आजको पञ्चाङ्ग एवम् राशिफल (२८ कात्तिक २०८१ बुधबार, १३ नोभेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ कात्तिक २०८१ बुधबार, १३ नोभेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक २८ गते तद्अनुसार सन् २०२४ नोभेम्बर १३ तारिक बुधबार कार्तिक शुक्ल पक्षको द्वादशी तिथि १०ः६ पर त्रयोदशी तिथि रेवती नक्षत्र बज्र योग कौलव करण आनन्दादिमा उत्पात योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२४ मा भयो र सूर्यास्त साँझ १७ः१० मा हुनेछ । प्रदोष व्रत ।

आजको राशिफल

मेष – इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुने तथा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । आत्मबल जागृत गरी प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । समस्यामा इष्टमित्रको सहयोग प्राप्त हुने योग छ ।

वृष – आजको दिन सुखदरूपले नै बित्ने देखिन्छ । हिम्मतले काम लिने प्रयत्न गर्दा आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन् । धन आर्जनको योग छ । अध्ययन-अध्यापनमा प्रगति हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । बौद्धिक र रचनात्मक काम सार्थक रहनेछन् । पारिवारिक समस्याको समाधान मिल्नाले उत्साह वृद्धि होला ।

मिथुन – मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । धर्मकर्म तथा परोपकारसम्बन्धी कार्यमा आकर्षण बढ्नेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुने योग छ । आयआर्जन पनि राम्रै हुने देखिन्छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । मिठो भोजन प्राप्तिसँग आनन्दको माहोल पैदा होला । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिने समय छ । जोखिम वृद्धि र केही खर्च लागेपनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मित्रजनको साथ-सहयोगले उत्साह जगाउला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन अनावश्यक दौडधुपमा समय बित्न सक्छ, समयको बर्बादीबाट जोगिन विशेष सोचसमझका साथ कार्य गर्नु उचित होला । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा पनि विशेष सजगता अपनाउनुहोला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । दाम्पत्य सम्बन्धलाई मजबुत तुल्याउन व्यवहारमा लचकता अपनाउनुपर्ने देखिन्छ । आरोग्यता रहनेछ ।

कन्या – दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ भने प्रेम र मित्रताको गाँठो कसिने योग छ । विशेष लाभदायी काम प्रारम्भ गरिने योग छ । साझेदारीमा फाइदा र आयआर्जनका स्रोतसमेत बढ्ने देखिन्छ । प्रेमभाव वृद्धि र सुख बढ्नेछ । आजको दिन यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – व्यवसायमूलक काममा राम्रै फाइदा हुने समय छ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । गुरुजनको सहयोग जुट्नेछ । आरोग्यबलका साथै यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण बढ्ने देखिन्छ ।

वृश्चिक – पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद मिलेको अनुभूति होला । तथापि, आजको दिन प्रतिस्पर्धीहरूबाट सजग रहनु उचित होला । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभावसमेत देखापर्ने सम्भावना छ । फजुल खर्चबाट जोगिन विशेष ध्यान पु¥याउनुहोला । सबल स्वास्थ्यका लागि खानपानमा पनि ध्यान दिनु हितकर होला ।

धनु – अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । बोली र व्यक्तित्वको प्रभावले प्रशंसकहरू बढ्नेछन् । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुने देखिन्छ । व्यस्तता केही बढ्ला । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर – उत्साहजनक समाचारले मन प्रशन्न तुल्याउनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने सन्तानपक्षका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन होला । विभिन्न भौतिक साधनहरू जुट्नाले प्रसन्नता बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला ।

कुम्भ – भविष्यका लागि विशेष काममा जग बसाउने बेला छ । विभिन्न अवसरले पछ्याउनेछन्, तर चुनौती पनि वृद्धि होला । आर्जित धन खर्च हुन सक्छ । तथापि, आफ्नै प्रयासले लाभ मिल्न सक्छ । व्यापारमा फाइदा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । काम बिग्रने डरले सताइरहनेछ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ । बेसुरमा वचन दिनाले दुःख पाइएला । आफन्तको साथ मिल्नेछ ।