आजको पञ्चाङ्ग एवम् राशिफल (८ मङ्सिर २०८१ शनिबार, २३ नोभेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ मङ्सिर २०८१ शनिबार, २३ नोभेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ मार्गशीर्ष ८ गते तद्अनुसार सन् २०२४ नोभेम्बर २३ तारिख शनिबार मार्गशीर्ष कृष्ण पक्षको अष्टमी तिथि मघा नक्षत्र ऐंद्र योग बालब करण आनन्दादिमा पद्म योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३२ मा भयो र सूर्यास्त साँझ १७ः७ मा हुनेछ । अष्टमी व्रत, भैरवाष्टमी, गोरखकाली पूजा, साँझमा भैरवको उत्पत्ति ।

आजको राशिफल

मेष – दिन केही चुनौतीयुक्त रहला । अनावश्यक विषयमा विवादमा फस्नुपर्ने हुनसक्छ, सजग रही व्यवहार गर्नुहोला । बोली र व्यवहारमा धैर्य राख्नुहोला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि सुन्न पाइएला । अनावश्यक डर, वादविवाद हुन सक्ने योग रहेकोले संयमताको दरकार छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – सामाजिक कामबाट प्रशंसा प्राप्त हुनुका साथै मन हर्षित हुने समयछ । अरुबाट प्रशंसा पाउनुहोला । व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ । कुटुम्बका काममा सघाउनुपर्ने देखिन्छ । प्रेमभाव बढ्नेछ भने आँट वृद्धि होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने समय छ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । ब्यापार-व्यवसायमा पनि नाफा होला । खुसीको खबर प्राप्त हुने योग छ । चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी रहला । धन मान महत्व बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने समय छ । मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्नेछन् । अप्रत्याशित लाभ हुने देखिन्छ । सुखद यात्राको पनि योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । सुख वृद्धि हुनेछ । आरोग्यता बढ्नेछ ।

सिंह – मिश्रित फलदायी दिन छ । स्वास्थ्य केही कमजोर रहनसक्छ, खानपानमा विशेष सजग रहनुहोला । धनको पनि नाश हुन योग छ । व्यर्थको खर्च हुनसक्छ, खर्च घटाउने प्रयास गर्नुहोला । पीडा दिनेहरु सक्रिय रहलान् । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । धैर्यले काम लिने समय छ ।

कन्या – नयाँ कामको थालनी हुनसक्ने र आयआर्जनमा राम्रो दिन छ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ होला । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा-मामिलामा विजयी भइने योग छ । दिन खुशीसाथ बित्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइको सहयोग रहनेछ । स्वास्थ्य सबल रहनाले कार्यगति बढ्नेछ ।

तुला – दिन सामन्य नै रहला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । आफन्तमिलनले सुख दिनेछ भने आर्थिक क्रियाकलापमा सोचेभन्दा बढी नै लाभ हुने योग छ । पाहुनाको आगमनले मन हर्षित रहला । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक – कर्मबल बढ्नेछ । शुभता बढेर रोकिएको काम बन्ने समय छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ भने वैदेशिक क्षेत्रबाट लाभ लिने अवसर जुर्ला । चाहेका कामहरू सजिलै बन्ने योग छ । ब्यापारबाट सामान्य नाफा होला । रमणीय र सुखद यात्राको सम्भावना छ । मन शान्त रहला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ ।

धनु – बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्नसक्ने समय छ । घरेलु समस्याले सताउला । मित्र बनेर धोका दिनेहरु देखापर्लान् । अर्थको पनि हानी हुने योग छ । स्वास्थ्य केही कमजोर रहला । धनमाल हराउनाले मनमा पिडा थपिनसक्छ, सजक रहनुहोला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । यात्रागत कार्य गर्दैहुनुहुन्छ भने आज थाती राख्नु उचित हुनेछ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।

मकर – सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि नसोचेको धनलाभ हुनसक्ने योग छ । काममा चुनौती सहनुपर्ला । रुपैयापैसाको लेनदेन आज नगर्नु उचित हुनेछ । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । विशेया कार्यमा जोखिम र संघर्ष बढ्ला, धैर्यताका साथ लागिपर्नु हितकर होला । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ ।

कुम्भ – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव होला । पठनपाठनमा मन जानेछ । घरायसी कामले पनि आनन्द देला । आर्थिक पक्ष आज सन्तोषजनक हुने तथा सोचेअनुरुप कमाइ हुने देखिन्छ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । दाम्पत्यसुख बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – दिन शुभदायी छ । काममा जोश-जाँगर बढ्ने देखिन्छ, नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । आर्थिक लाभको योग छ । कुनै नयाँ कामको थालनी गर्न पनि आजको दिन उपयुक्त छ । व्यापारमा पाउने सफलता यथावत रहने छ । मन मिलेका साथीसंगीसँग भेटघाट हुनसक्छ । साहस बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।