✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक ३० गते तद्अनुसार सन् २०२४ नोभेम्बर १५ तारिख शुक्रबार कार्तिक शुक्ल पक्षको पूर्णिमा तिथी भरणी नक्षत्र व्यतिपात योग ४ः४७ पर वरियान योग भद्रा करण आनन्दादिमा मुद्गर योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२६ मा भयो र सूर्यास्त साँझ १७ः१० मा हुनेछ । पूर्णिमा व्रत, निम्बार्काचार्य जयन्ती, गुरुनानक जयन्ती, त्रिपुरोत्सव ।
आजको राशिफल
मेष – केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने समय छ । स्वास्थ्य पनि केही कमजोर रहने देखिन्छ । नियमित काममा खासै जाँगर चल्ने देखिन्न । महत्वपूर्ण कार्यमा ढिलासुस्ती हुन सक्छ, ध्यान दिनुहोला । प्रतिष्पर्धी हाबी हुनसक्ने योग भएकोले सजग रही व्यवहार गर्नु उचित हुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
वृष – बुद्धिको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने समय छ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु गर्दा सफलता मिल्ने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट विशेष साथ-समर्थन एवम् भौतिक लाभ प्राप्त हुने सम्भावना छ । शुभ समाचार प्राप्तिले उत्साह जगाउनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागको भाव जागृत होला ।
मिथुन – आर्थिक आर्जनको समय छ । अनौठो तरिकाबाट धनलाभ हुने योग छ । चिताएको काममा सहजताका साथ सफलता मिल्ने देखिन्छ । मित्रजनहरू सहयोगी बनेर देखापर्नेछन् । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । परिवारबाट सुखको अनुभुति होला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्तिको योग छ ।
कर्कट – समाजिक सम्मान मिल्ने समय छ । आर्थिक उपार्जनको दृष्टिले पनि आजको दिन शुभदायी छ । रमणीय र सुखद यात्रा हुनसक्छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । मिठो भोजन प्राप्त होला । खेलकुद एवम् रसरागमा आकर्षण बढ्नेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।
सिंह – आजको दिन नसोचेको अनि बेकामको क्षेत्रमा ब्यय हुने सम्भावना रहेकोले खर्च गर्दा ध्यान राख्नुहोला । सामान्य रोगले सताउला, सजगता अपनाउनु उचित हुनेछ । भौतिक सरसामनको क्षति हुने योग छ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । विपरीतलिंगीको साथ–सहयोग रहला ।
कन्या – मिश्रित फलदायी दिन रहेको छ । दिनको शुरुवातमा सुखको अनुभव होला तर बेलुकीसम्ममा जाँगर हराउन सक्छ । काम गर्नमा खासै मन नलाग्न पनि सक्छ, तर बन्दैन भनेको काम पनि बुद्धि–विवेकको सही प्रयोगले सफल हुने योग छ । आफन्तको सहयोग प्राप्त होला । प्रियजनसँगको भेटघाटले मनमा प्रफुल्लता जगाउने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला – शुभदायी समय छ । आम्दानीका बाटाहरु खुल्ने देखिन्छ, ब्यापार-ब्यवसायमा राम्रै होला । नचिताएको ठाउँबाट आम्दानी हुने योग छ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । आरोग्यबल बढ्नेछ । यशवर्चश्व कायम रहला स्वास्थ्य सबल रहनेछ ।
वृश्चिक – शुभता र साहस वृद्धिको समय छ । कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आजको दिन उपयुक्त रहनेछ । काममा जाँगर चल्नेछ भने धनलाभको योग रहेको छ । सन्तान पक्षबाट सुखको अनुभुति हुनेछ । रोकिएको काम अथक मिहेनतका कारण बन्नेछ । मिठो भोजन प्राप्त होला । सबल स्वास्थ्यको लागि खानपानमा विशेष ध्यान दिनुहोला । शत्रुपक्ष परास्त हुनेछ ।
धनु – आजको दिन खासै उत्साहवर्द्धक नरहला । अनावश्यक डरले सताउन सक्छ । मित्रजन पनि असहयोगी बनेको आभास हुनसक्छ । कसैसंग हल्का मनमुटाव हुनसक्छ, सजग रही व्यवहार गर्नुहोला । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ । चोटपटकको भय पनि छ । कुनै महत्वपूर्ण काम गर्दैहुनुहुन्छ भने आजको दिन थाती राख्नु उचित हुनेछ ।
मकर – पराक्रम वृद्धि हुने र अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । जागिरमा खासै मन नगएपनि धन–मान प्रप्तिको योग छ । समाजसेवा तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा रुचि जार्गत होला ।
कुम्भ – पराक्रम वृद्धि हुनेछ । आज तपाइले सोचेका काम पूरा भइ सुखको अनुभव हुने देखिन्छ । आर्थिक कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । रसरागमा आकर्षण रहनेछ । दाम्पत्यसुखमा रमाउने समय छ । परोपकारमा मना जाला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन – परिवारमा सामान्य विवाद हुन सक्छ तर नसोचेको ठाउबाट आकस्मिक लाभ हुने समय छ । आयआर्जनको यो छ । कतै अतिथिका रूपमा सम्मान पाइएला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । सबल स्वास्थ्यको लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । मान महत्व वृद्धि हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा विशेष सफलता मिल्नेछ ।
प्रतिक्रिया