आजको पञ्चाङ्ग एवम् राशिफल (२६ कात्तिक २०८१ सोमबार, ११ नोभेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ कात्तिक २०८१ सोमबार, ११ नोभेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक २६ गते तद्अनुसार सन् २०२४ नोभेम्बर ११ तारिख सोमबार कार्तिक शुक्ल पक्षको दशमी तिथि शतभिषा नक्षत्र ६ः३९ पर पूर्वाभाद्रपद नक्षत्र व्याघात योग वणि करण आनन्दादिमा अमृत योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२३ मा भयो र सूर्यास्त साँझ १७ः११ मा हुनेछ ।

आजको राशिफल

मेष – आयआर्जनका स्रोत बढ्ने र दैनिक काममा पनि राम्रै लाभ मिल्ने समय छ । अनुकूलता वृद्धि हुनुका साथै विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । विशेष महत्वको काम बन्नाले प्रसन्नता मिल्ने योग छ । सन्तानपक्षबाट खुशी प्राप्त होला । इष्टमित्र दाहिना बन्नेछन् ।

वृष – कामको चापबाट मुक्त रही विश्राम पाइने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । धन आर्जनको योग छ । परिवारजनको साथले उत्साह जगाउला । प्रतिस्पर्धीहरू भने सक्रिय बन्नसक्ने देखिन्छ, सजग रहनुहोला । सफलताका लागि आफ्ना योजनाहरू गोप्य राख्नुपर्नेछ । आफन्तको साथ, परिवारिक सुख र उत्साह बढ्नेछ ।

मिथुन – मिश्रित फलदायी समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत भएपनि । अरूका काममा समय ज्यादा खर्चनुपर्ने देखिन्छ । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । अवसर प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनु हितकर होला । पढाइलेखाइमा समय दिन नसकिएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट – आजको दिन ब्यस्तताका साथै काममा जोखिम बढ्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । महत्वपूर्ण काममा आज अरूको भर नपर्नु उचित हुनेछ । मेहनत अनुसारको फल प्राप्ति र परिवारजनका आवश्यकता पूरा हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुर्नसक्छ । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेकोले सजग रहनुहोला । कर्मबल वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्ला ।

सिंह – दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने समय छ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने देखिन्छ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । तथापि, अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ । प्रेमभाव बढ्नुका साथै दाम्पत्य सुख मिल्नेछ । स्वास्थ्य सबल रहला । पारिवारिक सुख बढ्नेछ ।

कन्या – लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । धनप्राप्ति तथा भौतिक वस्तु लाभ हुने देखिन्छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । रमाइलो यात्राको अवसर जुट्न सकछ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन वादविवादमा परिने योग भएकाले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । छरछिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनु उचित हुनेछ । आँट गर्न नसक्दा विशेष योजना कार्यान्वयन नहुन सक्छ । अर्थअभावले सताउन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिविवेक लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । आरोग्यबल बढ्नेछ । काममा यात्राको सम्भावना छ ।

वृश्चिक – चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिने समय भएपनि फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिने सम्भावना छ, ध्यान राख्नुहोला । ब्यस्तता बढ्नेछ । समयमा हिम्मत गर्न नसक्दा पछि परिने सम्भावना छ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनहोला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । तथापि, मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रस रागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत प्राप्त हुने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुने योग छ । आजको दिन अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा प्रतिष्पर्धीले बाधा दिन खोज्नेछन्, सावधान रहनुहोला । आरोग्यता रहनेछ ।

कुम्भ – आजको दिन केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । स्वास्थ्य केही कमजोर रहनु सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, तर बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै भविष्यमा फाइदा हुने काम हातपर्ने योग छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास भने गर्नेछन् । खर्च पनि केही वृद्धि होला । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।