✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष ७ गते तद्अनुसार सन् २०२४ नोभेम्बर २२ तारिख शुक्रबार मार्गशीर्ष कृष्ण पक्षको सप्तमी अश्लेषा नक्षत्र ब्रह्मा योग भद्रा करण ६ः२५ पर बालब करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कर्कट राशिमा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३१ मा भयो र सूर्यास्त साँझ १७ः७ मा हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो नहोला । सामान्य काममा पनि हैरानी बढ्न सक्छ । ब्यापारमा पनि घाटा सहनुपर्ने योग छ । मनमा दुविधाग्रस्त रहने देखिन्छ । तथापि, सामाजिक काममा नाम रहनेछ । स्वास्थ्यका दृष्टिकोणले पनि यो राम्रो समय छ । जागिरमा हुनेले विशेष सतर्क भइ कार्य गर्नु हितकर हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
वृष – प्रेम र मित्रताको बन्धन कसिने समय छ । वैवाहिक जीवन सुखी हुनेछ । चल-अचल सम्पत्तिको कारोबार हुनेछ भने विभिन्न सहयोग र उपहार पाइने योग छ । आजको दिन सुखद यात्राको सम्भावना छ । काम बन्नाले मन रमाउला छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । पराक्रम बढ्नेछ । आरोग्यता रहनेछ ।
मिथुन – नसोचेको काम बन्ने समय छ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । प्रियजनसंग भेटघाटको योग छ । टाढाबाट धन प्राप्त हुने देखिन्छ । आज परोपकारका काममा विशेष रुपले मन आकर्षित होला । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । शत्रुमाथि विजय प्राप्त होला । कुनैपनि समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – खर्च र विवाद बढ्ने तथा शत्रुले सताउनसक्ने समय छ, एकदमै सजक रहनुहोला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुने योग छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा विचार पुऱ्याउनुहोला । यात्रागत कार्य आजको लागि थाती राख्नु हितकर होला । तथापि, रसरागमा आकर्षण बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुने योग छ ।
सिंह – प्रयत्न गरेका काममा ढिलै भए पनि सफलता मिल्ने समय छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । धनजनमा वृद्धि भइ कसैबाट साथ-समर्थन पाइने योग छ । ठुला ब्यक्तिसँग लाभदायक भेटघाट हुनसक्छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । आरोग्यता रहनेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।
कन्या – कामको सफलताले थप काम गर्ने हौसला मिल्ने दिन छ । अधुरा कामहरु आज सम्पन्न हुनसक्छन् । धनआर्जनको योग छ । लाभदायी एवम् मनोरञ्जनात्मक यात्राको सम्भावना छ । नयाँ साथीसँग चिनजान हुने देखिन्छ । पराक्रम र मान–महत्व बढ्नेछ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – मिश्रित फलदायी समय छ । कृषिसम्बन्धी कामबाट विशेष लाभ होला । नयाँ अवसर प्राप्त भएपनि आजको दिन कुनै पनि नयाँ काम नथाल्नु हितकर हुनेछ । लेनदेको काम पनि नगरेकै बेस हुनेछ । पाहुना आगमनको सम्भावना छ । कर्मबल वृद्धि हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ । सबल स्वास्थ्यको लागि खानपानमा विशेष ध्यान राख्नुहोला ।
वृश्चिक – सानातिना काममा महत्वपूर्ण समय बित्ने देखिन्छ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । व्यर्थको खर्च हुनसक्छ, सजग रहनुहोला । स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानपानमा सजगताको दरकार छ । प्रेममा पनि धोका मिल्ने योग छ । आजको दिन योजना र बजेट नबनाइ कार्य गर्दा सास्ती मिल्नेछ, ध्यान राख्नुहोला ।
धनु – दौडधुप वृद्धि हुनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिनसक्ने समय छ । मन दुविधाग्रस्त रहने देखिन्छ । स्वास्थ्य कमजोर रहनसक्छ, जसका कारण सोचेको काम समयमै सम्पन्न नहुने देखिन्छ । गीतसंगीत र रसरागात्मक काममा भने आकर्षण बढ्नेछ ।
मकर – धन आर्जनका नयाँ बाटा खुल्नेछन् । खर्चभन्दा कमाई नै बढी हुने समय छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदै होला । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ने देखिन्छ । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष छाउला । दामपत्यसुख बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ – विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने समय छ । काम गर्नमा थप जाँगर थपिने देखिन्छ । धन आर्जनको योग छ । पारिवारिक सुख मिल्ला । ब्यापारमा पनि फाइदा नै हुने देखिन्छ । महत्वपूर्ण कामहरु सजिलैसँग बन्नेछन् । प्रेमभाव वृद्धिका साथै कामको इच्छाशक्ति पनि बढ्नेछ । आरोग्यता रहनेछ ।
मीन – आजको दिन काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् भने विश्वास गरेकाले धोका दिनसक्छन् । मनमा उदासिनता बढ्नसक्छ । वादविवादको सामना गर्नुपर्ने योग रहेकोले संयमता अपनाउनु हितकर हुनेछ । पेशागत रुपमा पनि समस्या देखिन सक्छ । घरपरिवारमा केही मनमुटाव होला । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त नहुने देखिन्छ । ब्यर्थै समयको नास होला ।
प्रतिक्रिया