयुक्त रहला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिने साथीभाइबाटै धोका हुनसक्ने सम्भावना छ । आफ्ना विशेष योजनालाई गोप्य राख्ने प्रयास गर्नुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि चिसोपन रहने योग छ । यात्रामा भने सुखानुभूति हुने देखिन्छ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – विभिन्न अवसर मिल्ने र कीर्तिमानी काम सम्पादन हुनसक्ने समय छ । नयाँ कामको सुरुवात भने खासै राम्रो छैन, कार्यमा हैरानी बढ्न सक्छ, पुराना कार्यको निरन्तरतामा ज्यादा लाभ हुने देखिन्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन । प्रेमभाव बढ्नेछ । आरोग्यबल बढ्नेछ ।
वृश्चिक – सामाजिक काममा रुचि बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने समय छ । फलदायी कार्यमा व्यस्तता बढ्नेछ भने अधुरा काम मिहिनेतले बन्नेछन् । सामर्थ्य र सुख वृद्धि हुने देखिन्छ । मिठो भोजन प्राप्त होला । आजको दिन खर्च भने केही बढ्नसक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ ।
धनु – पराक्रम बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् भने नयाँ ज्ञान सिक्ने मौका जुर्ला । पढाइलेखाइमा प्रगति होला । आत्मीयजनसँग भेटघाटको योग छ । वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला । रसरागात्मक क्रियाकलापमा मन जाने देखिन्छ ।
मकर – मिश्रित फलदायी दिन छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित हुनेछ भने गरीआएको कामलाई चाहिँ निरन्तरता दिन सकिनेछ । पीडिक प्रवृत्तिका व्यक्तिहरू तपाईंविरुद्ध सक्रिय रहनसक्छन्, सचेत रही व्यवहार गर्नुहोला । कामका केही अवसर फुत्कने सम्भावना छ, सावधानी अपनाउनुहोला । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ – पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । आरोग्यबल वृद्धि हुनेछ भने मिठो भोजन प्राप्तिको योग छ । बौद्धिक र रचनात्मक कायमा विशेष सफलता मिल्ला ।
मीन – दिन सामान्य छ । मिहेनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् भने कृषि तथा पशु व्यवसायबाट विशेष लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाइएला । खर्च केही बढ्न सक्छ । आफन्तको साथ मिल्नेछ । आत्मीयजनको आश्वासनले उत्साह वृद्धि गराउने योग छ ।
प्रतिक्रिया