✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष ३ गते तद्अनुसार सन् २०२४ नोभेम्बर १८ तारिख सोमबार मार्गशीर्ष कृष्ण पक्षको तृतीया तिथि मृगशिरा नक्षत्र सिद्धि योग वणि करण आनन्दादिमा आनन्द योग चन्द्रमा वृष राशिमा ७ः५५ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२८ मा भयो र सूर्यास्त साँझ १७ः०८ मा हुनेछ ।
आजको राशिफल
मेष – मेहनतले सम्मानित स्थान दिलाउने समय छ । शरीरमा उत्साह र उमङ्ग प्राप्त होला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित हुने देखिन्छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्ने तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग छ, ध्यान राख्नुहोला । यात्रागत कार्य सफल रहनेछ । रोकिएको काम अघिबढ्नेछ ।
वृष – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने र कामले धेरैको मन लोभ्याउन सकिनेछ समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी होला । अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ हुने देखिन्छ । स्वास्थ्य भने केही कमजोर रहनसक्छ, जसले जाँगरमा ह्रास ल्याउन सक्छ । पठनपाठनमा समय दिन नसकिएला । परिवारिक सुखमा दिन बित्ने देखिन्छ ।
मिथुन – न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने दिन छ । आर्थिक पक्ष सुदृढ रहला । विभिन्न उपहार प्राप्त हुने र प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने देखिन्छ । तपाईंका कामबाट अरुहरु निकै प्रभावित हुनेछन् । कीर्तिमानी काम सम्पादन हुनाले सुख वृद्धि हुनेछ । मान पुरस्कार प्राप्तिको योग छ । मिठो भोजन प्राप्त होला । पराक्रमका साथै बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति होला । आजको दिन सहयोगीहरूले विशेष साथ दिनेछन् र सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा फाइदै होला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने देखिन्छ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण रहला । हाँसखेलमा बित्नसक्ने मनोरञ्जनपूर्ण समय छ ।
सिंह – आजको दिन बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त होला । नयाँ स्थानमा यात्राको सम्भावना छ तर आजको दिन अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । आफन्तजनसँग सम्बन्ध चिसिनसक्छ, व्यवहारमा लचकता अपनाउनु हितकर हुनेछ । रसरागको भाव वृद्धि होला । पारिवारिक सुख-शान्ति रहनेछ ।
कन्या – मिश्रित फलदायी समय छ । पारिवारिक सहयोग प्राप्त हुनेछ तर नियमित कार्यमा पनि दोधारको अवस्था सिर्जना हुनसक्छ । पुरानो रोगले पनि सताउने सम्भावना छ, खानपान आदिमा सजग रहनुहोला । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । विगतका कमी-कमजोरीलाई सुधार गर्ने मौका मिल्ला । आय-आर्जनको माध्यम बिगार्न खोज्नेहरू सक्रिय रहन सक्छन्, सजग रहनु उचित हुनेछ । कर्मबल वृद्धि भएपनि श्रमको उचित मूल्य नमिल्न सक्छ ।
तुला – नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन् । धन आर्जन हुने समय छ, तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने सम्भावना छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नु हितकर होला । साहसिक काममा आकर्षण बढ्ने देखिन्छ ।
वृश्चिक – बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ र बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउनसक्ने समय छ । दौडधुप वा ब्यस्तता वृद्धि भएपनि आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । मिठो भोजन प्राप्तिका साथै सुख वृद्धि हुनेछ । आरोग्यता रहनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु – भाग्योन्नतिको समय छ । पहिलेको सफलताले थप हौसला जगाउला । ब्यवसायमा राम्रै लाभ हुनेछ भने पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । स्वादिष्ट भोजनको आनन्द पाइनेछ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । दामपत्यसुख बढ्नाले मन प्रशन्न रहला । रसरागात्मक कार्यमा आकर्षण रहनेछ ।
मकर – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ, तथापि मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक जमात आकर्षित हुने काम सम्पादन गर्न सकिएला । खर्चको मात्रा बढ्ने देखिन्छ, नियन्त्रणको प्रयास गर्नु उचित हुनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ भने सन्तानसुख मिल्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ – जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अध्ययन कार्यमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन हुने समय छ । पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्ला । तथापि, आजको दिन आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले विशेष सजगताको खाँचो छ । प्रेमभाव बढ्नेछ । सामर्थ्य वृद्धि हुनेछ ।
मीन – आजको दिन सामाजिक काममा रुचिका साथै पराक्रम वृद्धि हुनेछ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने योग छ । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त होला । रमाइलो जमघटको अवसर प्राप्त हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
प्रतिक्रिया