✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष ४ गते तद्अनुसार सन् २०२४ नोभेम्बर १९ तारिख मंगलबार मार्गशीर्ष कृष्ण पक्षको चतुर्थी तिथि आर्द्रा नक्षत्र साध्य योग बब करण आनन्दादिमा चर योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२९ मा भयो र सूर्यास्त साँझ १७ः८ मा हुनेछ । मंगलचौथी व्रत ।
आजको राशिफल
मेष – व्यापार-व्यवसायमा लाभ हुने, विशेषगरी जमिनबाट राम्रो फाइदा मिल्ने समय छ । व्यावसाय विस्तारका लागि यात्राको अवसर जुट्न सक्छ । मान र विद्या प्राप्ति हुने देखिन्छ । आजको दिन खर्च केही वृद्धि हुनसक्छ, सजग रही आर्थिक कारोबार गर्नु हितकर होला । पुरानो समस्याले केही झमेला दिन सक्छ । मित्रजन सहयोगी रहनेछन् । स्वास्थ्य सबल रहनेछ ।
वृष – आजको दिन स्वास्थ्यमा केही कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ । नचिताएको ठाउँमा खर्च हुन सक्छ । न्यून उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । बौद्धिक तथा रचनात्मक काम सफल रहनेछ । परिवारिक सुखमा कमी आउनेछैन ।
मिथुन – नयाँ काममा हात हाल्ने समय आएको छ, तर कार्यसफलताका लागि केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । विरोधिपक्षको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ला । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुनसक्ने योग छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन उत्साहजनक रहनेछ । सभा-समारोहमा सहभागी होइएला । रचनात्मकता बढ्नेछ ।
कर्कट – लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ भने महत्वपूर्ण योजना बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने अवसर जुर्न सक्छ, अवसरलाई पछ्याउने प्रयत्न गर्नुहोला । स्वास्थ्य सबल रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा मन आकर्षित रहनेछ ।
सिंह – शुभदायी दिन छ । सेवामूलक कामबाटसमेत धनलाभ हुनसक्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । व्यापार-व्यवसायमा राम्रैे फाइदा उठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला, सजग रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशांति रहनेछ ।
कन्या – कर्मबल बढ्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन्, विरोधजनसँग सजग रहनु उचित हुनेछ । शुभचिन्तकहरूको सुझावको कदर गर्नु हितकर हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । कार्यगति बढ्नेछ ।
तुला – भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिने समय छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । भाग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा विशेष आकर्षण बढ्ने योग छ ।
वृश्चिक – ब्यस्तता केही वृद्धि भएपनि दिगो आम्दानी हुने काम सुरु गर्ने समय छ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । प्रतिभाको कदर हुनुका साथै प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । मिठो भोजन प्राप्त होला । अरोग्यता रहनेछ । ऋण रोग र शत्रुलाई परास्त गर्नेे क्षमता वृद्धि हुनेछ ।
धनु – दिन केही चुनौतीयुक्त छ । परिस्थितिअनुसार चल्न नसक्ता कष्ट मिल्नसक्छ । अरूको भर पर्दा धोका हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्ने योग छ, सजग रही व्यवहार गर्नुहोला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । दाम्पत्य सम्बन्धमा भने चिसोपन बढ्न सक्छ । खर्च वृद्धि हुनसक्ने दिन रहेकोले फजुल खर्च नियन्त्रणको प्रयास गर्नु हितकर हुनेछ ।
मकर – केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नु हितकर होला । कसैसँग सामान्य मनमुटाव पर्न सक्छ, सजग रहनुहोला । पढाइलेखाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । रसरागमा आकर्षण रहनेछ । सन्तानसुख बढ्नेछ ।
कुम्भ – सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । स्वास्थ्य केही कमजोर रहेको अनुभूति होला । लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । प्रेमभाव बढ्नेछ ।
मीन – मिश्रित फलदायी समय छ । कामको बोझ घटेको महसूस होला । कतै अतिथिका रूपमा सत्कार मिल्ने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा फेरि प्रयत्न गर्दा सफलता मिल्नसक्छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । आफन्तको साथ मिल्नेछ ।
प्रतिक्रिया