✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष ५ गते तद्अनुसार सन् २०२४ नोभेम्बर २० तारिख मार्गशीर्ष कृष्ण पक्षको पञ्चमी तिथि बुधबार पुनर्वसु नक्षत्र शुभ योग कौलव करण आनन्दादिमा गद योग चन्द्रमा मिथुन राशिमा १३ः२० बजेसम्म त्यसपछि कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३० मा भयो र सूर्यास्त साँझ १७ः८ मा हुनेछ ।
आजको राशिफल
मेष – शुभता वृद्धि भइ आम्दानी बढ्नेछ भने विभिन्न भौतिक साधन जुट्नेछन् । रचनात्मक कार्य प्रारम्भ हुने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा फाइदै हुनेछ । कुनैपनि समस्यामा इष्टमित्रको सहयोग प्राप्त हुने योग छ । समग्रमा दिन रमाइलो नै छ ।
वृष – बौद्धिक कार्यमा सफलता र पारिवारिक समस्याको समाधान मिल्ने समय छ । शुभ समाचार प्राप्त होला । मेहनतले धेरैको मन लोभ्याउने खालकोउपलब्धि आर्जन हुने देखिन्छ । केही खर्च लागे पनि दिगो फाइदाको परिणति हासिल हुनसक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । जीवनशैलीमा परिवर्तन आउन सक्छ । यात्रापरक काम बन्नेछ । परिवारिक सुख बढ्नेछ ।
मिथुन – समय केही चुनौतीयुक्त रहला । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्य केही कमजोर रहनसक्छ, खानपानमा सजगता अपनाउनु हितकर हुनेछ । उपचारमा खर्च हुनसक्ने योग छ, ध्यान राख्नुहोला । मुख्य काममा बाधा हुँदा मन खिन्न रहनसक्छ । परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम भने बन्नेछन् । प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । अथक प्रयत्नले शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – विगतको सफलताले थप काम गर्न हौसला मिल्ने तथा नयाँ कामको प्रस्ताव आउने समय छ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । तपाईंको व्यवहारको धेरैले तारिफ गर्नेछन् । आयआर्जन राम्रै हुने तथा विभिन्न सहयोग र उपहार पाइने योग छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ, मान–सम्मान बढ्नेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू हट्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भइएला ।
कन्या – नयाँ काममा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने दिन छ । कार्यगति बढ्नेछ भने यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइलेखाइमा समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । कामको चाप कम भएको महसूस हुनसक्छ । आयबल वृद्धि हुनुका साथै यात्रागत कार्य सार्थक बन्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ ।
तुला – समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिने समय छ । विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर जुर्ला । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले भने अप्ठ्यारोमा पार्न सक्छ, सजग रहनुहोला । धन आर्जनको योग छ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न केही कठिनाइ पर्नसक्छ । चुनौतीका बाबजुद कर्मबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला ।
वृश्चिक – सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनसक्ने समय छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्नसक्ने योग छ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । व्यावसायिक काममा खर्च बढ्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले राम्रै साथ दिनेछन् । व्यवसायिक कार्यमा फाइदा हुने र विगतको श्रमबाट पनि राम्रै धनलाभ हुने योग छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ । कला, साहित्यजस्ता क्षेत्रमा रुचि बढ्ला । गीतसंगीत एवम् रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – आम्दानीका नयाँ स्रोत फेलापर्ने तथा गरेका कामबाट राम्रै लाभ हुने समय छ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । ।सामाजिक कामको दायित्व बढ्ने देखिन्छ । प्रेमभाव बढ्नेछ । विशेष योजनामा अघि बढ्दै हुनुहुन्छ भने नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ – पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । तथापि, अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्, विशेष योजना गोप्य राख्नु हितकर होला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।
मीन – सुख र दुःख दुवैले पछ्याउने दिन रहेको छ । रोकिएका काम सम्पादन हुनेछन् भने पठनपाठन कार्यमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन दिनेले झुक्याउन सक्छन्, सजग रहनुहोला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार गर्नु हितकर हुनेछ । यात्रागत कार्य आजको लागि थाती राख्नु उचित हुनेछ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ ।
प्रतिक्रिया