✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक २९ गते तद्अनुसार सन् २०२४ नोभेम्बर १४ तारीख बिहीबार कार्तिक शुक्ल पक्षको त्रयोदशी तिथि ७ः४३ पर चतुर्दशी तिथि अश्विनी नक्षत्र सिद्ध योग गर करण आनन्दादिमा मानस योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२५ मा भयो र सूर्यास्त साँझ १७ः१० मा हुनेछ । बैकुण्ठचतुर्दशी व्रत ।
आजको राशिफल
मेष – प्रेमको बन्धनमा कसिने समय छ । तथापि, आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । आजको दिन सवारीसाधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु उचित हुनेछ । दिनको पछिल्लो प्रहर रोकिएका काम बन्नाले उत्साह जाग्ने देखिन्छ । समस्यामा मित्रजनको सहयोग प्राप्त हुनेछ ।
वृष – दाम, इनाम र प्रतिष्ठा कमाउनुका साथै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ, गरीआएको कामलाई भने निरन्तरता दिन सकिनेछ । प्रगतिको दर बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।
मिथुन – यात्रागत कार्यमा समस्या आइपर्नसक्ने तथा बाध्यताका काममा जुट्नुपर्ने समय छ । विपरीतलिङ्गीको माध्यमबाट फाइदा पुग्ला । कतै आतिथ्यपूर्ण सम्मान पाइने योग छ । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुने सम्भावना छ, धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट – आजको दिन आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यूनमात्र सफलता मिल्ने देखिन्छछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । जोखिम र दौडधुप बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने समय छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । यसका बाबजुद लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइएला । प्रेमभाव र आरोग्यता बढ्नेछ । रसरागको कार्यक्रममा सरिक होइएला । पारिवारिक सुख बढ्नेछ ।
कन्या – स्वास्थ्य सामान्य कमजोर रहेपनि आजको दिन पढाइलेखाइमा प्रगति हुनेछ । ब्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, सावधान रहनुहोला । कतै आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिने तथा दाम्पत्यजीवन सुखद बन्ने समय छ । प्रेमभाव वृद्धि होला । यात्रामा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोग प्राप्त हुने योग छ ।
तुला – प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि मिल्ने समय छ । तथापि, काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम खेर नजान विशेष सतर्कताको खाँचो छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । न्यून उपलब्धिमा चित्त बुझाउन सक्दा सन्तोष मिल्नेछ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
वृश्चिक – मिश्रित फलदायी दिन छ । बदनाम व्यक्तिहरूले सहयोगको तत्परता देखाउन सक्छन्, सजग रहनुहोला । सरकारी कडिकडाउको सिकार भइने योग छ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । शोख पूरा गर्नमा खर्च वृद्धि हुन सक्छ । ब्यस्तता बढ्नेछ । पराक्रमी कार्य गर्ने आकाङ्क्षा जागृत होला ।
धनु – फजुलको ब्यस्तता बढ्ने दिन छ । विगतका समस्या बल्झिन सक्छन् । सहयोगको आशा देखाउनेहरूले पनि झुक्याउलान्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै होला । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्, तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । बौद्धिक र रचनात्मक कार्यमा आंशिक सफलता र सन्तुष्टि मिल्ने देखिन्छ ।
मकर – पराक्रम वृद्धिका साथै एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् भने आफ्नो अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । कठिन प्रतिस्पर्धामा पनि विजयी भइने योग छ । आश मारेको काम बन्नाले उत्साह जाग्ने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ला । लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । तथापि, समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने योग छ । प्रतिकुलताका बाबजुद सामर्थ्य वृद्धि होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन – इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्ने समय छ । लाभ वा आफ्नो हितका लागि योजना गोप्य राखेर अघि बढ्नुपर्नेछ । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्ने योग छ, सजग रहनुहोला । आरोग्यता रहनेछ । सुख विलासप्रति आकर्षण बढ्ने देखिन्छ ।
प्रतिक्रिया